७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको छ।

फाइल तस्वीर

काठमाडौँ- बुधबार सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा पुगेको हो। मंगलबार सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।