AnonymousUser

Logout

कलेजो प्रत्यारोपण सर्जन भण्डारीले ल्याए ‘कसरी भनूँ म’

चिकित्सा पेसासँगै संगीतमा रुचि राखिरहने डा. भण्डारीले आफ्नै शब्द र स्वर समेटिएको ‘कसरी भनूँ म’ बोलको गीत भिडियोमार्फत् सार्वजनिक गरेका हुन्। 

वसन्त पञ्चमी: सरस्वतीको पूजा आराधना गरी मनाइँदै

वसन्त पञ्चमीका दिन विवाह, व्रतबन्ध तथा बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ।

सामुदायिक रेडियोको प्रवर्द्धनमा सरकारले सहयोग नगरेको गुनासो

सामुदायिक रेडियोकर्मीले समुदायको सुखदुःखको साथीका रूपमा रहेका सामुदायिक रेडियोको प्रवर्द्धनमा सरकारले रचनात्मक सहयोग नगरेको गुनासो गरेका छन्।

राज्यले गरेको जातीय विभेद अर्थात् 'मासिन्या' (तस्वीर कथा)

अपराधका सजायमा मासिन्यामाथि राज्यको ठूलो विभेद थियो। अन्य जातलाई सर्वश्व वा थुना मात्र हुँदा मासिन्याको ज्यानै लिइन्थ्यो। नाटक ‘मासिन्या’ले कुनै बेला मासिन्या घोषणा गरिएको तामाङ समुदायको कथा भन्छ।

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होछार मनाउँछन्। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।

नेपाल लिटरेचर फेस्टिभलको तयारी पूरा, ५० बढी सेसन हुने

नेपाल लिटरेचर फेस्टिभलको ११औँ संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ। यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत्प्रवचन दिने छन्।

ग्रामी अवार्डको उत्कृष्ट एल्बम बन्यो टेलर स्विफ्टको ‘मिडनाइट्स’

टेलर स्विफ्ट, माइली साइरस, सेजा, बिली इलिसलगायत यस वर्षको ग्रामी अवार्डअन्तर्गत विभिन्न विधाका विजेता बनेका छन्।

कामदार लैजाने दक्षिण कोरियाले फैलाउँदैछ सांस्कृतिक प्रभाव, नेपालमा पनि ‘कोरिया नै कोरिया’

दक्षिण कोरियाले १६ देशबाट कोरियाली भाषा परीक्षा लिएर कामदार लैजान्छ। यी कामदार कोरियाको ‘सांस्कृतिक दूत’ पनि भएका छन्। अहिले विश्वभरि नै कोरियाली खाना, संगीत, फिल्म, फेसनको प्रचलन बढिरहेको छ।

शिक्षामा थपिएको सिर्जनाले विद्यार्थी उत्साहित

शिक्षा र सीप कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीले नयाँ सीप सिकिरहेका छन्। 

‘हरेक महिला अल्पसंख्यक र प्रवासी हुन्’

‘यदि यो दुनियाँ महिलाले बनाएको भए महिलाको जीवन सहज हुन्थ्यो होला। यहाँ पुरुषको जीवन धेरै हदसम्म सहज हुनुको कारण पितृसत्तामा आधारित समाज हुनु हो।’

इतिहास र संस्कृतिसँग जोडिएको गोरखा दरबारको पर्यटन

५०० भन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएका थिए। दरबार पुनःनिर्माणपछि पूर्ववत् स्वरूपमा फर्किएको छ।

घरको याद बोकेकाहरूको कथा हो नयाँ गीतः विपुल क्षेत्री

‘मेरो नयाँ गीतमा घरको याद, आफन्त र आफ्ना प्यारा मान्छेसँग टाढिँदाको अवस्था तथा उनीहरूको घर फर्केर आउने चाहनालाई उल्लेख गर्न खोजिएको छ। त्यसैले यो हामीजस्तै मानिसहरूको कथा हो।’

नेपाल– कोरिया कूटनीतिक सम्बन्धको ५० वर्षः सफलताका कथा समेटिएको पुस्तक सार्वजनिक

पुस्तकमा उत्पादन क्षेत्रका सात, कृषि क्षेत्रका ६ जना, सेवा क्षेत्रका आठ जना र शिक्षा क्षेत्रमा पाँच जना नेपाली व्यवसायीको सफलताका कथा समेटिएको दूतावासले जनाएको छ।

तुम्खेवा र बास्कोटालाई ‘अमर नेम्बाङ स्मृति’ सम्मान

'अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान'ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रूपमा कवि विमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बास्कोटालाई प्रदान गर्ने भएको छ।

बाल मनोविज्ञानमा आधारित ‘किबोर्ड’को विशेष प्रदर्शनी

बाबाआमा बीचको सम्बन्ध विच्छेदले बालबालिकामा पार्ने प्रभावलाई बालचलचित्रका माध्यमबाट उजागर गर्ने प्रयास गरेको फिल्मका लेखक विजयराज आचार्य बताउँछन्।

पोखरामा किन घट्यो पुस्तकको बिक्री?

पोखराका पुस्तक पसल सञ्चालक पाठकले पुस्तकप्रति रुचि नराख्दा बिक्री घटेको बताउँछन्। तर लेखकहरू भने आर्थिक मन्दीमा पुस्तक बिक्री घट्दा पठन संस्कृति हराएको भन्न नमिल्ने जिकिर गर्छन्।

व्यक्तिगत खर्चमा पाटी संरक्षणमा जुटेका आइतबहादुर घले

वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेपछि व्यास नगरपालिका–४ का आइतबहादुर घले आफैँ पाटी संरक्षणमा लागेका छन्। 

कलेन्द्र सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ।

स्वस्थानी व्रत शुरू, साँखुस्थित शालिनदीमा मेला

काठमाडौँको साँखुस्थित शालिनदीमा माधवनारायणको मेला पनि शुरू भएको छ। त्यहाँ स्नान एवं स्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन्।

अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

देवशिला उत्खनन गरिएको ठाउँ कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको छ।