AnonymousUser

Logout

लाल आयोगको प्रतिवेदन रोक्न प्रधानमन्त्री कार्यालय नै सर्वोच्चमा, प्रतिवाद गर्न सूचना आयोगसँग 'छैन बजेट'

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुन नदिन प्रधानमन्त्री कार्यालय नै सर्वोच्च गएको छ। सूचना आयोग र प्रधानमन्त्री कार्यालयबीच छलफलपछि मात्र सार्वजनिक गर्ने निर्णय गर्नु उपयुक्त हुने सर्वोच्चको मान्यता छ।

नागरिक उन्मुक्ति: रेशमले जेलबाट चलाइरहेको पार्टी

नागरिक उन्मुक्तिले कुनै निर्णय लिनुअघि अध्यक्ष रन्जितासहितका नेता डिल्लीबजार कारागारमा थुनिएका रेशम चौधरीलाई भेट्न पुग्छन्। अन्य दलका शीर्ष नेता पनि कारागारमै पुगेर रेशमसँग भेट्ने गरेका छन्।

उपनिर्वाचनपछि उपेन्द्रको व्यवहारले गठबन्धनमा खटपट

यादवले मधेश प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिन आफूलाई संघीय सरकारको परराष्ट्रमन्त्री बनाउनुपर्ने पक्षमा लबिइङ गरिरहेको कांग्रेसका एक नेता बताउँछन्।

कांग्रेसभित्र खाँणप्रति सहानुभूतिको मत बलियो

​​​​​​​खाँणले हिरासतमा बसेर प्रहरीलाई अनुसन्धानका लागि सघाएकाले उनलाई निर्दोष मान्नुपर्ने तर्क कांग्रेसका केही नेताहरूले गरिरहेका छन्।

नक्कली भुटानी शरणार्थी: कसको भूमिका के थियो?

फर्जी व्यक्तिहरूलाई शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको शुरूआत केशव दुलालबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछि गृहप्रशासनकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काम शुरू भएको थियो।

ठेला र साइकल जफत गरेर सिधै कवाडमा, महानगर प्रहरी भन्छ- काठमाडौँमा कुनै ठाउँ दिँदैनौँ

सडकमा व्यवसाय गर्नेका साइकल र ठेला जफत गरेर महानगरले सिधै कवाड बनाउने गरेको छ। महागर प्रहरीले जफत गरेका सामान अपचलन गर्ने र माग्न जानेलाई अमर्यादित व्यवहार गर्ने व्यवसायीको गुनासो छ।

सरकारमा जानेबारे रास्वपामा दुई धार, प्रमुख निशाना आउँदो आमनिर्वाचन

रास्वपा सरकारमा जाने कि नजाने भन्नेबारे अहिले त्यहाँभित्र पनि दुई बलिया धार छन्। तर, उसको मुख्य ध्येय भने २०८४ सालको निर्वाचनलाई लक्षित गरेर संगठन तयार गर्ने देखिन्छ।

प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’पछि सरकारमा जान रास्वपा 'उत्साही'

रवि लामिछानेसँग आइतबार भेट गरेपछि प्रधानमन्त्री दाहाल रास्वपा सरकारमा आउने दाबी गरिरहेका छन्। रास्वपा महामन्त्री मुकुल ढकाल पनि प्रधानमन्त्री आफ्नो पार्टीलाई मागेकै मन्त्रालय दिन तयार भएको बताउँछन्।

कांग्रेसले खाली गरिदिएको मैदानमा सत्ता ‘दाहिना’ बन्दा सम्भव उपेन्द्रको जित

कलैयाको करणराज होटलमा वैशाख ५ गते बसेको बैठकपछि उपेन्द्र यादवले रणनीति बदले। उनी कांग्रेस मतदाता तान्नेतिर मात्र केन्द्रित भएनन्, प्रधानमन्त्रीदेखि मधेशका मुख्यमन्त्री र मन्त्रीलाई समेत बारा उतारे।

जहाँ कांग्रेस कार्यालयमा पनि रविको चर्चा थियो

बिहानै राखिएको सभामा भीड बढ्दै गयो। कोही कविता भन्न थाले, कोही भाषण गर्न। श्रोताले साथ दिइरहे। धेरैका हातमा साना घण्टी थिए। जब उत्तेजित हुन्थे, घण्टी हल्लाउन थालिहाल्थे। त्यो आवाज उत्साहको थियो।

उपनिर्वाचन भएका ३ क्षेत्र, कहाँ कसको प्रतिस्पर्धा

चितवन–२ को परिदृश्य मंसिर ४ भन्दा खासै फरक नदेखिए पनि तनहुँ–१ र बारा–२ मा भने उपनिर्वाचनको प्रतिस्पर्धा र रौनक नै फेरिएको छ।

उपेन्द्र–सीकेको 'व्यक्तित्व' टकराबस्थल बारा–२ : मौन अवधिअघिको शीर्ष नेता दौडाहा कति निर्णायक?

प्रचारप्रसारको अन्तिम दिन बिहीबार उपेन्द्र यादवले पाँच दलीय गठबन्धनका शीर्ष नेतालाई बारा उतारे। एमालेले पनि अध्यक्ष ओलीको उपस्थितिमा सभा गर्‍यो। उपेन्द्रलाई 'बहरिया' बताइरहेको जनमत भने घरदैलोमै थियो।

बारा–२: मतदाता सोध्छन्– चुनाव त आइरहन्छ, विकास र खाडी जानुनपर्ने अवस्था किन आउँदैन?

बारा-२ को चुनावी माहोल नेताहरूले तताइरहेका छन्। तर, स्थानीय मतदाता दलहरूप्रति सन्तुष्ट छैनन्। चुनावमा गाउँ पस्ने नेताले विकास ल्याउन नसकेको र युवालाई खाडी जान बाध्य पारेको उनीहरूको गुनासो छ।

चितवन–२ को भरतपुरबाट स्थलगत : रविको ‘क्रेज’बीच मतदाता फर्काउने प्रयासमा कांग्रेस र एमाले

मंसिर ४ को निर्वाचनमा भरतपुर क्षेत्रबाट रवि लामिछानेले अत्यधिक मत पाएका थिए। यसपटक कांग्रेस, एमालेसहित तीनै दलले चुनावी अभियानलाई भरतपुरमै केन्द्रित गरेका छन्।

चितवन–२ का पहाडी मतदाता : जहिल्यै पानी र लालपुर्जाकै चिन्ता, नेताले वाचा मात्र गर्छन्

“पहिला पनि नेताहरू आएर आश्वासन दिए, तर जितेर गएपछि कहिल्यै फर्किएनन्। अहिले पनि हामी डाँडाको भिरमा बसिरहेका छौँ। राति निदाउन पनि डर लाग्छ,” इच्छाकामना गाउँपालिकाकी नन्दुमाया चेपाङले भनिन्।

सुगम मधेश प्रदेशमा किन उच्च छ निरक्षर दर?

सात प्रदेशमध्ये मधेशको साक्षरता दर सबैभन्दा कम छ। मधेशका चार जिल्ला रौतहट, महोत्तरी, सर्लाही र बारा देशकै सबभन्दा बढी निरक्षर भएका जिल्ला हुन्। जबकि, मधेशका सबै जिल्ला पहाडका तुलनामा सुगम छन्।

बारा-२: बदलिएको समीकरणमा कसको पल्ला भारी?

मंसिर ४ गतेको परिणाम हेर्ने हो भने चर्चाभन्दा बाहिरका उम्मेदवार फेरि पनि 'गेम चेन्जर' हुने संभावना छ। उक्त चुनावमा तेस्रो, चौँथो र पाँचौँ स्थान पाएका तीन स्वतन्त्र उम्मेदवारले पाएको मत उल्लेखनीय थियो।

बढ्न थाल्यो कोरोना संक्रमण, विज्ञ भन्छन्- सरकारको तथ्यांकभन्दा धेरै हुनसक्छन् संक्रमित

कोरोना संक्रमितको ग्राफ उकालो लागिरहे पनि सरकारले हरेक दिनको स्पष्ट तथ्यांक सार्वजनिक गर्ने गरेको छैन। गोलमटोल तथ्यांकका कारण महामारीले विकराल रूप लिइसकेपछि मात्र थाहा हुने विज्ञहरू बताउँछन्।

चार दशक, तीन व्यवस्था: शरतसिंह सधैँ मन्त्री

शरतसिंह भण्डारी पहिलोपटक २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकारमा सहायकमन्त्री भएका थिए। पञ्चायत ढलेर प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा उनले १२औँ पटक मन्त्रीको शपथ लिएका छन्।

मिटरब्याजको पासोबाट मुक्ति पाउन काठमाडौँ आएकाहरूको कथा

मिटरब्याजका पीडितहरू हरेकको अलग–अलग पीडा छ। कसैले कोभिडको लकडाउनमा बच्चाको उपचार गर्न ऋण लिएका थिए भने कोहीले वैदेशिक रोजगारमा जान। यहाँ हामीले आन्दोलनमा रहेका २८ जना पीडितका कथा–व्यथा समेटेका छौँ।