तीन दशकदेखि कीर्तिपुर नगरपालिका क्षेत्रमा मत माग्ने हरेक उम्मेदवारले खानेपानी समस्या समाधान गर्ने वाचा गर्छन्। यस पटकको उपनिर्वाचनमा पनि कीर्तिपुरका प्रमुख पदका उम्मेदवार यही मुद्दा अघि सारिरहेका छन्।
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा विशेष बिदा या अन्य वैकल्पिक उपाय अपनाइ कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
चीन भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौताको कार्यान्वयन, प्रसारण लाइन विस्तार, नेपाली उत्पादन निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने तयारी रहेको प्रधानमन्त्रीको भनाइ छ।
प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा साइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सचेत गराएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ‘बुलडोजर बाबा’ नै भन्न थालिएको थियो। कुनै अपराधका आरोपीको घर भत्काउन डोजर पठाउने आतंक अरू प्रान्तमा पनि थियो। नेपालमा समेत लोकरिझ्याइँका लागि यही सिको गरिँदैछ।
निर्विरोध निर्वाचित भएका बाहेक अन्य ३७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।
ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरूपमा संयुक्त राष्ट्रसंघ जस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ।
पीडितले पूर्ण रूपमा न्याय पाएको अनुभूति हुने गरी संक्रमणकालीन न्यायको काम अगाडि बढाउन सरकार, सम्बद्ध पक्ष उत्तिकै जिम्मेवार हुनुपर्छ।
निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नौ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ।
आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाउन, मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरेको छ।
आयोगले मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवतजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपांगमैत्री बनाउन निर्देशन दिएको छ।
नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा एमाले, माओवादी केन्द्र, नेमकिपा, जसपा नेपाललगायतका दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ।
वन मासेर भ्रष्टाचार गरेको कसुरमा सर्वोच्च अदालतले दोषी ठहर गरेको कांग्रेसका सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह कानूनबमोजिम पार्टी सदस्य बन्नसमेत अयोग्य छन्। तर उनले पद गुमाउनु परेको छैन।
स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ।
निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।
उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ।
स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन्।
पर्यटनमन्त्री एवं कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंले आफूविरुद्ध शृंखलाबद्ध रूपमा गलत प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन्।