AnonymousUser

Logout

तीन दशकसम्म मालपोतले जोगाएको सार्वजनिक जग्गा कसरी पुग्यो अरुण चौधरीको स्वामित्वमा?

सबैखाले चलखेल पन्छाउँदै मालपोत कार्यालय ललितपुरले करिब तीन दशकसम्म जोगाएको पुल्चोकस्थित सार्वजनिक जग्गा व्यवसायी अरुण चौधरीको कम्पनीका नाममा दर्ता गर्न भएका चलखेलको फेहरिस्तः

‘बैंकमा रोक्का’ बाल संगठनको ५१ रोपनी जग्गासम्बन्धी अभिलेख पछ्याउँदा.. 

नेपाल बाल संगठनको नक्सालस्थित ५१ रोपनी जग्गा बैंकमा रोक्का रहेको मालपोतको एउटा पत्र पछ्याउँदा सरकारी निकाय कसरी चल्दारहेछन् भन्ने स्पष्ट तस्वीर सामुन्ने आयो।

बृहस्पति विद्या सदनसँग भएको जग्गा लिज सम्झौता खारेज, बाल संगठनलाई नोक्सान पुर्‍याएको निष्कर्ष

पहिले आयस्रोतको विकल्प नहुँदा रद्द गर्न नसकिएको सम्झौता अहिले काठमाडौँ महानगर लगायतका निकायबाट आर्थिक सहयोगको प्रतिबद्धता पाएपछि खारेज गर्ने निर्णयमा पुगेको नेपाल बाल संगठनले जनाएको छ। 

सीआईबीले छानबिन थाल्दा बृहस्पति सक्रिय, बाल संगठनको जग्गा ‘लियन’ राखेर लिएको ऋण रातारात चुक्ता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन शुरू गरेपछि विशाल ग्रुपको अधिकांश स्वामित्व रहेको बृहस्पति विद्या सदनले आफ्नो गल्ती ढाकछोप गर्न सक्रियता देखाएको छ।

बाँसबारीको जग्गा हडप्न चौधरी ग्रुपको पुनः जोडबल, सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

चौधरी ग्रुपले गैरकानूनी रूपमा हडपेको ठहर गर्दै बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले गरेको निर्णय बदर गर्न माग गर्दै सीजी चाँदबाग रेसिडेन्सी सर्वोच्च अदालत पुगेको छ।

बालमन्दिर प्रकरणमा अख्तियारको प्रवेश, सीआईबी पनि छुट्टै अनुसन्धानमा

नेपाल बाल संगठनको नक्सालस्थित बालमन्दिर परिसरको २९ रोपनी जग्गा संगठनका पदाधिकारीको मिलीभगतमा व्यापारिक घरानाले कब्जा गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।

चौधरी ग्रुपले हडपेको बाँसबारीको जग्गा फिर्ता: के भयो, अब के हुन्छ?

१७ महिनाअघि उकालोमा फेहरिस्त उजागर भएसँगै चौधरी ग्रुपले हडपेको १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउन अघि बढेको प्रक्रिया टुंगोमा पुगेको छ। तर यो प्रकरण टुंगिन बाँकी नै छ।

बाँसबारी प्रकरणमा शुरूदेखि संलग्न विनोद चौधरीको बयान– ‘बुवाले गर्नुभएको हो, मलाई थाहा छैन’ 

सरकारी वकिल कार्यालय र सीआईबीको रोहबरमा लिइएको तीन घण्टा लामो बयानमा व्यवसायी एवं सांसद विनोद चौधरीले आफ्नो बचाउ गरेका छन्। 

बाँसबारी जग्गा प्रकरण: सरकारी वकिलको कार्यालयमा विनोद चौधरीको बयान शुरू

बिहीबार बिहान नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका थिए। त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उनीसँग बयान लिन शुरू गरेको हो। 

बाँसबारीको जग्गामा चौधरी ग्रुपले पेश गर्न सकेन हकदाबी–प्रमाण, मालपोतले गुहार्‍यो मन्त्रालय

बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपेको चौधरी ग्रुपले पछिल्लो पटक थपिएको १५ दिने म्यादभित्र पनि हकदाबीको प्रमाण पेश गर्न नसकेपछि निर्णय लिन मालपोत कार्यालयले मन्त्रालयलाई गुहारेको छ।

सहकर्मीमाथि यौन दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

निर्देशक आचार्यले बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीस्वरूप सेवाबाट बर्खास्त गर्ने निर्णय बैंकले सोमबार गरेको हो। 

उपचार अभावमा कोही मर्नु नपरोस् भनेर ल्याइएको स्वास्थ्य बीमालाई नै मार्न को लागिरहेछन्?

उपचार अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर शुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रम औषधि उत्पादकदेखि डाक्टर, अस्पताल प्रशासनदेखि फार्मेसीसम्मको चलखेलले आफैँ मृतप्रायः अवस्थामा पुग्दै छ, कसरी?

वीर अस्पतालको चिसो छिँडीमा ८ रात कुर्दा पनि उपचार नपाई फर्किनुपर्‍यो

ठूलो भवनभित्र सेता कोट लगाएर ओहोरदोहोर गरिरहेका चिकित्सकहरूलाई हेर्दै–हेर्दै धोबी परिवार आठ दिनपछि भारी निराशा बोकेर अस्पतालबाट बाहिरियो। उनीहरूले जोरपाटी पुगेर साँझ पाँच बजे मलंगवाको बस समाते। 

राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपित निर्देशकलाई सोधियो तेस्रो स्पष्टीकरण

राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेका निर्देशक थानेश्वर आचार्यलाई कारबाही गर्ने/नगर्ने निर्णयमा पुग्नुपर्ने समयमा पुनः स्पष्टीकरण मागिएपछि पीडित झनै सशंकित भएकी छन्

बालमन्दिरको जग्गामा व्यापारीको कब्जा: गैरकानूनी सम्झौता रद्द गर्न सरकारकै असहयोग

बाल संगठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा व्यापारिक घराना विशाल ग्रुपले गैरकानूनी सम्झौताका आडमा हत्याएको पुष्टि भइसक्दा पनि सम्झौता रद्द र दोषीलाई दण्डित गर्न सरकार नै असहयोगी देखिएको छ।

बाँसबारीको जग्गामा दाबी पुग्ने प्रमाण बुझाउन नसकेको चौधरी ग्रुपले मालपोतसँग माग्यो थप १५ दिन 

मालपोत कार्यालयमा पेश भएको फाइलमा सरकारको जग्गा चौधरी समूहको अधिकांश लगानी रहेको तत्कालीन ‘च्याम्पियन फुटवेयर लिमिटेड’लाई दिँदा सरकारको स्वीकृति लिएको देखिने कुनै पनि कागजात समावेश छैन।

बाँसबारी जग्गा प्रकरणको अनुसन्धानमा तानिए विनोद चौधरी 

बाँसबारीको सरकारी जग्गा हिनामिनामा सीआईबीले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी तथा सदस्यहरू वसन्त चौधरी, गंगादेवी चौधरी र महेशकुमार अग्रवाललाई अनुसन्धानको दायरामा तान्दै बयान लिने तयारी गरेको छ। 

जुद्धोदय स्कुल तहसनहस पारेर व्यापारीले ठड्याएको कम्प्लेक्सः छानबिन सकेको ७ महिनासम्म के कुरिरहेछन् बालेन?

जुद्धोदय स्कुल तहसनहस पार्ने जग्गा लिज सम्झौता र त्यसमा निर्मित कम्प्लेक्सलाई काठमाडौँ महानगरकै छानबिन समितिले गैरकानूनी ठहर गरेको सात महिना बित्यो। तर मेयर बालेन निर्णय लिन हच्किरहेका छन्।

सीजी चाँदबागले मालपोतमा बुझायो फाइल, अध्ययन गरेर प्रक्रिया अघि बढाइने

भूमिसुधार तथा मालपोत कार्यालयले २१ दिनभित्र उपस्थित हुन आग्रह गरेको अन्तिम दिन सीजी चाँदबाग रेसिडेन्सी प्रालीले आफूसँग भएका कागजात बुझाएको छ। 

धरानमा विमानस्थल बनाउने मन्त्री किरातीकाे जोडबललाई प्राधिकरणकै ‘रेड सिग्नल’

राजनीतिक लाभ र लाेकरिझ्याइँका लागि पर्यटनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल बनाउन जोडबल गरे पनि क्यानले नै त्यो सम्भव नभएको निष्कर्ष निकालेको छ।