AnonymousUser

Logout

राष्ट्रियसभामा मिडिया काउन्सिल र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक पेश

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी छन्।

रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार

बैठक शुरू भएलगत्तै रास्वपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदसँग अनुरोध गरेका थिए।

संसद्‌को हिउँदे अधिवेशन शुरू हुँदै, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

दिउँसो १ बजे शुरू हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन्। 

‘कोरम’ नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित

पच्चिस सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम संख्या नपुगेपछि बैठक स्थगित भएको हो।

संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

एक थिए गज्जुबाबुः संघर्षले अर्जेको सद्‍भावना पार्टीको दुःखान्त

तराई कांग्रेसले २००८ सालमै उठाएका मधेशका मुद्दालाई गजेन्द्रनारायण सिंहले ४ दशकपछि संसद्‍ प्रवेश गराए। उनले नेपाल सद्‍भावना पार्टी खोलेर मधेशमा धेरैलाई नेता बनाए, अहिले त्यही पार्टी दृश्यबाट हराएको छ।

निर्माण सामग्रीको मूल्यवृद्धिबारे छलफल गर्न लेखा समितिले उद्योग मन्त्रालयलाई बोलायो

समितिमा परेका उजुरीको अध्ययन गर्न सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय पनि मंगलबारको लेखा समितिको बैठकले गरेको छ।

राष्ट्रपतिद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। 

स्ववियु निर्वाचन चैत ५ गते गर्ने सहमति

विद्यार्थी कल्याण परिषद् बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव पशुपति अधिकारीले जानकारी दिए।

सरकारको नियतः संसद् अधिवेशन अन्त्य गर्न हतार, बोलाउन अलमल

संसद् अधिवेशन सञ्चालन र अन्त्य गर्न सरकार निर्णायक हुन्छ। तर समयमा संसद् नबोलाउने र अध्यादेश जारी गरेर तत्काल कानून लागू गर्ने परिपाटी विगतका सरकारदेखि नै छ।

साढे ३ दशक लामो राजनीतिमा राजेन्द्र महतोको ‘यू–टर्न’

पाँच दशकअघि क्याम्पस पढ्न काठमाडौँ आएका महतोको राजनीति नेपाल सद्‍भावना पार्टीबाट करिब साढे ३ दशकअघि शुरू भयो। यति लामो मधेश केन्द्रित राजनीतिबाट उनी अब ‘बहुल राष्ट्रिय राज्य’को राजनीतितिर लागेका हुन्?

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्ध दायर रिट खारेज

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्ध दायर रिट संवैधानिक इजलासले खारेज गरेसँगै उनको सांसद पद जोगिएको छ।

कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

नेता कोइरालाको निजी सचिवालयका अनुसार मार्टिनले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताएका थिए।

संसद् अधिवेशन बोलाउन सरकारलाई संयुक्त दबाब दिने प्रतिपक्षी दलको निर्णय

सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्नेसमेत निर्णय भएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ देखि

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

नेवानिका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरेर १ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी सांसद शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ।

मितेरी सहकारी ठगी प्रकरणमा धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ

सीआईबीले ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ।

माओवादी केन्द्रीय सदस्यले फागुन १ भित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने

माओवादी केन्द्रले आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने प्रस्ताव पारित गरको छ।

एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन: अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएयता मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको तर अपेक्षित गति लिन नसकेको बताएका छन्।

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

उनीहरूबीच एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन्।