कृष्ण कुसुमको कथासंग्रह पार्श्वधुनमाथि साहित्यकार तथा समीक्षकहरूले परिचर्चा गरेका छन्।
अमेरिका– कृष्ण कुसुमको कथासंग्रह पार्श्वधुनमाथि साहित्यकार तथा समीक्षकहरूले परिचर्चा गरेका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस अमेरिकाको आयोजनमा आइतबार भएको परिचर्चा कार्यक्रमका वक्ताहरूले प्रवासी जनजीवनका विषयलाई गहन ढंगले उतार्न कथाकार कुसुम सफल भएको धारणा व्यक्त गरेका छन्। कार्यक्रममा समीक्षकको रूपमा लेखक शतिश त्रिपाठीले कथाकारको लेखनलाई झण्डै दुई दशकदेखि नियाल्दै आएको र कुसुमले कथासंग्रहको रूपमा पहिलो कृति नै उत्कृष्ट भएको टिप्पणी गरे।
उनले संग्रहमा संग्रहित तेह्र वटै कथाको विषयले आफूलाई छोएको बताए। हरेक कथाहरूमा उपकथाहरू जोडिएर आएको उल्लेख गर्दै एउटै कथामा पनि विविध विषय समेटिएकाले यो संग्रह आफूलाई विशेष लागेको उनले बताए। त्यस्तै अर्का वक्ता निर्मला राईले पार्श्वधुनका कथा सरल भाषामा लेखिएको आफ्नै वरपरका कथाहरू भएकोले सबै कथाले आफ्नै कुरा बोलेको जस्तो लाग्ने टिप्पणी गरिन्। साथै कुसुमका कथामा प्रयोग गरिएको बिम्बहरूले आफूलाई पूर्वी पहाडको बाल्यकालमा पुर्याएको भन्दै कथाकारको लेखनशैलीको प्रशंसा गरिन्।
कार्यक्रमका अन्तिम टिप्पणीकार भीम कार्कीले पार्श्वधुनमा विदेशी परिवेश, नेपाली राजनीति, सामाजिक चेतना र मनोविज्ञान गरी चारवटा विषय सजीव रूपमा चित्रण भएको व्याख्या गरे।
अन्त्यमा लेखकले आफू एक असन्तुष्ट पाठक भएको र सो असन्तुष्टि पूरा गर्न अरुले लेख्न छुटाएको विषयलाई प्रमुख विषय बनाएर आफूले कथा लेखेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
