राष्ट्रियसभाबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक बिनासंशोधन पारित भएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उद्योगमा बिजुली नकाटी डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम एक रुपैयाँ पनि नछाडी उठाउने बताएका छन्।
मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन्।
नीति बनाउँदा उदार, तर ठीक उल्टो व्यवहार गर्ने नेताहरूको प्रवृत्तिले राज्यका संयन्त्रमा वर्षौंदेखि जसले वर्चश्व जमाएको थियो, त्यही वर्ग र समुदायको पकड देखिएको भन्दै आलोचना हुन थालेको छ।
संविधान जारी हुनुअघिको असन्तुष्टि र आक्रोशले मधेशमा सल्काएको ‘आन्दोलनको आगो’ संविधान आइसकेपछि पनि महिनौँ बलिरह्यो। त्यसबीच देशले नाकाबन्दी बेहोर्यो। तर अन्तमा उपलब्धिबिनै आन्दोलन सेलाउन पुग्यो, कसरी?
सांसदले सूचीकृत हुन बाँकी रहेका अपांगता भएका नागरिकलाई सूचीकरण गरी संविधानको मौलिक हकमा भएको व्यवस्था अनुसारको प्रबन्ध गर्न माग गरे।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बहुमतले पारित भएको छ।
नेपालमा बारम्बार भइरहेको हवाई दुर्घटनाका सम्बन्धमा छलफल माग गर्दै रास्वपाका सांसदले संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।
ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा मंगलबार भएको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले सबै राज्यमन्त्रीलाई हटाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचनको तयारीबारे जानकारी गराएका छन्।
दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
संसद्मा सांसदहरूले बाध्यताले पनि ताली ठोक्नुपर्ने अवस्था छ। जस्तो कि नीति तथा कार्यक्रम वा बजेट पारित हुँदा सत्तापक्षका सांसदले मन नपरे पनि ताली बजाउँछन्, विपक्षी सांसद मौन बस्छन्।
भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्ने भएका छन्।
कानून समिति सभापतिसहितको टोलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था गर्न सभामुखलाई आग्रह गरेको छ।
संसदीय समितिले हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको अवस्थाबारे जाँचबुझ र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेका सांसदको समर्थनमा आइतबार मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ।
आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो।
एमालेको बिहीबारको सचिवालय बैठकले सबै नेताहरूको जिम्मेवार हेरफेर गर्दै अध्यक्ष ओलीलाई पार्टीको समग्र नेतृत्वको जिम्मेवारी दिएको छ।