व्यापारिक घराना विशाल ग्रुपको अधिकांश लगानी रहेको बृहस्पति विद्या सदनलाई २८ रोपनी ५ आना १ पैसा जग्गा लिजमा दिन विगतमा भएको सम्झौता बाल संगठनले गत वैशाखमा खारेज गरेको थियो।
ऐतिहासिक र सांस्कृतिक हिसाबले समेत महत्त्वपूर्ण ललितपुरस्थित कमलपोखरीको सार्वजनिक जग्गा व्यवसायी रूप ज्योतिको अस्पतालको स्वामित्वमा ल्याइपुर्याउने चलखेलमा वडा कार्यालय नै कसरी सहयोगी बनिदियो?
पोखराको कोलपाटनमा ‘ओभरहेड टंयाकी’ बनाउँदा सरकारी निकायहरूले समन्वयको सट्टा लापरबाही गरेकाले साढे चार अर्बको लगानी जोखिममा परेपछि त्यसका जिम्मेवार कर्मचारीलाई कारबाही गर्नुपर्ने छानबिन समितिको राय छ।
नापी कार्यालयको फिल्ड–बुकमा ‘कमलपोखरी’ लेखिएको ललितपुर महानगरपालिका–१३, एकान्तकुनास्थित २ रोपनी ११ आना सार्वजनिक जग्गा व्यापारी रूप ज्योति अध्यक्ष रहेको निजी अस्पतालको नाममा कसरी आइपुग्यो?
बाल संगठनले विशाल ग्रुपद्वारा सञ्चालित बृहस्पति स्कुलसँगको जग्गा लिज सम्झौता खारेज गरेसँगै यो प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले अनुसन्धान नटुंग्याउँदा नयाँ चलखेल शुरू भएको छ।
राजनीतिले थलिएको मन्त्रालयको क्षमता उकास्नु उनका लागि चुनौतीपूर्ण छ। त्यसमाथि गठबन्धनको सरकारमा मन्त्री भएर काम गर्दा उनले कति दबाब थेग्न सक्छिन् त्यो भविष्यले नै देखाउने छ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीका सञ्चालक तथा पदाधिकारीहरूले सर्वसाधारणको बचतदेखि काठमाडौँ–१३ मा रहेको जग्गा धितोमा राखी लिएको ऋण हिनामिना गर्दा मालपोत र बैंकबाटै ‘सहयोग’ पाएको देखिन्छ।
तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाबाट चौधरी ग्रुपले हडपेको १० रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याएको तीन महिना बित्यो। तर सरकारी संयन्त्रहरू त्यसपछि चुपचाप झैँ छन्।
धादिङबेसीमा बाल संगठनद्वारा स्थापित, संगठनकै चार रोपनी जग्गामा सञ्चालित बालमन्दिर विद्यालय संगठनलाई थाहै नदिई नगरपालिकाले किन बलपूर्वक समायोजन गरिदियो? समायोजन पछाडिको स्वार्थको चिरफार:
व्यवसायी अरूण चौधरीको कम्पनी, हिमालयन इन्टरप्राइजेजको नाममा पुगेको सार्वजनिक जग्गा दर्ता गर्न नमानेका तत्कालीन वडासचिव बाबुराजा डंगोलले आफूलाई मार्ने धम्की आएपछि सर्जमिन–सिफारिस गरिदिएको खुलाएका छन्।
नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा केन्द्र भागमा देखा परेका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ पुर्जी जारी भएको एक महिना ७ दिनपछि आइतबार पक्राउ परेका छन्।
जुद्धोदय स्कुलको जग्गा लिजमा हत्याएर व्यापारी मनोज मिश्रले बनाएको व्यापारिक भवनका सटरहरूमा ताल्चा लगाएको काठमाडौँ महानगर यो प्रकरणमा संलग्नहरूबारे मौन देखिन्छ।
व्यापारीले हडप्न खोजेको जुद्धोदय स्कुलको जग्गा जोगाउन महानगर नै लर्खराइरहेका बेला सर्वोच्च अदालतले गरेको एउटा फैसला त्यो चलखेल निस्तेज पार्ने आधार बनेको छ।
सरकारले सहाराविहीन बालबालिकाका निम्ति अधिग्रहण गरेर दिएको जग्गा व्यापारीलाई सुम्पेर लुट मच्चाएका बाल संगठनका पदाधिकारीले पैसामोहमा त्यहाँ आश्रित बालबालिका नै बेपत्ता पार्ने ‘धन्दा’ चलाए, कसरी?
गोर्खा मिडियामा स्वर्णलक्ष्मीको मात्रै ८० करोड अपचलन भएको बचतकर्ताको दाबी छ। लगानीमाथि प्रश्न उठ्न थालेपछि जीबी राईले स्वर्णलक्ष्मीको अध्यक्ष बनेर आर्थिक हिनामिना गरेको त्यहीँका कर्मचारी बताउँछन्।
बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा सीआईबीले १४ दिनअघि पक्राउ पुर्जी लिए पनि कोही समातिएका छैनन्। सीआईबीस्रोत भन्छ, ‘गृहमन्त्रीकै ग्रिन सिग्नल पाएनौँ।’
२०३८ सालदेखि २१ वर्षसम्म ललितपुरको प्रधानपञ्च र मेयर रहेका बुद्धिराज बज्राचार्यले यो सार्वजनिक जग्गा भएकाले अरुण चौधरीको कम्पनी र अन्य व्यक्तिविशेषको नामबाट जसरी पनि फिर्ता लिनुपर्ने माग गरेका छन्।
छानबिन समितिले जुद्धोदय स्कुल र व्यापारी एवं ठेकेदार मनोजकुमार मिश्रबीचको जग्गा लिज सम्झौता गैरकानूनी भएको निष्कर्ष निकाले पनि काठमाडौँ महानगरले कारबाही अघि नबढाउँदा चलखेल तीव्र भएको छ।
नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा सीआईबीले पक्राउ पुर्जी जारी गरेका पूर्वअध्यक्ष रीता सिंहदेखि बृहस्पति स्कुलका सञ्चालकहरूसम्म कसरी जोडिए? कसको के भूमिका थियो?
नक्सालस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा जोडिएका संगठनका पूर्वपदाधिकारीदेखि व्यापारिक घरानाका सदस्यसमेत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।