AnonymousUser

Logout

संस्कृत पढाउने ११५ वर्ष पुरानो विद्यालयः आधुनिक पाठ्यक्रम, गुरुकुल शैली

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालयमा संस्कृतसँगै प्राविधिक र अन्य विषय पनि पढाइन्छ। तर छात्रावासमा संस्कृत पढ्ने विद्यार्थी मात्र बस्छन् र उनीहरूले पढाइसँगै आम्दानी पनि गरिरहेका छन्।

छात्रवृत्ति पाएका विद्यार्थीसँग मनोमानी शुल्क, जनकपुरधाम उपमहानगरबाट अनुगमन न कारबाही

जनकपुरधाम उपमहानगरले निजी विद्यालयमा कक्षा ११ र १२ पढ्न छात्रवृत्तिका लागि परीक्षा लिएरै विद्यार्थी छनोट गरेर पठाउँछ। तर ती विद्यार्थीसँग समेत पूरै शुल्क लिइरहँदा मेयर भन्छन्– निजी विद्यालयले टेरेनन्।

घुर्नीदेवीलाई लागेन दशैँ

एक महिनादेखि गोठको बसाइँले आजित भइसकेको घुर्नीदेवी बताउँछिन्। उनलाई पुनः घर फर्केर नातिनातिनीसँग समय बिताउन, घरधन्दामा सघाइदिन मन छ। तर बुहारीको व्यवहार सम्झेर घर फर्किन नचाहेको उनको भनाइ छ।

जनकपुरको साढे ७ दशक पुरानो विद्यालय: पूर्वविद्यार्थीको पहलमा साख फर्काउने प्रयास

पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलगायतले पढेको सरस्वती माविमा अहिले पूर्वाधार बनेका छन् तर व्यवस्थापन भद्रगोल नै छ। ७ वर्षपछि बल्ल व्यवस्थापन समिति गठन हुने तयारी छ।

साहुको नाकाबन्दीमा मुसहरीः बाटोमा बार, चापाकल नचल्ने बनाएर पानी बन्द

सिरहाको नरहा गाउँपालिकास्थित मुसहर बस्तीलाई साहुकार महेश यादवले नाकाबन्दी मात्र गरेका छैनन्, त्यहाँका चापाकल नचल्ने बनाइदिएका छन् भने शौच गर्न जाने ठाउँसमेत रोकेका छन्।

साहुको नाकाबन्दीमा मुसहरीः बाटोमा बार, चापाकल नचल्ने बनाएर पानी बन्द

सिरहाको नरहा गाउँपालिकास्थित मुसहर बस्तीलाई साहुकार महेश यादवले नाकाबन्दी मात्र गरेका छैनन्, त्यहाँका चापकल नचल्ने बनाइदिएका छन् भने शौच गर्न जाने ठाउँसमेत रोकेका छन्।

मोटरसाइकल चोरीको गढ बनिरहेको जनकपुर 

मधेश प्रदेशको राजधानी जनकपुरमा दुई महिनामै ६७ वटा मोटरसाइकल चोरीसँग सम्बन्धित जाहेरी प्रहरीमा दर्ता भएका छन्। यसबीचमा एकै दिन चार वटासम्म मोटरसाइकल चोरिएको रेकर्ड छ।

सशस्त्र प्रहरीको रासन भत्ता: कुकुरभन्दा पनि थोरै, २०३ रुपैयाँले पुर्‍याउनुपर्छ दुईछाक खाना र नास्ता

सुरक्षाकर्मीको दैनिक खान्कीका लागि छुट्याइने रासन भत्ता कति हुन्छ? काठमाडौँमा कार्यरत सशस्त्र प्रहरीहरूले पाउने दैनिक २०३ रुपैयाँ रासन भत्ता सोही संगठनमा कुकुरलाई छुट्याइएको रासन भत्ताभन्दा पनि कम हो।

चार वर्षदेखि मानव अधिकार आयोगले लुकाइरहेको त्यो प्रतिवेदन

प्रहरीले 'फेक इन्काउन्टर' गरेर नागरिकको हत्या गरिरहेको भन्दै लगातार उजुरी आउन थालेपछि मानव अधिकार आयोगले चार वर्षअघि छानबिन समिति बनाएको थियो। तर समितिको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।

भ्रष्टाचार मुद्दा प्रभावित गर्ने भरत थापाको दाउः निकटस्थमार्फत् आफैविरुद्ध हाल्न लगाए लेनदेन मुद्दा

अख्तियारले ५ करोडभन्दा धेरै गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित बागमती नगरपालिकाका मेयर थापाले यो मुद्दा प्रभावित गर्न कसरी फर्जी मुद्दा दायर गराइरहेका छन्?

आयल निगमको कार्यालयभित्रै करारका कर्मचारीले किन गरे सहकर्मीको हत्या?

मिल्ने साथीको पहिचान बनाएका एकै कार्यालयमा कार्यरत करारका दुई कर्मचारीबीच कार्यस्थलमै विवाद, कुटपिट र हत्या भयो। पीडित परिवार घटनाको कारण थाहा पाउन ११ दिनदेखि प्रहरीको अनुसन्धान नतिजा पर्खिइरहेको छ।

‘फेक इन्काउन्टर’को फेक धन्दाः भारतीय प्रहरीको सिकोमा नेपाल प्रहरी!

सन् १९९३ को मुम्बई विस्फोटपछि भारतीय प्रहरीले फेक इन्काउन्टर श्रृंखला चलाउँदा १० वर्षमा १२ सयको हत्या भयो। त्यसपछि पनि यस्ता घटना रोकिएनन्। पछिल्लो समय नेपाल प्रहरीसमेत फेक इन्काउन्टर विवादमा फसेको छ।

पप्पु कन्स्ट्रक्सन संलग्न कमला पुलः निर्माणमै ‘कैफियत’, बजेट सकियो पुल चलेन

ठूला ठेक्कापट्टामा विवादित कम्पनी पप्पु कन्स्ट्रक्सन संलग्न कमला नदीको पुल निर्माणमा त्रुटिपूर्ण डिजाइनसँगै थुप्रै कैफियत देखिन्छन्। परिणाम, सिरहा र धनुषा जोड्ने पुल १३ वर्षदेखि सपनामै सीमित छ।

दुबईको जेलमा २१ वर्षदेखि नेपाल फर्कने दिन पर्खिरहेका अमर बम

अमर बमलाई दुबईको अदालतले मृत्युदण्ड दिएको २१ वर्षसम्म फैसला कार्यान्वयन नगरी जेलमा राखिएको छ। आफू निर्दोष भए पनि फर्किन नपाएको पीडा उनी फोनमार्फत परिवारसँग पोखिरहन्छन्। तर आश मारेका छैनन्।

०७२ को विद्रोह: उत्कर्षमा पुग्यो, निष्कर्ष दिएन

संविधान जारी हुनुअघिको असन्तुष्टि र आक्रोशले मधेशमा सल्काएको ‘आन्दोलनको आगो’ संविधान आइसकेपछि पनि महिनौँ बलिरह्यो। त्यसबीच देशले नाकाबन्दी बेहोर्‍यो। तर अन्तमा उपलब्धिबिनै आन्दोलन सेलाउन पुग्यो, कसरी?

गर्मीले तातेको मधेशमा अघोषित ‘लोडसेडिङ’, घन्टामै १५ पटकसम्म बिजुली आउँदै-जाँदै

मधेश प्रदेशका जिल्लामा अनियमित रूपमा पटकपटक बिजुली काटिँदा गर्मीमा सकस भएको अधिकांशको गुनासो छ। बर्दिबासमा त गत साता स्थानीयले एक घन्टा राजमार्ग नै अवरुद्ध गरेर विरोध जनाएका थिए।

काठमाडौँ महानगर :  समृद्ध कोष, नेतृत्वमा जोश, कार्यक्षमतामा पुरानै दोष

गत आर्थिक वर्ष महानगरले कुल खर्चको १५ प्रतिशत असार महिनामा मात्र सकेको थियो। त्यसरी अन्तिममा ह्वात्तै खर्च बढाएर पनि आर्थिक वर्ष सकिँदा कुल पुँजीगत खर्च ४२ प्रतिशतमा सीमित रह्यो।

न्युरोडमा फुटपाथ विस्तार : मेयर र वडाध्यक्षको हठले बिग्रँदै माहौल, स्थानीय विभाजित

न्युरोडमा फुटपाथ विस्तार शुरू गरेपछि काठमाडौँ महानगर र सडक डिभिजनबीच शुरू विवाद अदालतले टुंग्याइदिएको छ। तर वडा नं. २२ का वडाध्यक्षले सडकमै कार्यालय खडा गरेर अवरोध गरेपछि विवादले उग्र रूप लिइरहेको छ।

शरतसिंह २०औँ पटक मन्त्री हुँदा लोसपामा विवाद, पार्टी विभाजनसम्मको चेतावनी

चार महिनाअघि श्रममन्त्रीबाट पदमुक्त भएका भण्डारीलाई लोसपा अध्यक्ष महन्थ ठाकुरले फेरि मन्त्री बनाएर पठाएपछि वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पक्षले पार्टी फुटाउने चेतावनी दिएका छन्।

भारतीय प्रहरी अनुमतिबेगर जनकपुर पसे, ‘अपहरण शैली’मा महिलालाई लगे

आफूलाई प्रहरी बताउने पाँच जना जनकपुरधामको एक घरभित्र पसेर महिलालाई नियन्त्रणमा लिए। यसरी पक्रन जाने दुई जना नेपालकै पुलिसलाई घरवालाले प्रहरी चौकीमा पहिचान गरे। तर महिला भारत पुर्‍याइसकिएकी थिइन्।