पुस्तकमा सेजनले विभिन्न समयमा विषयगत विशिष्टतासहित प्रकाशन गरेका अर्थमन्त्री वाग्लेका आठ वटा लेख समावेश गरेको छ।
काठमाडौँ- नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टि : समृद्धि, असमानता र सुधारका वर्षौंदेखिका बहस’ नामक पुस्तक प्रकाशन गरेको छ। उक्त पुस्तक सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा विमोचन गरेका हुन्।
पुस्तकमा सेजनले विभिन्न समयमा विषयगत विशिष्टतासहित प्रकाशन गरेका उनका आठ वटा लेख समावेश गरेको छ। विमोचन कार्यक्रममा अर्थमन्त्री वाग्लेले पुस्तकले विगतमा आर्थिक सुधारका लागि गरिएको पैरवीलाई स्मरण गराएको बताए। यसले आम सरोकारवालालाई आफ्नो दृष्टिकोण बुझ्न सहयोग पुग्ने उनको भनाइ छ।
उनले भने, ‘विगतमा उठाइएका आर्थिक सुधारका अजेन्डा यस पुस्तकमा समेटिएका छन्। पहिले विषयविज्ञका रूपमा सुधारका लागि उठाइएका धेरै कुरा सुनिएनन्। अन्ततः राजनीतिमा आएर अहिले तिनै अजेन्डा कार्यान्वयन गर्ने कार्यकारी भूमिकामा छु। यिनै दस्तावेजको आधारमा सुधारका काम अघि बढाइने हो।’
पुस्तकमा दक्षिण एसियाली देशहरू बीचको व्यापार लागत, संघीयताको आर्थिक सबलीकरणलगायतका विषय पुस्तकमा समेटिएका छन्। सेजन अध्यक्ष भगत भट्टराईले पुस्तक प्रकाशन गर्नुको मुख्य उद्देश्य वर्तमान अर्थमन्त्रीको सोच र नेपालको अर्थतन्त्रप्रतिको उनको दृष्टिकोणलाई आम नागरिक र सरोकारवालासम्म पुर्याउनु रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
