AnonymousUser

Logout

स्थानीय सरकारमा कार्यकर्ता भर्ती गर्न ‘करार सेवा’, चार वर्षमा सकियो ३० अर्ब

करार कर्मचारीका नाममा कार्यकर्ता भर्ती गर्ने प्रवृत्ति स्थानीय तहमा मौलाएको छ। कार्यकर्ता पोस्ने यो विकृति कति डरलाग्दो छ भने, उनीहरूलाई तलबभत्ता खुवाउन राज्यकोषबाट चार वर्षमै ३० अर्ब सिध्याइएको छ।

सरकारले ‘स्क्याम’ बनाएको तारागाउँ जग्गा प्रकरण

३१ वर्षदेखि निरन्तर गिजोलिइरहेको तारागाउँ जग्गा प्रकरणको अन्तर्यमा सरकार र उसकै निकाय जोडिन्छन्। यो प्रकरण छानबिनका लागि गठित सरकारी तथा संसदीय समितिहरू ती सबैमा आँखा चिम्लिदिएका छन्।

भ्रष्टाचार मुद्दा प्रभावित गर्ने भरत थापाको दाउः निकटस्थमार्फत् आफैविरुद्ध हाल्न लगाए लेनदेन मुद्दा

अख्तियारले ५ करोडभन्दा धेरै गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित बागमती नगरपालिकाका मेयर थापाले यो मुद्दा प्रभावित गर्न कसरी फर्जी मुद्दा दायर गराइरहेका छन्?

नियमविपरीत ठडिएको मेडिसिटी अस्पतालको संरचनाः अनुमति ३०० बेडको, सञ्चालन ७५०

आफ्नो वेबसाइटमा ७५० शय्या क्षमता भएको उल्लेख गर्ने अस्पतालले ३०० शय्याको मात्र स्वीकृति पाएको छ। हेलिप्याड र मुख्य भवनको आसपास बनाइएका अरू संरचनाहरू बिनाइजाजत बनाइएको भेटिएको छ।

माओवादी नेताका आँखा लागेको मदन स्मारक स्कुलको १० रोपनी सार्वजनिक जग्गा

ऐतिहासिक धरोहरसरह रहेको मदन स्मारक स्कुलको १० रोपनी १ आना जग्गा हडप्न माओवादीका नेता र ठेकेदारले केसम्म गरे? यो जग्गा जोगाउन दुई दशक लडेका स्थानीय बासिन्दालाई सर्वोच्चको फैसलाले कसरी त्राण दिँदै छ?

सिप्रदीको व्यापारिक ‘कम्प्लेक्स’ प्रांगण जहाँबाट बग्थ्यो बल्खु खोला

सतुंगलस्थित कुनै बेला बल्खु खोला बगेको ठाउँ अहिले सिप्रदी ट्रेडिङको व्यापारिक कम्पाउन्ड कसरी बन्यो? खोलाको करिब साढे २ रोपनी जग्गा सिप्रदीले आफ्नो कम्पाउन्डमा बिलीन गराएको कथाः

उपेन्द्र महतोको मेडिकल कलेजले खोसेको माइली सर्किनीको घरजग्गा

करिब १९ रोपनी सार्वजनिक जग्गा हडपेर ठडिएको मेडिसिटी अस्पताल र त्यसको सञ्चालक अश्विन्स मेडिकल कलेजले भैँसेपाटीमा माइली सर्किनीलगायतको जग्गा पनि करकापमा पारेर आफ्नो बनायो, कसरी?

अख्तियारको निर्देशन अटेर गरेर रूप ज्योतिको अस्पतालका नाममा पास गरिएको सार्वजनिक जग्गा

अख्तियारको निर्देशन अटेर गरेर सरकारी निकाय नै मिलेमतोमा लाग्दा ललितपुरस्थित कमलपोखरीको सार्वजनिक जग्गा व्यापारी रूप ज्योतिको निजी अस्पतालका नाममा पुगेको देखिन्छ।

रूप ज्योतिको अस्पतालको स्वामित्वमा कमलपोखरीको सार्वजनिक जग्गाः भू–माफियाको चलखेलमा वडाकै ‘लाहाछाप’

ऐतिहासिक र सांस्कृतिक हिसाबले समेत महत्त्वपूर्ण ललितपुरस्थित कमलपोखरीको सार्वजनिक जग्गा व्यवसायी रूप ज्योतिको अस्पतालको स्वामित्वमा ल्याइपुर्‍याउने चलखेलमा वडा कार्यालय नै कसरी सहयोगी बनिदियो?

कमलपोखरीको २ रोपनी ११ आना सार्वजनिक जग्गाः कसरी भयो व्यापारी रूप ज्योतिको अस्पतालका नाममा दर्ता?

नापी कार्यालयको फिल्ड–बुकमा ‘कमलपोखरी’ लेखिएको ललितपुर महानगरपालिका–१३, एकान्तकुनास्थित २ रोपनी ११ आना सार्वजनिक जग्गा व्यापारी रूप ज्योति अध्यक्ष रहेको निजी अस्पतालको नाममा कसरी आइपुग्यो? 

संस्थापक शेयरधनीको ‘खेल’ले अधिकांश जलविद्युत् कम्पनीमा सर्वसाधारणको लगानी जोखिमतर्फ

नियतवश ‘ओभर कस्टिङ’ गर्ने र आईपीओ निष्काशनपछि उच्च नाफासहित शेयर बेचेर संस्थापक शेयरधनी निस्किइहाल्ने खेल मौलाउँदा अधिकांश जलविद्युत् आयोजनामा लगानी गरेका सर्वसाधारण ऋणको भारमात्र बोक्ने बाटोमा छन्।

थापाथलीको ६ रोपनी जग्गा चौधरी ग्रुपबाट जोगाउन १८ वर्षदेखि जारी लडाइँ

स्वतः सरकारी स्वामित्वमा आउने काठमाडौँको थापाथली हाइटस्थित ६ रोपनी ३ आना जग्गा हडप्न चौधरी ग्रुपले १८ वर्षदेखि निरन्तर गरिरहेको चलखेललाई क्याबिनेटदेखि राज्य–संयन्त्रहरूले नै सघाइरहेका छन्, कसरी?

कार्यकर्ता पोस्न २१ अर्ब बगाइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

पछिल्ला तीन वर्षमा शक्तिशाली र पहुँचवाला नेताहरूले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत राज्यकोषको २१ अर्ब सिध्याएका छन्। यसको अधिकांश हिस्सा कार्यकर्ता पोस्नमै खर्च भएको देखिन्छ।

१९ रोपनी सार्वजनिक जग्गा हडपेर ठड्याइएको मेडिसिटी अस्पताल

खोला, कुलो र पर्तीसमेत १९ रोपनी सार्वजनिक जग्गा हडपेर बनाइएको अश्विन्स मेडिकल कलेजमा अर्बपति व्यापारी उपेन्द्र महतो अध्यक्ष रहेको मेडिसिटी अस्पताल प्रालि सञ्चालित छ।

बाल संगठनको जग्गामा आँखा लगाएर स्थानीय सरकारले नै गरेको बलजफ्ती

धादिङबेसीमा बाल संगठनद्वारा स्थापित, संगठनकै चार रोपनी जग्गामा सञ्चालित बालमन्दिर विद्यालय संगठनलाई थाहै नदिई नगरपालिकाले किन बलपूर्वक समायोजन गरिदियो? समायोजन पछाडिको स्वार्थको चिरफार: 

पुल्चोकमा हडपिएको सार्वजनिक जग्गाः वडासचिवलाई दिइएको थियो ज्यानकै धम्की

व्यवसायी अरूण चौधरीको कम्पनी, हिमालयन इन्टरप्राइजेजको नाममा पुगेको सार्वजनिक जग्गा दर्ता गर्न नमानेका तत्कालीन वडासचिव बाबुराजा डंगोलले आफूलाई मार्ने धम्की आएपछि सर्जमिन–सिफारिस गरिदिएको खुलाएका छन्।

कारागारभित्रै हुन्छ लागुऔषध कारोबारः जेल प्रशासन, सुरक्षाकर्मी, नाइके–चौकीदार सँगसँगै

कैदीबन्दीलाई ‘सहयोग पुर्‍याउने’ उद्देश्यले कारागारभित्र नाइके, चौकीदार बनाउने अभ्यास कानूनी रूपमै स्थापित छ। तर कारागार प्रशासन र सुरक्षाकर्मीको आडमा तिनले नै अपराध–धन्दा चलाइरहेका छन्।

भरत ताल निर्माण गर्दा अनियमितता, बागमतीका नगरप्रमुख भरत थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड रुपैयाँ अनियमितता गरेको आरोपमा बागमतीका नगरप्रमुख भरत थापासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।

हडप्न खोजिएको जुद्धोदय स्कुलको जग्गा जोगाउन सर्वोच्चले गरेको फैसला

व्यापारीले हडप्न खोजेको जुद्धोदय स्कुलको जग्गा जोगाउन महानगर नै लर्खराइरहेका बेला सर्वोच्च अदालतले गरेको एउटा फैसला त्यो चलखेल निस्तेज पार्ने आधार बनेको छ।

गोदावरीको फन्टेखोला प्लटिङ प्रकरण : छानबिनबाट पन्छिँदै नगरपालिका, गुनासो गर्ने स्थानीयलाई हप्कीदप्की

फन्टेखोला पुरेर सडक बनाइ प्लटिङको अनुमति दिएको ललितपुरको गोदावरी नगरपालिकाले अख्तियारको पत्रपछि सार्वजनिक जग्गाको खोजी थाल्नुको साटो जग्गा व्यवसायीलाई नै सहज बनाइदिइरहेको छ।