AnonymousUser

Logout

गण्डकी प्रदेश सांसद गौचनको निधन 

उनी डेंगी संक्रमणबाट पीडित थिइन्। तर पनि उनको मृत्युको कारण अझै खुलेको छैन। परिवारले भने हृदयघातका कारण निधन भएको अनुमान गरेको छ।

'सासू'लाई पैसा फिर्ता गरेको 'बैंक स्टेटमेन्ट'बाट देखिएपछि रोकियो धनराजलाई पक्राउ गर्ने सीआईबीको तयारी

सहकारीको रकम ठगी गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सीआईबीले पाँच घण्टा लामो बयान लिएको छ। तर, उनले आफूमाथि लागेको आरोपको इन्कार गरेका छन्। 

उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान पालना गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।

नक्कली शरणार्थी प्रकरण: बालकृष्ण खाँणका लागि सत्ता नै ‘दाहिना’, पुनरावेदनमा नजाने निर्णय

राज्यसंरक्षित मानवतस्करी, नक्कली शरणार्थी प्रकरणमा संलग्न पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गर्ने आदेशविरुद्ध पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गत फागुनमै गरेको खुलेको छ।

प्रधानमन्त्रीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिइने

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण ‘एकदम छोटो’ हुने र भ्रमणका क्रममा विगतमा भएका ‘उच्चस्तरीय समझदारी’ कार्यान्वयनमा जोड दिइने बताएका छन्।

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन्।

स्वीकृति नलिई विदेश गएको आलोचनापछि कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

बालुवाटारबाट सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गरिरहेको छ।

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मंसिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन

 नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ।

सय दिनको समीक्षा गर्दै सत्तारुढ दलले जारी गरे ७ बुँदे वक्तव्य

 शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको हो।

वडाध्यक्ष अमेरिका गएपछि स्थानीयले कार्यालयमा लगाए ताला

साकेला गाउँपालिका–४ वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म अमेरिकाबाट नफर्किएको र वडाको काम प्रभावित भएको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।

प्रमुख प्रतिपक्षसहितका दलहरूले भेटे राष्ट्रपति

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि प्रतिपक्ष दलका नेता शीतल निवास पुगेका हुन्।

राष्ट्रिय मुद्दामा एक ढिक्का हुने सत्तारुढ दलको निर्णय 

बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरूले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको छ।

संक्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ।

रवि लामिछानेमाथि कुन–कुन कसुरमा हुँदै छ अनुसन्धान? 

ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले लामिछानेलाई अझै एक महिना हिरासतमै राख्न सक्छ। सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढे हिरासत अवधि अझै लम्बिन सक्छ।

जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने विपक्षी दलको निर्णय

बैठकले बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, उपचार र पुनर्स्थापनाका बारेमा सरकारले गम्भीरताका साथ काम नगरेको निष्कर्ष निकालेको छ।

उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर मनोनयन पेश गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। 

गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीद्वारा बैठक आह्वान

मन्त्री पाण्डेले  गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरूप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन्।

पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेको एमालेको प्रस्टोक्ति

मीनबहादुर गुरुङले ‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले दान गरेको जग्गालाई स्वीकार गरेको, यसमा कुनै किसिमको सौदाबाजी र लेनादेना’ नभएको एमालेको भनाइ छ‍।

४१ पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

प्रभावित क्षेत्रमा विशेष योजनाका पुनर्निर्माण गर्ने योजनाका साथ लाग्न विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरण जारी रहेको सरकारले जनाएको छ।