AnonymousUser

Logout

आईसीयू बाहिर छोराको धड्कन सुनिरहेका सूर्यबहादुर

बानेश्वरको सडकमा प्रहरीले चलाएको गोली धर्मेन्द्रको फोक्सो र कलेजोमै लाग्यो। बीच सडकमा ढलेर गुहार मागिरहेका कालिकोटका उनलाई सर्लाहीका भीम यादवले उठाएर अस्पताल पुर्‍याए।

झलनाथ खनालको औषधि खोज्दाखोज्दै आगोमा परेकी थिइन् रविलक्ष्मी

सेनाले झलनाथ खनाललाई तल झार्दैगर्दा घरमा आगो सल्किसकेको थियो, रविलक्ष्मी र छोरा भित्रै थिए। खनालले उनीहरूलाई पनि बोलाए, तर त्यति नै बेला अति असुरक्षित भएको भन्दै सेनाले गाडी हुइँक्याइहाल्यो।

जेनजी आन्दोलन: निसानामा नेता र व्यापारीका घर, अझै भयभीत छिमेकी

जेनजी आन्दोलनका क्रममा देशका प्रशासकीय र प्रहरी कार्यालय, नेताका घर तथा व्यापारिक भवनसहितका संरचनामा आगजनी गर्दा सिर्जना भएको आतंकले छिमेकमा बस्ने सर्वसाधारण अझै त्रसित छन्।

खरानी र खण्डहरमा पनि आशा देखिरहेकाहरू

आगजनीबाट खण्डहर बनेका सर्वोच्च अदालत, सिंहदरबार, स्वास्थ्य मन्त्रालयलगायतमा बुधबार बिहान पुग्दा कर्मचारीहरू आशा जीवितै राखेर जलेका कागजात बटुल्दै थिए। प्रहरी त खण्डहरभित्रै बास बनाउन जुटिसकेका थिए।

जापान जाने तयारीमा थिए, एउटै खुट्टामा लाग्यो ६ गोली

विजय अधिकारी सामाजिक सञ्जालमा बालेन शाहलाई पछ्याउँथे। बालेनकै पोस्ट देखेर आन्दोलनमा गएका उनी घाइते भएर ट्रमा सेन्टरमा उपचाररत छन्। उनी भन्छन्– नेपालमा रोजगारी पाइँदैन, जाने त जापान नै हो।

पोखरा विमानस्थललाई संकट बनेको खानेपानी ट्यांकीः संस्थान क्यानको भरमा, समाधान झन् टाढा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अस्तित्वमै अवरोध बनेको ओभरहेड ट्यांकीको उचाइ घटाउने–नघटाउने निर्णय गर्न खानेपानी मन्त्रालयले निर्देशन दिए पनि संस्थान भने क्यानको प्रतिवेदनमा अल्झिएको छ।

बाल संगठनमा अर्को ‘राजनीति’, अर्बौंको सम्पत्ति हिनामिना रोक्ने विधान गृह मन्त्रालयमा अड्कियो

जग्गालगायत थुप्रै सम्पत्ति हिनामिनामा सहयोगी बनिरहेको बाल संगठनको पुरानो विधानलाई प्रतिस्थापन गर्ने पुनर्लिखित विधान प्रधानमन्त्रीको निर्देशनसमेत अटेरी गर्दै गृह मन्त्रालयले अड्काएर राखेको छ।

टीकापुरमा अर्को जग्गा काण्ड: वीरेन्द्र विद्यामन्दिरको जग्गामा बस्ती, सरकारी जमिन नै किनबेच

शैक्षिक विकासका लागि वीरेन्द्र विद्यामन्दिरलाई दिइएको ३५ बिघा जग्गा कब्जा गरेर बस्ती बसालिएको दुई दशक पुग्न लागिसकेको छ। तर यो जग्गा खालि गराउन कसैको चासो देखिँदैन।

फलोअप

टीकापुर जग्गा प्रकरणमा अख्तियारले शुरू गर्यो अनुसन्धान

माओवादी नेता–कार्यकर्ताको आडमा कब्जा गरिएको टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा सरकारी जग्गाबारे अख्तियारले अनुसन्धान अघि बढाएको छ।

कब्जामा टीकापुर क्याम्पसको ३०० बिघा सरकारी जग्गा: २० वर्षमा पनि किन सरेनन् मुक्तकमैया?

टीकापुर बहुमुखी क्याम्पसको सरकारी जग्गा कब्जा गरेका बस्तीमध्ये एउटा हो ३०० परिवार मुक्तकमैयाको शिवनगर बस्ती। उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्न र क्याम्पसको जग्गा खालि गर्न सरकार नै इच्छुक देखिँदैन।

सरकारी जग्गा कब्जा गरेर बसाइएको बस्तीमा सरकारकै खानेपानी आयोजना, धमाधम खन्याइँदै बजेट

टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा सरकारी जग्गा कब्जा गरी बसाइएका बस्तीलाई वैधता दिनेगरी खानेपानी आयोजना निर्माण गर्न संघीय सरकारले नै बजेट खन्याइरहेको छ।

३०० बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेल, अगुवाइ भूमि आयोग र नगरपालिकाकै

टीकापुर बहुमुखी क्याम्पसको सरकारी जग्गा कब्जा र एकापसमा किनबेच गरेर पक्की भवन बनाएकाहरूलाई त्यही जग्गाको लालपुर्जा दिने आश्वासनसहित भूमि आयोग र नगरपालिकाले ह्वार्ह्वार्ती निस्सा बाँडेका छन्।

टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेच काण्ड: माओवादी नेता अघिअघि

माओवादी नेताले टीकापुर क्याम्पसको सरकारी जग्गा कब्जा गरेर बसाएका बस्तीमा अहिले धमाधम जग्गा किनबेच र पक्की घरनिर्माण चलिरहेको छ। सरकारी जग्गा बेचबिखनको यो चलखेलमा को कसरी जोडिएका छन्?

नगरपालिका ‘लागेपछि’ बन्द भयो बालमन्दिर विद्यालय

बालबालिकालाई शिक्षाको व्यवस्था गर्ने अभिभावकीय जिम्मेवारीमा रहेको भक्तपुर नगरपालिकाको असहयोगले सहाराविहीन बालबालिका पढ्ने बालमन्दिर विद्यालय नै बन्द भएको छ।

बालमन्दिर जग्गा प्रकरणः तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर

महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गर्दै कार्यान्वयनका लागि आइतबार पत्र पठाएपछि आज सरकारी वकिलको कार्यालयले ६० करोडभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको हो।

बालमन्दिर जग्गा प्रकरण : तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनालाई मुद्दा चलाउने निर्णय

महान्यायाधिवक्ताको कार्यालयले नक्सालस्थित बाल संगठनको जग्गा हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ।

खेलाडीका जर्सीमै ‘कमाउ धन्दा’ चलाउने एन्फा पदाधिकारीः अख्तियारबाटै अनुसन्धान ‘सामसुम’ 

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले खेलाडीलाई जर्सी र खेल सामग्री खरिदमा गरेको आर्थिक चलखेल अनुसन्धान गर्न अख्तियारलगायतका निकायहरू नै पछि हटेका छन्। 

खेलाडीको जर्सी र प्लेइङ किटमै ‘कमाउ धन्दा’ चलाउँछन् एन्फा पदाधिकारी

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले खेलाडीका लागि जर्सी र खेल सामग्री किन्दा आपूर्तिकर्तालाई नै आफ्नो खल्ती भर्न कसरी बाध्य पार्छन्? एन्फाभित्रको बेथिति झल्काउने एउटा केस स्टडी: 

केबलकारपछि कालिञ्चोकमा अर्को विनाशः कुरीको वन क्षेत्रमा ठडिए जताततै होटल

राजनीतिक आड–संरक्षणमा व्यवसायीले वनक्षेत्र मासेर केबलकार निर्माण गरेपछि कालिञ्चोकको कुरीमा वनक्षेत्र नै ढाकिनेगरी कैयौँ होटल खुलेका छन्। व्यापारीको पहुँच बुझेका स्थानीय सरकार र वन कार्यालय चुपचाप छन्।

वन मासेर निर्माण गरिएको कालिञ्चोक केबलकारः फर्जी विवरणको आडमा आईपीओ

वन क्षेत्रमा गैरकानूनी रूपमा केबलकार निर्माण गरेको एमाले नेता बालकृष्ण सिवाकोटीलगायत समूह संलग्न कालिञ्चोक दर्शन प्रालिले धितोपत्र बोर्डमा झुटो विवरण बुझाएर सर्वसाधारणबाट समेत रकम संकलन गरेको छ।