AnonymousUser

Logout

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

विपक्षी दलहरूले उठाउँदै आएको कुलमान घिसिङको बर्खास्ती प्रकरणसहित चैत १५ को आन्दोलनलगायत विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

अमेरिकामा पक्राउ परेकामध्ये ४ जना भुटानी शरणार्थीलाई पारो ‘डिपोर्ट’ गरियो

दक्षिणी भुटानका नेपालीभाषी नागरिक देश निकाला गर्न थालेको र शरणार्थी समस्या शुरू भएको तीन दशकपछि पहिलोपटक भुटानले ‘आफ्नो नागरिक’ स्विकार्दै भुटान प्रवेशमा अनुमति दिएको छ। 

राष्ट्रियसभाको बैठकमा बिहीबार पनि अवरोध

राष्ट्रियसभाको बैठक शुरू भए लगत्तै विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। विरोधपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ। 

शून्य समयमा किन बेजोडले हाँसे कलबहादुर हमाल?

सभामुख नन्दा गुरुङले बोल्न समय दिएपछि सांसद कलबहादुर हमाल हाँस्न थालेका थिए। सभामा उनको हाँसोबारे अहिले पनि सोसल मिडियामा टीकाटिप्पणी भइरहेको छ।

‘मन्त्रीहरूले कानमा तेल हालेर बस्न मिल्छ?’

आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सदनमा सात दिनभित्र दिनुपर्ने व्यवस्था छ, तर जवाफ आउँदैन। मन्त्रीहरू संसद्प्रति उत्तरदायी नहुँदा सत्तापक्षकै सांसद पनि असन्तुष्ट छन्।

प्रतिपक्षद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

प्रतिपक्ष दलका सांसदहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन्।

प्रतिनिधिसभामा विपक्षी दलको अवरोध, प्रधानमन्त्रीको जवाफ माग 

माओवादीका सांसद शक्ति बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं बिचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताए। 

राजावादी नै देख्दैनन् राजतन्त्र फर्किने सम्भावना

पूर्वराजाको पक्षमा भन्दै भइरहेका गतिविधि र शक्ति प्रदर्शनबाट राजतन्त्र आउने सम्भावना राजावादीहरू नै देख्दैनन्। आन्दोलनका ‘कमान्डर’ तोकिएका नवराज सुवेदीसमेत यस्ता आन्दोलनले राजतन्त्र नफर्किने बताउँछन्।

जातीय विभेददेखि निर्माण सामग्रीको मूल्यवृद्धिसम्मका विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदले जातीय विभेदका घटना, आगलागी, बाढी पहिरोको जोखिम, निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण, कृषि मलको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

१ अर्ब राजस्व उठाउने मालपोतको भवन भूकम्पको जोखिममा

विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनर्निर्माण हुन सकेको छैन।

दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग

सांसद जीवन परियारले औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र महायज्ञका आयोजक बजरङ बाबाले दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठनको माग गरे।

२५ करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

सांसद माधव सापकोटाले काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड रुपैयाँ अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरे। 

यौन व्यवसायसम्बन्धी अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतकले मागे माफी

चैत ३ गते संसद्‌को विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। त्यसको संसद्‌भित्र र बाहिर आलोचना भएको थियो।

नेपालमा राजावादीहरू जुर्मुराउँदा भारतीय मिडिया तरंगित

पूर्वराजाको समर्थनमा काठमाडौँमा भएको प्रदर्शनपछि भारतीय मिडियाले नेपालमा राजतन्त्र फर्काउने विषयमा रिपोर्ट, बहस र विश्लेषण मात्र दिइरहेका छैनन्, लोकतन्त्र र धर्म निरपेक्षतामाथि प्रश्न पनि उठाएका छन्।

त्रिविका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचित हुनेछ। जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्।

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति सांसदहरूको असन्तुष्टि

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन भत्ता, घरभाडा, सवारी साधन, सचिवालयका लागि कर्मचारी र सहयोगी राख्नेसहितको कानूनको मस्यौदा बनिरहेको भन्ने सुन्नमा आएको भन्दै सांसदहरूले विरोध गरेका छन्।

ललितपुर महानगर र रुसको उलान उदे शहरबीच भगिनीसम्बन्ध कायम

रुसको उलान उदे शहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे शहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे।

कांग्रेसका नेताले जग्गा कब्जा गरेको आरोपपछि प्रतिनिधिसभामा सांसदको आपत्ति

नेपाली कांग्रेसका नेताले काठमाडौँको तार्केश्वरमा रहेको सरकारी जग्गा कब्जा गरेको आरोप लागेपछि कांग्रेसकै सांसदहरूले आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसद शान्ति विकले अहिलेको केही व्यक्तिले लोकतान्त्रिक गणतन्त्रलाई गलत रूपमा व्याख्या गरेको उल्लेख गर्दै विगत भइसकेको राजतन्त्र वर्तमानमा सम्भव नभएको बताइन्।

संविधानविद् भन्छन् – आयोगहरूको औचित्यबारे पुनरवलोकन गर्ने बेला भयो

आयोगमा राजनीतिक नियुक्तिबाहेक सशक्तीकरणका कार्यक्रम नहुँदा लक्षित समुदायका हक अधिकार स्थापित गर्नेक्रमा सामाजिक, शैक्षिक र आर्थिक प्रगति हासिल हुन नसकेको विज्ञहरूको भनाइ छ।