AnonymousUser

Logout

‘फेक इन्काउन्टर’को फेक धन्दाः भारतीय प्रहरीको सिकोमा नेपाल प्रहरी!

सन् १९९३ को मुम्बई विस्फोटपछि भारतीय प्रहरीले फेक इन्काउन्टर श्रृंखला चलाउँदा १० वर्षमा १२ सयको हत्या भयो। त्यसपछि पनि यस्ता घटना रोकिएनन्। पछिल्लो समय नेपाल प्रहरीसमेत फेक इन्काउन्टर विवादमा फसेको छ।

पप्पु कन्स्ट्रक्सन संलग्न कमला पुलः निर्माणमै ‘कैफियत’, बजेट सकियो पुल चलेन

ठूला ठेक्कापट्टामा विवादित कम्पनी पप्पु कन्स्ट्रक्सन संलग्न कमला नदीको पुल निर्माणमा त्रुटिपूर्ण डिजाइनसँगै थुप्रै कैफियत देखिन्छन्। परिणाम, सिरहा र धनुषा जोड्ने पुल १३ वर्षदेखि सपनामै सीमित छ।

दुबईको जेलमा २१ वर्षदेखि नेपाल फर्कने दिन पर्खिरहेका अमर बम

अमर बमलाई दुबईको अदालतले मृत्युदण्ड दिएको २१ वर्षसम्म फैसला कार्यान्वयन नगरी जेलमा राखिएको छ। आफू निर्दोष भए पनि फर्किन नपाएको पीडा उनी फोनमार्फत परिवारसँग पोखिरहन्छन्। तर आश मारेका छैनन्।

०७२ को विद्रोह: उत्कर्षमा पुग्यो, निष्कर्ष दिएन

संविधान जारी हुनुअघिको असन्तुष्टि र आक्रोशले मधेशमा सल्काएको ‘आन्दोलनको आगो’ संविधान आइसकेपछि पनि महिनौँ बलिरह्यो। त्यसबीच देशले नाकाबन्दी बेहोर्‍यो। तर अन्तमा उपलब्धिबिनै आन्दोलन सेलाउन पुग्यो, कसरी?

गर्मीले तातेको मधेशमा अघोषित ‘लोडसेडिङ’, घन्टामै १५ पटकसम्म बिजुली आउँदै-जाँदै

मधेश प्रदेशका जिल्लामा अनियमित रूपमा पटकपटक बिजुली काटिँदा गर्मीमा सकस भएको अधिकांशको गुनासो छ। बर्दिबासमा त गत साता स्थानीयले एक घन्टा राजमार्ग नै अवरुद्ध गरेर विरोध जनाएका थिए।

काठमाडौँ महानगर :  समृद्ध कोष, नेतृत्वमा जोश, कार्यक्षमतामा पुरानै दोष

गत आर्थिक वर्ष महानगरले कुल खर्चको १५ प्रतिशत असार महिनामा मात्र सकेको थियो। त्यसरी अन्तिममा ह्वात्तै खर्च बढाएर पनि आर्थिक वर्ष सकिँदा कुल पुँजीगत खर्च ४२ प्रतिशतमा सीमित रह्यो।

न्युरोडमा फुटपाथ विस्तार : मेयर र वडाध्यक्षको हठले बिग्रँदै माहौल, स्थानीय विभाजित

न्युरोडमा फुटपाथ विस्तार शुरू गरेपछि काठमाडौँ महानगर र सडक डिभिजनबीच शुरू विवाद अदालतले टुंग्याइदिएको छ। तर वडा नं. २२ का वडाध्यक्षले सडकमै कार्यालय खडा गरेर अवरोध गरेपछि विवादले उग्र रूप लिइरहेको छ।

शरतसिंह २०औँ पटक मन्त्री हुँदा लोसपामा विवाद, पार्टी विभाजनसम्मको चेतावनी

चार महिनाअघि श्रममन्त्रीबाट पदमुक्त भएका भण्डारीलाई लोसपा अध्यक्ष महन्थ ठाकुरले फेरि मन्त्री बनाएर पठाएपछि वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पक्षले पार्टी फुटाउने चेतावनी दिएका छन्।

भारतीय प्रहरी अनुमतिबेगर जनकपुर पसे, ‘अपहरण शैली’मा महिलालाई लगे

आफूलाई प्रहरी बताउने पाँच जना जनकपुरधामको एक घरभित्र पसेर महिलालाई नियन्त्रणमा लिए। यसरी पक्रन जाने दुई जना नेपालकै पुलिसलाई घरवालाले प्रहरी चौकीमा पहिचान गरे। तर महिला भारत पुर्‍याइसकिएकी थिइन्।

‘स.वि.’कै सडकमा मोटरसाइकल हराउने खाल्डा, सामाजिक सञ्जालमा व्यंग्य- प्रिय स.वि. पोलबाट सडकमा झरिदेऊ

सडक डिभिजन कार्यालयअन्तर्गत काठमाडौँ महानगरभित्र १८० किमी सडक छ। यी सडकमा खाल्डा नभएको डिभिजन कार्यालयको दाबी छ। तर बुधबार नयाँबजार-सोह्रखुट्टे सडकको खाल्डामा कुदिरहेको मोटरसाइकल नै खसेको थियो।

महाधिवेशनको माहोल छाडेर सत्ताको ‘रस’मा रमाइरहेको रास्वपा

महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख भएको र सत्तालिप्सामा लागिरहे रास्वपा विवेकशील पार्टीजस्तो अवस्थामा परिणत हुनसक्ने खतरा औँल्याएका छन्।

सिक्किमको राजनीति: साबिक पार्टीबाट विद्रोह गर्नेहरूको सत्तारोहण

३२ सिट रहेको सिक्किम विधानसभामा एसकेएम एक्लैले ३१ सिट ल्याएको छ। बाँकी एक सिट मात्रै एसडीएफले जितेको छ। २५ वर्ष मुख्यमन्त्री रहेका त्यसका नेता पवन चाम्लिङले दुई ठाउँबाट चुनाव हारेका छन्।

जितेर हारेको भाजपा, हारेर जितेको कांग्रेस

मोदीले आफूलाई ‘परमात्माले पठाएको’ घोषणा गरिसकेका थिए, चुनावी नतिजासँगै अहंकार चकनाचुर भएको विश्लेषण गरिएको छ। राम मन्दिर रहेको अयोध्यामै भाजपा उम्मेदवार पराजित हुँदा आलोचकले स्वाद मानेका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालय : एउटै व्यक्तिलाई तेस्रो पटक रजिस्ट्रार बनाउन भइरहेको ‘चलखेल’

दुई कार्यकालसम्म रजिस्ट्रार रही विभिन्न विवादमा मुछिएका तिलकराम आचार्यलाई फेरि पनि दोहोर्‍याएर नियुक्ति दिन नियमावली नै संशोधन गरिएपछि विवाद बढेको छ।

पानीको समस्या सुनाउन २५ दिन हिँडेर मधेशदेखि काठमाडौँसम्म

चापाकलमा पानी आउन छाडेपछि सप्तरी, सिरहा, धनुषा, बारा, पर्सालगायत जिल्लाका केही स्थानीय पानी माग्न काठमाडौँसम्म पैदलै आएका छन्। स्थानीय र प्रदेश सरकारले गुनासो नसुनेको उनीहरू बताउँछन्।

‘इम्बोस्ड’ नम्बर प्लेटमा खेलाँची, नियम लागू भए पनि आएन कार्यान्वयनमा

सरकारले यातायात व्यवस्था कार्यालयमा दर्ता भएको वा हुन लागेको सबै सवारीमा ‘इम्बोस्ड’ नम्बर अनिवार्य गरेको छ।  तर सवारीसाधनका अधिकांश प्रयोगकर्ता यसबारे बेखबर छन्। 

७ हजारमा ‘किनिएका’ ४२ नेपाली कश्मीरमा बन्धक, खबर पाएर पनि सरकारको बेवास्ता

राम्रो कमाइको लोभ देखाएर कश्मीर पुर्‍याइएका नेपालीलाई त्यहाँ बन्धक बनाइएको खबर लिएर सरोज राय गृह र परराष्ट्र मन्त्रालय धाए। तर सरकारले वास्ता नगरेपछि आफैँ अघि सरे। कसरी सफल भयो सरोजको ‘मिसन कश्मीर?’

फर्जी मतदाता खडा गरेर मेयर बनेका थिए भरत थापा

निर्वाचन आयोगको मतदाता नामावलीमा अहिले पनि बागमती नगरपालिकाको सुकुमबासी बस्तीका कतिपयको दोहोरो नाम देखिन्छ। अधिकांशको नामका अक्षर छुट्याउने/जोड्ने गरेर दुई वटा परिचयपत्र बनाइएका छन्।

सत्ता राजनीतिले उक्साएको पार्टी विभाजनको खेल : फोरम नेपालदेखि जसपासम्म

जसपाबाट मोहभंग भएर बसेका अशोक राई र उनका समर्थक सांसदहरू पार्टीभित्रका असन्तुष्टिको  प्रतिवाद नगरी बसेका थिए। उपेन्द्र यादवलाई ठूलो झट्का दिने मनसायसहित मौन पर्खाइको नतिजा अहिले देखिएको छ।

मनपरी चलिरहेका ‘स्विमिङ पुल’ : मापदण्ड छैन, ज्यानै जोखिममा

स्विमिङका लागि होटल पुगेका सजिलमान शाक्यलाई करेन्ट लागेपछि नौ महिनादेखि अचेत छन्। स्विमिङ पुलमै डुबेर ज्यान जाने घटनासमेत भएका छन्। पानी फोहोर भएको गुनासो त सामान्य जस्तै छ।