AnonymousUser

Logout

जनमत पार्टीले गर्‍यो केन्द्रीय सचिवसहित ७ नेता–कार्यकर्तामाथि कारबाही

पार्टीको नीति–निर्देशन र विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरेकाले उनीहरूलाई ३ महिनाको लागि निलम्बन गरिएको हो।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

एमालेले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

जब आफ्नै सांसदले सरकारको नीति तथा कार्यक्रम असफल बनाए

नेपाली कांग्रेसले २०४८ सालको निर्वाचनमा बहुमत ल्याएपछि तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए। तर आफ्नै सांसदको असहयोगले २०५१ असार २६ गते उनी राजीनामा दिन बाध्य भए।

नेतृत्वले नै सेनामा निम्त्याएको उल्झन

एक महिनापछि सेनाको कमान्ड सम्हाल्ने जर्नेलले मिडियादेखि संसद्मा समेत जन्ममिति सच्याउन ‘किर्ते गरेको’ आरोप खेपिरहेका छन्। भावी सेनापतिलाई यो अवस्थामा पुर्‍याउन कसरी जोडिएका छन् वर्तमान प्रधानसेनापति?

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

केन्द्रमा नेपाली कांग्रेस र एमालेले नयाँ सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो। 

प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क

कांग्रेस–एमालेका सांसदले नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् भने माओवादीका सांसदले संवैधानिक प्रक्रियाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दोहोर्‍याएका छन्।

अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द अभिलेखबाट हटाउन माग

सांसद पदमबहादुर परियारले अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएका छन्। 

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

राष्ट्रियसभाको आइतबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ।

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्।

मधेशमा माओवादीसहित ४ दलका ६ मन्त्री पदमुक्त

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई पदमुक्त गरेका छन्।

जनता समाजवादी पार्टीका मन्त्रीले दिए राजीनामा

अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले शुक्रबार संयुक्त रूपमा राजीनामा दिएका छन्।

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनका निम्ति संसद् सचिवालयलाई पत्र पठाएका छन्।

सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो एमाले

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ।

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत चयन भएका छन्।

दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।

नेकपा एसको नेतृत्वमा माधवलाई घनश्यामको चुनौती

युवा पंक्तिको रोजाइमा घनश्याम भुसाल देखिए पनि एमालेबाट गरेको विद्रोहलाई वैधता दिनुपर्ने आवाज ठूलो भएकाले अहिलेकै स्थितिमा नेतृत्वमा माधव नेपाल आउने निश्चित जस्तै छ।

जनताको आवाज बोल्दा रवि लामिछानेविरुद्ध भयो: मुकुल ढकाल

रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिनका लागि पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो।

रास्वपाका महामन्त्री मुकुल ढकाल पदबाट निलम्बित

रास्वपाको अनुशासन आयोगको सिफारिसमा महामन्त्री एवं प्रवक्ता डा. ढकाललाई केन्द्रीय समितिले निलम्बन गरेको हो।

सरकारबाट बाहिरियो एमाले, प्रधानमन्त्री दाहालसमक्ष मन्त्रीहरूले बुझाए राजीनामा

सबै ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएसँगै दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ।

मुकुल ढकाललाई कारबाही गर्नुपर्ने पक्षमा रास्वपाका केन्द्रीय सदस्य

महामन्त्री ढकालले बुझाएको प्रतिवेदन ठिकै भए पनि व्यवहार गलत र गैरजिम्मेवार रहेको भन्दै सबै सदस्यले कारबाही गर्नुपर्ने अभिमत राखेका मनिष झाले बताए।