AnonymousUser

Logout

नेतृत्वको ‘भक्तिगान’मा लीन सांसद

संसद् बैठकदेखि सार्वजनिक कार्यक्रमसम्म खासगरी माओवादी, एमाले र रास्वपाका सांसद आफ्नो नेतृत्वको भक्तिगानमा लागेको सुनिन्छ। संसद्को विशेष समयमा समेत नेतृत्वको अस्वाभाविक प्रशंसा गरिरहेका हुन्छन्।

हार्वर्डमा हिँड्दाहिँड्दै प्रधानमन्त्री ओलीलाई नाम झुन्ड्याउने हतारो!

अमेरिकामा २० जनाभन्दा बढी अवैतनिक वाणिज्यदूत, पर्यटन दूत र सद्‍भावना दूत छन्। त्यही लाममा प्रधानमन्त्री ओलीले उद्घाटनको कागजी ‘ताम्रपत्र’ थप्न पाएका छन्— अर्को ‘अनररी कन्सुलेट’ खोलिदिने नाममा।

विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले डाके केन्द्रीय सुरक्षा समितिको बैठक

अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न बैठक बस्न लागेको हो।

नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल

प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताएका छन्।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्युयोर्कमा भेटवार्ता

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ।

संविधान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात् गरेको छ।

उपराष्ट्रपति कार्यालयमा कर्मचारीः स्थायी दरबन्दीभन्दा सचिवालयमा धेरै, अधिकांश फुर्सदिला

उपराष्ट्रपति कार्यालयका लागि मासिक ४५ लाख रुपैयाँ खर्च भइरहेको छ। तर राष्ट्रपति कार्यालयमा हुने सपथग्रहण र अन्य महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुनेबाहेक उपराष्ट्रपतिलाई नियमित जिम्मेवारी छैन।

रास्वपाको राष्ट्रिय भेलामा आज सांगठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ।

राष्ट्रियसभाका नवनिर्वाचित २ जना समिति सभापतिले लिए शपथ‍

विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले शपथ लिएका हुन्।

कोशी सरकारमा कांग्रेस सहभागी, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार, खगेनसिं हांगाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन तथा वन वातावरणमन्त्री नियुक्त भएका छन्। 

‘हिंसा’ शब्दको पक्षविपक्षमा बहस हुँदा प्रतिनिधिसभा बैठक स्थगित

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले बुधबारको बैठक स्थगित भएको छ।

उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानामगरलाई आफै मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

सदनमा उठ्यो उपसभामुखमाथि कारबाहीदेखि खोला किनाराका संरचनासम्मको विषय

खेलाडीलाई राज्यले संरक्षण गर्नुपर्ने र उनीहरूको जीविकोपार्जनका लागि सरकारले सहयोग गर्नुपर्ने विषय पनि प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका छन्।

लेखाजोखामा सार्वजनिक लेखा समिति

लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने भन्दै मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीले लिने अडान संसदीय भूमिकापिच्छे बदलिँदै आएकाले तीनै पार्टीले यसमा नैतिक धरातल गुमाएका छन्।

सत्तारुढ दलहरूले संविधान संशोधनको स्वीकार्यता बढाउन छलफल चलाउने

बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यसाथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए। 

‘माननीयज्यूहरू! अब सभाको कारबाही प्रारम्भ हुन्छ...’

संसद्‍मा अहिले डिजिटल हाजिरी छ तर बैठक चल्दाचल्दै टाप कस्ने सांसदको कमी छैन। आफूले बोल्ने दिन पनि पालो सकिएपछि अरूको भनाइ सुन्ने धीरता सांसदहरूसँग छैन, बैठक अन्तिमतिर पुग्दा हल रित्तो भइसक्छ।

तत्काल वामपन्थी मोर्चा नबन्ने एमालेको निष्कर्ष

नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ।

९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ रोक्ने लेखाको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी

उजुरीमा ९० रुपैयाँ नेटवर्थ कायम नहुने कम्पनीको आईपीओ निष्कासन रोक्दा‍ पुँजी पलायन हुने, ठूला लगानीकर्ताले लगानी गर्न नसक्ने र समग्र राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने उल्लेख छ।

एमबीबीएसको प्रवेश परीक्षाको नतिजाबारे छानबिन गर्न सांसदको माग

सांसदहरूले चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाको नतिजाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

भ्रष्टाचार निवारण विधेयकबाट हटाइयो ५ वर्षे हदम्यादको प्रावधान

शुक्रबार संसद्‌को राज्य व्यवस्था तथा सुशासन समिति बैठकले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई अस्वीकार गर्ने निर्णय लिएको हो।