AnonymousUser

Logout

सुर्खेतको ‘नमूना’ बसपार्कः ठेकेदार भागेपछि व्यवसायीले तिर्न छाडे भाडा, नगरपालिका निरीह

कर्णाली प्रदेशकै ‘नमूना’ भनिएको बसपार्क सञ्चालन गर्ने जिम्मा लिएको ठेकेदार कम्पनी भागेपछि विरेन्द्रनगर नगरपालिका बसपार्कका व्यवसायीबाट आफैंले तोकेको भाडा उठाउन सकिरहेको छैन। 

बेथितिको दलदलमा कर्णालीको नमूना बसपार्कः ठेकेदारसँग भाडा उठाउन नसकेपछि नगरपालिका अदालतमा

वीरेन्द्रनगर नगरपालिकाले ऋण लिएर बनाएको कर्णालीकै ‘नमूना’ बसपार्क सञ्चालनको जिम्मा दिइएका ठेकेदारबाट भाडा उठाउन नसकेपछि नगरपालिका अदालत पुगेको छ। तर मुद्दामाथि मुद्दा थपिँदा सुनुवाइमा विलम्ब भएको छ।

पूर्वराष्ट्रपति भण्डारीको आक्रोश: बालमन्दिरको जग्गा कर्पोरेट हाउसलाई किन?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहाराविहीन बालबालिकाको संरक्षणका लागि राज्यले नेपाल बाल संगठनलाई प्रदान गरेको जग्गा ‘कर्पोरेट हाउस’लाई वर्षौंका लागि लिजमा दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।

‘क्लिनचिट’ दिन महिला आयोगलाई डेपुटी गभर्नर र पूर्वकार्यकारी निर्देशकको दबाब

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले आफूहरू महिला सहकर्मीमाथि भएको हिंसामा संलग्न नरहेको भन्दै आरोपबाट सफाइ दिन महिला आयोगलाई दबाब दिएका छन्। 

कर्णाली राजधानीको नमूना बसपार्क: स्थानीय सरकार नै ‘ठेकेदारको दाहिना’ बन्दा गुम्यो १ अर्ब

वीरेन्द्रनगर नगरपालिकाले ऋण लिएर कर्णाली प्रदेश राजधानीकै नमूना पूर्वाधारका रूपमा पाँच वर्षअघि निर्माण गरेको बसपार्कको हबिगत स्थानीय सरकारमा चुलिँदो बेथिति र भद्रगोल चिहाउने दृष्टान्त हो।

थानेश्वर आचार्यलाई पटक–पटक उन्मुक्ति

यौन दुर्व्यवहार र अनुशासन उल्लंघनमा राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यले पटक-पटक उन्मुक्ति पाएका छन्। पछिल्लो पटक प्रशासकीय अदालतले यौन दुर्व्यवहारमा दोषी ठहर गरे पनि कारबाही बदर गरिदिएको छ।

'सासू'लाई पैसा फिर्ता गरेको 'बैंक स्टेटमेन्ट'बाट देखिएपछि रोकियो धनराजलाई पक्राउ गर्ने सीआईबीको तयारी

सहकारीको रकम ठगी गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सीआईबीले पाँच घण्टा लामो बयान लिएको छ। तर, उनले आफूमाथि लागेको आरोपको इन्कार गरेका छन्। 

थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णय अदालतबाट बदर

उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाही स्वरूप थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंकको निर्णयलाई प्रशासकीय अदालतले बदर गरेको छ।

बालमन्दिर प्रकरणः विशाल ग्रुपलाई बलियो बनाउने ‘अनुसन्धान’, थप निरीह बन्दै बाल संगठन

नेपाल बाल संगठनको जग्गा प्रकरणमा सीआईबीले प्रचारसहित शुरू गरेको अनुसन्धान आश्चर्यजनक रूपमा सुस्ताएपछि व्यापारिक घराना विशाल ग्रुप थप बलियो र बाल संगठन झन् निरीह हुने अवस्था आएको छ।

प्रदेश, स्थानीय सरकार र कर्मचारीको मनोदशा देखाउने सुर्खेतको ‘ट्रायल सेन्टर’

५ वर्षअघि निःशुल्क प्राप्त सरकारी जग्गामा ट्रायल सेन्टर बन्न नदिन भएको ‘खेल’ र निजी ड्राइभिङ सेन्टरमै ट्रायल लिने ‘रुचि’ले प्रदेश र स्थानीय सरकारको अव्यवस्थादेखि कर्मचारीको दाउपेचसम्म छर्लङ्ग पार्छ।

सिंहदरबारका ठेकेदार राज्यमन्त्री जसको ठेक्काले अस्तव्यस्त छ कर्णाली प्रदेश राजधानी 

ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनीले ठेक्का लिएर अलपत्र छाडेका वीरेन्द्रनगरका सडकको अस्तव्यस्त अवस्था ‘ठेकेदार नेता’ले राज्य–संयन्त्रलाई कुन हद्सम्म अटेरी गरिरहेछन् भन्ने दृष्टान्त बनेको छ।

कर्णालीको जडीबुटी संसारलाई चिनाउन कस्सिएका राजेन्द्र

बहुमूल्य जडीबुटीको प्रचुर सम्भावनायुक्त क्षेत्र कर्णालीमा आफ्नै बुताले जडीबुटी उत्पादन, प्रशोधन र प्याकेजिङ गरी विभिन्न देशमा निर्यात गरिरहेका राजेन्द्र यो विषय सरकारको प्राथमिकतामै नपर्दा खिन्न छन्।

१७ वर्ष लडेर ललितपुरवासीले फिर्ता ल्याएको सप्तपाताल पोखरी 

ललितपुरको लगनखेलमा व्यापारिक लाभका निम्ति हडपिएको सम्पदा, सप्तपाताल पोखरी फिर्ता ल्याएर नयाँ जीवन दिएका स्थानीयले लडेको १७ वर्ष लामो लडाईंको कथा:

बुंगमतीका बुद्धिरत्न जो आफ्नो जिउधन खर्चेर सार्वजनिक सम्पत्ति जोगाइरहेछन्

भूमाफियाले कब्जा गरेका सार्वजनिक सम्पत्ति फर्काउन आफ्नो खेतबारी बेचेर मुद्दामामिलामा लागिपरेका व्यक्ति हुन् बुद्धिरत्न शाक्य, जसलाई विपक्षीहरूले दिने धाकधम्कीको कुनै पर्वाह छैन। 

पोखरा विमानस्थल ‘काण्ड’सित जोडिने कोलपाटनको ओभरहेड ट्यांकीः निर्णय गर्नै किन डरायो संस्थान?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनासित जोडिएका थुप्रै बेथितिमा कोलपाटनको ओभरहेड ट्यांकी पनि जोडिएको छ। अख्तियारले यसबारे अनुसन्धान शुरू गरेपछि खानेपानी संस्थान त्राहिमाम देखिन्छ।

मदन स्मारक स्कुलको जग्गा प्रकरणः भाडामा पनि ठेकेदारको झेल, दिएनन् विद्यालयले पाउनुपर्ने २ करोड

गैरकानूनी लिज सम्झौता गरेर मदन स्मारक स्कुलको सार्वजनिक जग्गा हडप्ने प्रपञ्चमा लागेका माओवादी नेता र उनीनिकट ठेकेदारले त्यही सम्झौताअनुसार पनि करिब २ करोड रकम नदिएर विद्यालयलाई थप नोक्सानी पुर्‍याए।

माओवादी नेताका आँखा लागेको मदन स्मारक स्कुलको १० रोपनी सार्वजनिक जग्गा

ऐतिहासिक धरोहरसरह रहेको मदन स्मारक स्कुलको १० रोपनी १ आना जग्गा हडप्न माओवादीका नेता र ठेकेदारले केसम्म गरे? यो जग्गा जोगाउन दुई दशक लडेका स्थानीय बासिन्दालाई सर्वोच्चको फैसलाले कसरी त्राण दिँदै छ?

व्यापारी रूप ज्योतिको नाममा पुर्‍याइएको सार्वजनिक जग्गा: धाकधम्कीले हच्केका स्थानीय फेरि जुर्मुराए 

एकान्तकुनास्थित कमलपोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्‍याइएपछि विरोधमा उत्रेका स्थानीय बासिन्दा भू–माफियाको धम्कीले हच्केका थिए। उनीहरू कमलपोखरी पुरानै अवस्थामा फर्काउन फेरि सक्रिय भएका छन्।

बाँसबारीको सरकारी जग्गा खाली गर्न चाँदबागलाई काठमाडौँ महानगरको ७ दिने ‘अल्टिमेटम’

चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णयविरुद्ध सर्वोच्चमा दायर दुई मुद्दा विचाराधीन रहँदा काठमाडौँ महानगरले जग्गा खाली गर्न ७ दिनको समयसीमा तोकेको छ।

अख्तियारको निर्देशन अटेर गरेर रूप ज्योतिको अस्पतालका नाममा पास गरिएको सार्वजनिक जग्गा

अख्तियारको निर्देशन अटेर गरेर सरकारी निकाय नै मिलेमतोमा लाग्दा ललितपुरस्थित कमलपोखरीको सार्वजनिक जग्गा व्यापारी रूप ज्योतिको निजी अस्पतालका नाममा पुगेको देखिन्छ।