स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो। फिस्लिङ–शक्तिखोर सडकको उत्तरतर्फ डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्वीर खिचाउनेको भिड लाग्ने गरेको छ।
सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यसलाई ‘श्री पचली भैरवको खड्ग सिद्धि नाच’ भनिन्छ।
म भानुभक्त, घिमिरे, देवकोटाको कुरा गर्थें। लक्ष्मण सर बैरागी काइँला, श्रवण मुकारुङ, स्वप्नील स्मृतिको कुरा गर्नुहुन्थ्यो। म छन्दको कुरा गर्थें, उहाँ धमेन्द्रविक्रम नेम्वाङको रंगवाद सुनाउनुहुन्थ्यो।
लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय वैद्यको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको छ।
पछिल्लो पाँच वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुन प्रदर्शनीमा राखिएका छन्।
नेपाल भाषामा ङालाकेगु भनिने मल्लकालीन प्रख्यात नवर्दुगा नाचको थालनी भक्तपुरका राजा भुवन मल्लले प्रचलनमा ल्याएका हुन्।
गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो। त्यो खबर उनले तीन महिनापछि मात्र थाहा पाए।
प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनीसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन हुने आयोजकको भनाइ छ।
थारू राष्ट्रिय समाजले माघे संक्रान्तिको अवसरमा काठमाडौँको बसन्तपुरदेखि टुडिखेलसम्म झाँकी र्यालीको आयोजना गरेको छ।
माघे संक्रान्तिलाई मात्र नभई जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायी चाकु बनाउन व्यस्त छन्। चाकुले शरीरलाई न्यानो बनाउने हुँदा जाडोमा यसले फाइदा गर्ने व्यापारीहरूको भनाइ छ।
ललितकला प्रज्ञा–प्रतिष्ठान अन्तर्गत वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा ‘ट्याटु आर्टसम्बन्धी ललितकला संवाद’ भएको हो।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ
रूरू गाउँपालिकामा पर्ने रूरूधामलाई स्थानीय अहिले पनि रिडी नै भन्छन्। रिडी नाम मगरको बसोबास र भाषासँग जोडिएको छ। तर रूरू भने वराह पुराणसँग जोडिएको नाम हो। यहाँ हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्छ।
दर्शनले नाकको सहाराले मोबाइलमा १८० वटा अंग्रेजी कविता लेखेका छन्। तीमध्ये ५० कविता समेटेर पुस्तक प्रकाशन गरे। जन्मदै मस्तिष्क पक्षघात भएका उनी अहिले विद्यालयको एउटा कोठामा बसेर कवितामा साधनारत छन्।
नेपालमा अमेरिका पुग्ने अवैध बाटोलाई ‘तल्लो बाटो’ भनिएझैँ भारतमा 'डंकी रुट'ले चर्चित छ। फिल्मले यो रुटको यात्राका कठिनाइ, देशहरूका सीमा पार गर्दाका सकस तथा निश्चित देशमा पुगेपछिको व्यवहार उजागर गर्छ।
हतुवागढी गाउँपालिका–१ मा रहेको यस गढीलाई आधार बनाएर तत्कालीन किरात राजाले शासन गरेको इतिहास छ।
साहित्यकार सुधा एम राई, उषा शर्मा, रत्ना लक्सम सुब्बा, छुदेन काबिमो, छेवाङ योञ्जन, कर्ण विरह, मिलन बान्तवा र पदम खालिङले संयुक्त रूपमा कृति सार्वजनिक गरे।
कमला कार्की स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था र ज्येष्ठ नागरिकलाई जनही नगद १० हजार १ रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरेको छ।
आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्वकर्ता पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै दिवस मनाउने गरिएको छ।
बझाङ, बाजुरा र अछाम जिल्लाका बासिन्दाले भुवापर्व उल्लासपूर्वक मनाउँछन्। पछिल्लो समय भने कैलाली र कञ्चनपुरमासमेत मनाउन थालिएको छ।