AnonymousUser

Logout

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्। 

शुरू भयो १५ दिने मिथिला माध्यमिक परिक्रमा

नेपाल र भारतका श्रद्धालु भक्तजनको सहभागीता हुने सो परिक्रमाअन्तर्गत विभिन्न १५ स्थानमा विश्राम गरी १३३ किलोमिटर पैदलयात्रा गरिन्छ।

क्याप्टेन उप्रेतीको ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ लोकार्पित

पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए।

महाशिवरात्रि मनाइँदै: पशुपतिसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

भक्तजनको सहजताका लागि पशुपतिनाथका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।

नेपाली सेनाले २६१औँ वार्षिकोत्सव मनाउँदै, टुँडिखेलमा विशेष समारोह

सेनाले महाशिवरात्रिको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।

‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ सार्वजनिक

 ‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक भएको छ।

अभिलेखन प्रदर्शनी : भित्तामा सम्पदाका पुस्तक अर्थात् ‘हेरिटेज मिरर’

तारागाउँ म्युजियमको एउटा ठूलो पर्खालको भित्तोमा अनेक पुस्तकका गाता छन्। नेपालको सम्पदा र इतिहासबारे लेखिएका ती पुस्तक सन् १९५० देखि २००० सम्ममा प्रकाशित भएका हुन्। यो भित्तोको नाम हो– हेरिटेज मिरर।

'वास्तविक जीवनका पात्रले कथा लेख्न प्रेरित गर्छन्'

‘म अरूले लेखेका कथा र नाटकलाई प्रदर्शन गर्न/गराउन रुचाउने मान्छे, तर आफैँले कथा रच्ने काम धेरै नै कठिन लाग्यो। कथा लेखनकै क्रममा 'जति धेरै लेख्यो, उति तिखारिने विषय रहेछ यो' भन्ने बोध पनि भयो।’

राष्ट्रिय अभिलेखालयबाट चोरिएको १ हजार वर्ष पुरानो ‘गाताचित्र’ ५४ वर्षपछि घर फर्किंदै

राष्ट्रिय संग्रहालयबाट चोरिएका यी सम्पदा बेल्जियमका एक संग्रहकर्ताबाट फिर्ता लिन सफल एआरआईका संस्थापक क्रिस्टोफर ए. मारिलेनोले शुक्रबार ब्रसेल्सस्थित नेपाली दूतावासमार्फत नेपाललाई जिम्मा लगाउँदैछन्।

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखन प्रशिक्षण सञ्चालन गरिएको थियो। कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो।

राष्ट्रिय बाल नाटक मेला फागुन १८ गतेदेखि 

विद्यालय स्तरबाटै बालबालिकाहरूलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो।

प्राडा मिश्रको ‘नेपालको इतिहासका केही रोचक प्रसंगहरू’ बजारमा

इतिहासकार प्राडा तीर्थप्रसाद मिश्रले यो पुस्तकमा लिच्छविकाल र मल्लकालदेखि राणा शासनसम्मका रोचक घटना उल्लेख गरेका छन्।

नदी सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व

लोप हुँदै गएको यो पर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको थियो।

फोटो प्रदर्शनीमा सन् १९५० दशकको पश्चिम नेपाल

टोनी हेगनले खिचेका पश्चिम नेपालको सन् १९५० को दशकका तस्वीरहरू प्रदर्शनीमा राखिएका छन्। हेगनकी छोरी क्याथ्रिन पिताको संकलनमा रहेका फोटोहरू दुई वर्षको समयावधिमा खोजेर प्रदर्शनीमा ल्याएको बताउँछिन्।

मगर एकता दिवस मनाइँदै, विभिन्न पालिकामा सार्वजनिक बिदा

मगर एकता दिवसका अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले मंगलबार सार्वजनिक बिदा दिएका छन्।

उपत्यकाका प्राचीन पोखरी ब्युँताउन लागिपरेका स्थानीय सरकार

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै नेपाल मण्डलका रैथाने बस्तीमा मासिएका पुराना पोखरीहरू ब्युँतिँदैछन्। पुनर्निर्मित पोखरीको दीर्घकालीन संरक्षण र सम्बर्द्धनमा भने सम्पदाप्रेमीहरू ढुक्क हुन सकेका छैनन्।

निकोला टेस्लाको जीवनीपरक उपन्यास बजारमा

कर्मपथमा अघि बढ्दै जाँदा अनेक चुनौती र हण्डर खाए पनि टेस्ला निरन्तर अघि बढिरहे, यो साहस नै उनको सफलताको कडी हो। यो उपन्यास कुनै पनि आविष्कार वा नयाँ काम गर्न खोज्नेलाई उत्साह भर्ने खालको छ।

‘जनकपुर साहित्य महोत्सव’को पाँचौ संस्करण बिहीबारदेखि हुने

नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव फागुन १२ गतेसम्म राममन्दिर पार्कमा हुनेछ।

‘जंगबहादुरले तामाङलाई करार गरेको मासिन्या फरक स्वरूपमा कायम छ’

'राज्य विस्तारपछि गणतन्त्रसम्म आइपुग्दा थुप्रै सत्ता र शासकहरू बदलिँदै गए। तर तामाङ जातिमाथि बलजफ्ती थोपरिएको मासिन्याको धङ्धङी कायम रह्यो जस कारण तामाङ लोकजीवन चरम उत्पीडनको निशानामा परिरह्यो।'

लाहुरेनीको हात नपरेका ती चिठी

परदेश पुगेका लाहुरेले कोरेका पत्र हुलाकीले घरबुना झोलामा बोकेर गाउँ पुग्थे। ती चिठीहरू लाहुरेनी पढ्न सक्दैनथे। चिठी जसको हो उसलाई हुलाकीले नै पढेर सुनाउँथे। सुजनाका तस्वीरहरूले यही कथा बोलिरहेका छन्।