AnonymousUser

Logout

रास्वपा महाधिवेशनको तयारी सुस्त, संगठन विस्तार गर्न नसक्ने प्रदेश महामन्त्रीहरू धमाधम हटाइँदै

प्रदेश महामन्त्रीहरूमाथि निगरानी बढाएको रास्वपाले तीन प्रदेशका महामन्त्रीको जिम्मेवारी हेरफेर गरिसकेको छ। समय दिन र दायित्व पूरा गर्न नसकेको भन्दै अन्य दुई महामन्त्री जिम्मेवारीबाट ‘ब्याक’ भएका छन्।

२२ वर्षदेखि सिंहदरबार-बालुवाटार रुटमा एकलौटी कब्जा जमाएको नेपाल यातायात

अन्य बस यो रुटमा नचलेर नै नेपाल यातायातको ‘मोनोपोली’ बढेको नियमित यात्रुहरू ठान्छन्। विकल्प नहुँदा कतिपय सहचालकले गर्ने रुखो व्यवहार सहेर भिडमा कोचिँदै यात्रा गर्नुपर्ने उनीहरूको बाध्यता छ।

दोस्रो मधेश आन्दोलन, जसले मधेशका सबै शक्तिलाई एक ठाउँमा जुटायो

२०६४ फागुन पहिलो साताबाट शुरू भएको आन्दोलनले तत्कालै गति लियो। पहिलो चरणमा जस्तै दोस्रो चरणको आन्दोलनमाथि पनि सरकारले चरम दमन गरेको अनुभव आन्दोलनकारीले गरे। त्यसक्रममा १० जना मारिए।

नेपाली डाक्टरले दिएको फर्जी मेडिकल रिपोर्ट भारतीय अदालतमा पुगेको भन्दै काउन्सिलमा उजुरी 

हाल कोल्टी अस्पताल बाजुरामा कार्यरत डा. रञ्जितकुमार साहले धनुषा अस्पतालको इमर्जेन्सी टिकट प्रयोग गरेर बनाएको फर्जी रिपोर्ट एक महिलाले घरेलु हिंसाको प्रमाण भन्दै भारतको सितामढी अदालतमा पेश गरेकी हुन्।

जनमत–जसपा टकराव: मधेशमा फेरि बदलाको राजनीति चर्किने चिन्ता

मधेश सरकारको नेतृत्व शुरूको एक वर्ष जसपाले तथा पछिल्ला दुई–दुई वर्ष जनमत र कांग्रेसले गर्ने समझदारी थियो। त्यही समझदारी तोडिन थालेपछि बढेको जसपा–जनमत टकराव बदलाको राजनीतितर्फ उन्मुख हुँदैछ।

अयोध्यामा ‘उन्माद’, नेपालमा उत्सव

अयोध्याको राम मन्दिर प्राणप्रतिष्ठाको बाछिटा जनकपुरसम्म आएको छ। ‘विशेष दिन’ भन्दै नगरमा माछा, मासु, मदिरा बिक्री वितरण निषेध गरिएको छ। वीरगन्जमा घरघरमा ‘जय श्रीराम’ लेखिएका गेरुवा झण्डा राखिएका छन्।

अधिकार माग्दै मधेश जागेको बेला 

२०६३ को हिउँदमा नेपालगन्ज र लहानबाट सल्केको ‘आगो’ २४ दिनसम्म मधेशभरि दनदनी बलेको थियो। मधेश विद्रोहमा तराई–मधेशका १३ जिल्लामा ३९ जनाले ज्यान गुमाए। 

सिरहा कारागारः जेल प्रशासन र प्रहरीको रोहबरमा चौकीदारको ‘शासन’

कैदीलाई न्यानो लुगा किन्न आएको पैसा खाइदिएपछि भएको विरोध दबाउन सिरहा कारागारमा पुस १८ गते चौकीदारले गरेको ज्यादतिसँगै कारागार प्रशासन र प्रहरीको आडमा चलिरहेको ‘चौकीदार शासन’ पनि छताछुल्ल भएको छ।

गाँजाबारेको धारणा बदल्न ‘गाँजा स्टोर’ चलाइरहेका विनायक

गाँजाको औषधीय गुण र आर्थिक महत्त्व स्थापित गर्ने अभियानमा रहेका विनायकराज पाण्डे पछिल्लो चार महिनायता बत्तीसपुतलीमा गाँजा स्टोर सञ्चालन गरिरहेका छन् जहाँ गाँजाबाट निर्मित सामग्री मात्र पाइन्छन्।

आयरल्यान्ड पठाइदिने नाममा भइरहेको ठगी खुलासा गर्ने एउटा 'केस स्टडी'

आयरल्यान्ड पुगेर युरोमा आम्दानी गर्ने सपना देखेर १४ लाख रुपैयाँ बुझाएका सुरेश र विकास अहिले निराश छन्। ठगिएको रकम फिर्ता लिने प्रयासमा उनीहरूले काठमाडौँ प्रहरी परिसरमा सञ्जीवविरुद्ध निवेदन दिएका छन्। 

गोंगबुमा पाँच घण्टाः यौनकर्मीका ग्राहक खोज्न नाबालक, पैदलयात्रीलाई लुटिने सन्त्रास

एकैछिन सडक किनारामा उभियौँ। होटलमा बास बस्दा ‘यौनकर्मी पाइने अफर’ लिएर एकपछि अर्को नाबालक आइरहे। यसरी ‘डिल’ गरिरहेकाहरू प्रहरीको बाइक वा भ्यान आउँदा गल्लीभित्र बेपत्ता भइहाल्थे।

काठमाडौँ महानगरमा रोक लगाइएको सुर्तीजन्य पदार्थः हिजो किन सफल भएन, अब कसरी हुन्छ?

काठमाडौँ महानगरभित्र हरहालतमा सुर्तीजन्य पदार्थमाथि रोक लगाइने महानगर प्रवक्ता नवीन मानन्धर बताउँछन्। तर केन्द्रदेखि स्थानीय सरकारसम्मले विगतमा गरेका यस्तै घोषणा कागजमा सीमित भए।

त्रिविको क्याम्पस: शिक्षकले प्रयोगात्मक परीक्षामा दिएको नम्बर कसले घटायो?

आरआर क्याम्पसमा स्नातक तहको प्रयोगात्मक परीक्षामा शिक्षकले दिएको नम्बर मार्कसिटमा घटेर आएपछि विद्यार्थी रुस्ट छन्। क्याम्पस नै नआउने विद्यार्थीलाई भने मार्कसिटमा नम्बर बढाइएको उनीहरूको आरोप छ।

कसले किन भनिरहेछन् ‘मिसन ०८४’? 

निर्वाचित संसद्ले वर्षदिन पार नगर्दै नयाँ–पुराना दुवैथरी दल र तिनका नेताहरूले चार वर्षपछाडिको आवधिक चुनावलाई लक्षित गर्दै 'मिसन ०८४' भन्नुको अन्तर्य के हो?

महाधिवेशनको तयारी गर्नुपर्ने बेला रास्वपामा विधान मिचेर पद बाँडफाँट

पार्टीको विधानमा सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने भनिएको छ। तर बुधबार सकिएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले त्यो प्रावधान मिचेर विधान संशोधन नगरिकनै १५ सदस्यीय पुर्‍याएको हो।

तीनकुनेका सडकमा देखिएको त्रास 

प्रशासनले निषेधित क्षेत्र तोकेको तीनकुनेमा दुर्गा प्रसाईं समूहका अराजक गतिविधि नियन्त्रण गर्ने आदेश पाएको प्रहरी त्यतिमा सीमित थिएन। त्यहीकारण त्यो क्षेत्रमा सर्वसाधारणले शुक्रबार नसोचेको जगजगी भोगे। 

काठमाडौँ उपत्यकामा कोठा खोजिदिएबापत मनोमानी असुली, 'रूम फाइन्डर'को नाममा बेलगाम ठगी 

यस्ता कामको सेवा शुल्क निर्धारण गर्ने कुनै निकाय र नियमन तथा नियन्त्रण गर्ने कानून छैन। यही शून्यताको फाइदा उठाउँदै कोठा खोजिदिने 'एजेन्ट' र 'ब्रोकर'हरूले मनोमानी असुल गरिरहेका छन्।

बल्खुचोकमा बिहीबार दिनभर जे देखियो…

बल्खुबाट कालीमाटीतिर जान रोकिएपछि भिडबाट प्रहरीतर्फ ढुंगा प्रहार हुन थाल्यो। जवाफमा प्रहरीले पनि दर्जनौँ टियर ग्यास प्रहार गर्‍यो। एकैछिनमा भागाभाग शुरू भयो।

बल्खुमा प्रदर्शन उग्र बनेपछि प्रहरीले हान्यो टियर ग्यास

दुर्गा प्रसाईं समूहले आयोजना गरेको प्रदर्शन अनियन्त्रित बनेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ।

पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्दा काठमाडौँको ठमेलमा अझै प्रतिबन्ध

दरबारमार्ग र ठमेलको रात्रिकालीन व्यवसायमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँले समयसीमा तोकेर रोक लगाएको हो। तोकिएको समयपछि व्यवसाय खोलेमा व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिने गरेका छन्।