राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गरेको थियो।
बांग्लादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय सम्मानका साथ बुधबार अन्तिम बिदाइ गरिएको छ। राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्यो।
बांग्लादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको मंगलबार ८० वर्षको उमेरमा निधन भएको थियो। १७ करोड जनसंख्या भएको देशमा उनको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शून्यता सिर्जना गरेको बताइएको छ।
अन्त्येष्टिका क्रममा राष्ट्रिय झन्डा आधा झुकाइएको थियो। हजारौँ सुरक्षाकर्मीको उपस्थितिमा पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाडीमा राजधानीका मुख्य सडक हुँदै लगिएको थियो। सडकछेउ उभिएका सर्वसाधारणले मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए।
सेवानिवृत्त सरकारी कर्मचारी मिन्हाज उद्दीनले आफूले कहिल्यै उनलाई मत नदिए पनि तीन पटक प्रधानमन्त्री बनेकी नेतृप्रति सम्मान प्रकट गर्न आएको बताए। “म मेरो नातिसँग यहाँ आएको हुँ, एक अनुभवी राजनीतिज्ञलाई अन्तिम बिदाइ दिन, जसको योगदान सधैँ सम्झिइरहनेछौँ,” उनले भने।
शोकमग्न शर्मिना सिराजले बेगम जियालाई महिला नेतृत्वको प्रेरणाका रूपमा स्मरण गरिन्। दुई सन्तानकी आमाले बालिकाहरूको शिक्षाका लागि शुरू गरिएको स्टाइपेन्ड कार्यक्रमले छोरीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको बताइन्।
लामो समयदेखि खराब स्वास्थ्य र कारावासको पीडाका बाबजुद खालिदा जियाले फेब्रुअरी १२ मा तय भएको निर्वाचनमा पार्टीको समर्थनमा सक्रिय रहने प्रतिबद्धता जनाएकी थिइन्। उक्त निर्वाचन शेख हसिनाको सत्ता पतनपछिको पहिलो हो।
उनको नेतृत्वमा रहेको बांग्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) निर्वाचनमा अग्रस्थानमा देखिएको छ। १७ वर्षको निर्वासनपछि हालै स्वदेश फर्किएका उनका सुपुत्र तारिक रहमानलाई पार्टीले बहुमत पाए सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ।
“उहाँ अब हामीबीच हुनुहुन्न, तर उहाँको विरासत जीवित छ र बीएनपी पनि जीवित छ,” अन्त्येष्टि हेर्न परिवारसहित आएकी जेनी परवेजले भनिन्।
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्दै विस्तृत राजकीय अन्त्येष्टि आयोजना गरेको हो। संसद् भवन बाहिर ठूलो भीड जम्मा भएको थियो, जहाँ निर्धारित समयमै अन्त्येष्टि प्रार्थना सम्पन्न गरियो। युनुसले बांग्लादेशले एक महान् संरक्षक गुमाएको प्रतिक्रिया दिए।
बेगम खालिदा जियाको पार्थिव शरीर उनका दिवंगत पति, पूर्वराष्ट्रपति जियाउर रहमानसँगै दफन गरिनेछ। रहमानको सन् १९८१ मा हत्या भएको थियो।
तारिक रहमानले विज्ञप्ति जारी गर्दै देशले आफ्ना लोकतान्त्रिक आकांक्षालाई दिशा दिने मार्गदर्शक व्यक्तित्व गुमाएको बताए। उनले आमाले पटक–पटक गिरफ्तारी, उपचारमा अवरोध र निरन्तर दबाब सहनुपरे पनि साहस र दृढता कहिल्यै नटुटेको स्मरण गरे।
खालिदा जियालाई नोभेम्बर अन्त्यतिर अस्पताल भर्ना गरिएको थियो। उपचारका बाबजुद अवस्था सुधार हुन नसक्दा निधन भएको हो। यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि मात्र पार्टी कार्यकर्ताले उनको तर्फबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
