बाल्टिक सागरको जलस्तर एक सय वर्षयताकै न्यून विन्दुमा झरेपछि १७औँ शताब्दीमा पुलको जग बनाउन डुबाइएको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष स्टकहोममा पुनः सतहमा देखिएको छ।
बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि स्विडेनको राजधानी स्टकहोममा करिब ४०० वर्ष पुरानो नौसैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखिएको छ। १७औँ शताब्दीदेखि पानीमुनि गाडिएको यो इतिहास एकाएक उजागर भएपछि समुद्री पुरातत्त्वविद्हरूले यसलाई महत्त्वपूर्ण खोजका रूपमा लिएका छन्।
क्यास्टेलहोलमेन टापु आसपास पानीको सतह घटेसँगै जहाजको राम्रोसँग जोगिएको 'पतवार' (तल्लो भाग) फेब्रुअरीको शुरूदेखि नै देखिन थालेको हो। काठका यी संरचनाले जहाजको कंकालजस्तै स्पष्ट रूपरेखा प्रस्तुत गरेका छन्, जसले तत्कालीन जहाज निर्माण प्रविधिबारे नयाँ तथ्यहरू खुल्न सक्ने विश्वास गरिएको छ।
स्टकहोमस्थित ‘व्राक– भग्नावशेष संग्रहालय’का समुद्री पुरातत्त्वविद् जिम ह्यान्सोनका अनुसार यो जहाज स्विडेनी नौसेनाले जानाजानी डुबाएको थियो। सन् १६४० आसपास नौसैनिक सेवाबाट अवकाश पाएपछि यस जहाजलाई क्यास्टेलहोलमेन टापुमा नयाँ पुलको जग बनाउन प्रयोग गरिएको उनले बताए।
पुरातत्त्वविद्हरूले हालसम्म यस जहाजको नाम भने पत्ता लगाउन सकेका छैनन्। सो क्षेत्रमा पुल निर्माणका लागि एउटै पंक्तिमा डुबाइएका पाँच वटा भग्नावशेषमध्ये यो एउटा भएको अनुमान छ। ती सबै १६औँ शताब्दीको अन्त्यदेखि १७औँ शताब्दीको शुरू तिरका हुन्।
ह्यान्सोनका अनुसार त्यतिबेला नयाँ काठ प्रयोग गर्नुको सट्टा जहाजकै संरचना (हुल)लाई आधार बनाउनु व्यावहारिक मानिन्थ्यो। “ओक काठ अत्यन्त बलियो हुने भएकाले पुलको जगका लागि जहाजकै उपयोग गरिन्थ्यो,” उनले भने। बाल्टिक क्षेत्रमा काठ नष्ट गर्ने समुद्री कीराहरू नहुने भएकाले त्यहाँ डुबाइएका संरचना सयौँ वर्षसम्म सुरक्षित रहने उनको भनाइ छ।
यसअघि सन् २०१३ मा पनि जहाजका केही भाग देखिएका थिए। तर यसपटक बाल्टिक सागरको जलस्तर झन्डै एक सय वर्षयताकै न्यून विन्दुमा पुगेकाले भग्नावशेष पहिलेभन्दा धेरै स्पष्ट देखिएको हो।
ह्यान्सोनका अनुसार उत्तरी क्षेत्रमा लामो समयदेखि कायम उच्च वायुदबावले बाल्टिक सागरको पानी अन्यत्र धकेलिँदा जलस्तर घटेको हो। बाल्टिक सागरको फेदमा रहेका ऐतिहासिक जहाजहरू पहिचान गर्ने ‘द लस्ट नेभी’ नामक अनुसन्धान कार्यक्रमलाई यो नयाँ खोजले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
