सिड्नीको बोन्डी बिचमा भएको सामूहिक गोलीकाण्डका मुख्य आरोपी नविद अकरम उपचारपछि पहिलो पटक भिडियो लिंकमार्फत सुनुवाइमा सहभागी भएका छन्।
अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहुदी पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डका मुख्य आरोपी सोमबार पहिलो पटक अदालतमा उपस्थित भएका छन्। १५ जनाको ज्यान जाने गरी भएको सो भीषण आक्रमणका अभियुक्त २४ वर्षीय नविद अकरमलाई कडा सुरक्षाबीच भिडियो लिंकमार्फत सुनुवाइमा सहभागी गराइएको हो।
अस्पतालबाट डिस्चार्ज भएपछि सिड्नीबाट करिब २०० किलोमिटर टाढा रहेको उच्च सुरक्षासहितको गुलबर्न सुधार केन्द्रमा राखिएका उनलाई त्यहाँबाटै सिड्नीको डाउनिङ सेन्टर स्थानीय अदालतमा उपस्थित गराइएको थियो। उनलाई हत्या र आतङ्ककारी कार्यको अभियोग लगाइए पनि उनले हालसम्म आफू दोषी वा निर्दोष रहेकोबारे कुनै बयान दिएका छैनन्।
सोमबारको संक्षिप्त सुनुवाइ मुख्यतया ‘मौन आदेश’लाई निरन्तरता दिने विषयमा केन्द्रित थियो। यस आदेशले पीडित र जीवित बचेका व्यक्तिहरूको पहिचान गोप्य राख्न सहयोग पुर्याउनेछ। प्रतिवादी पक्षका वकिलका अनुसार अकरमको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
गत डिसेम्बर १४ मा हनुक्का उत्सवका क्रममा भएको सो आक्रमणमा अकरम आफैँ पनि घाइते भएका थिए भने प्रहरीसँगको दोहोरो मुठभेडमा उनका ५० वर्षीय पिता साजिद अकरम मारिएका थिए।
यो घटनालाई अस्ट्रेलियामा पछिल्लो २९ वर्षयताकै सबैभन्दा भीषण सामूहिक हत्या र गम्भीर आतङ्ककारी आक्रमणका रूपमा हेरिएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी, गुप्तचर निकाय र शाही आयोगसमेत सक्रिय रहेका छन्। शाही आयोगले विशेष गरी यहुदीविरोधी भावना र सुरक्षा निकायको समन्वयमा भएको कमीबारे विस्तृत अध्ययन गर्नेछ। अकरमको अर्को सुनुवाइ आगामी अप्रिल ९ मा हुने तय भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
