आयोगका अनुसार ५४ राजनीतिक दलले आ-आफ्नो स्वतन्त्र निर्वाचन चिह्नमा बन्दसूची पेश गरेका छन्। बाँकी १० वटा दलले भने ४ वटा एकल चुनाव चिह्न प्रयोग गर्ने गरी सूची बुझाएका छन्।
काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारहरूको बन्दसूची बुझाउने प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार कुल ६४ वटा राजनीतिक दलहरूले उम्मेदवारहरूको बन्दसूची पेश गरेका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुल ६४ दलले सूची बुझाए पनि ५८ वटा निर्वाचन चिह्नमा मात्र उम्मेदवारी परेको छ। आयोगले पुस १३ र १४ गतेका लागि बन्दसूची बुझाउने कार्यतालिका तोकेको थियो। सोमबार राति अबेर र मंगलबार बिहानसम्म गरी सबै दलले उम्मेदवारको नामावली बुझाएका हुन्।
कुल सहभागी दलहरूमध्ये ५४ वटा राजनीतिक दलले आ-आफ्नो स्वतन्त्र निर्वाचन चिह्नमा बन्दसूची पेश गरेका छन्। बाँकी १० वटा दलले भने ४ वटा एकल चुनाव चिह्न प्रयोग गर्ने गरी सूची बुझाएका छन्। नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी 'बस', राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले 'चकिया (जाँतो)', आम जनता पार्टी र जनादेश पार्टी नेपालले 'मोबाइल' र ४. सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टीले 'जगर भएको सिंह' चुनाव चिह्न रोजेका हुन्।
प्राप्त भएका बन्दसूचीका सम्बन्धमा आयोगले पुस १५ गतेदेखि २० गतेसम्म प्रारम्भिक छानबिन गर्नेछ। छानबिनका क्रममा देखिएका त्रुटिहरू सच्याउनका लागि पुस २१ देखि २७ गतेसम्मको समय दिइनेछ। आयोगले माघ ४ गते बन्दसूचीको पहिलो प्रकाशन गर्ने र माघ २० गते अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ। प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
