युक्रेनले ऊर्जा क्षेत्रमा भएको भ्रष्टाचारमा संलग्नताको आरोप लागेका पूर्वमन्त्री जर्मन गालुसेन्कोलाई देश छोड्ने प्रयास गरिरहेकै अवस्थामा नियन्त्रणमा लिई मनी लन्ड्रिङको अभियोगमा अनुसन्धान शुरू गरेको छ।
युक्रेनले आफ्ना पूर्वऊर्जामन्त्री जर्मन गालुसेन्कोलाई मनी लन्ड्रिङसम्बन्धी उच्च तहको अनुसन्धानमा सोमबार औपचारिक रूपमा ‘सन्दिग्ध’को सूचीमा राखिएको छ। युक्रेन छोड्ने प्रयास गरिरहेका बेला सुरक्षा निकायले उनलाई हिरासतमा लिएको केही समयपछि यो घोषणा गरिएको हो। यो घटना गत वर्षको ऊर्जा क्षेत्रमा देखिएको ठूलो भ्रष्टाचार काण्डको पछिल्लो कडी हो।
युक्रेनको राष्ट्रिय भ्रष्टाचारविरोधी ब्युरोका अनुसार गालुसेन्कोमाथि मनी लन्ड्रिङ र संगठित अपराधमा संलग्न रहेको आरोप लगाइएको छ। सन् २०२१ देखि २०२५ सम्म ऊर्जामन्त्री रहेका उनलाई दोषी ठहर गरिए युक्रेनी कानूनअनुसार १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।
अनुसन्धानकर्ताहरूका अनुसार उनको ऊर्जा पूर्वाधार सुरक्षाका लागि ठेकेदारहरूबाट एक करोड डलरभन्दा बढी ‘किकब्याक’ (अवैध कमिसन) लिएको योजनामा संलग्नता देखिएको छ। साथै, उनको परिवारसँग सम्बन्धित बैंक खातामा करिब एक करोड २० लाख डलर फेला परेको विवरण सार्वजनिक गरिएको छ। गालुसेन्कोले भने यी आरोपहरूको अदालतमा प्रतिवाद गर्ने बताएका छन्।
भ्रष्टाचारका शृंखलाबद्ध आरोपका बीच राजीनामा दिने गालुसेन्को युक्रेनको उच्च राजनीतिक व्यक्तित्व हुन्। यस योजनामा राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका नजिकका सहयोगीहरूको पनि संलग्नता रहेको आरोप लागेको छ। सन् २०१९ मा भ्रष्टाचार निर्मूल पार्ने वाचासहित सत्तामा आएका जेलेन्स्कीले रक्षा मन्त्रालयभित्रका घोटालापछि अहिले दबाबको सामना गरिरहेका छन्।
युरोपेली संघ (ईयू)ले युक्रेनलाई सदस्यताका लागि भ्रष्टाचारविरुद्ध व्यापक सुधार गर्नुपर्ने शर्त राख्दै आएको छ। गालुसेन्कोमाथिको यो अनुसन्धानले युक्रेनमा राजनीतिक पारदर्शिता कायम राख्ने चुनौतीलाई पुनः सतहमा ल्याइदिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
