AnonymousUser

Logout

गठबन्धन पूर्ववत् सहमतिअनुसार अघि बढ्छ : राजेन्द्र लिङ्देन

बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे पनि कुराकानी भएको उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्‌देनको भनाइ छ।

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आइतबार शपथ

लुम्बिनीमा शनिबार नियुक्त भएका सात र पुस २७ गते नियुक्त भएका दुईसहित नौ जना मन्त्रीको कार्य विभाजन भएको छ।

विवेकशील साझाको अध्यक्षमा समीक्षा र महासचिवमा रन्जु सर्वसम्मत

विवेकशील साझा पार्टीको निर्वाचन समिति संयोजक केशव दाहालका अनुसार अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रन्जु दर्शना सर्वसम्मत चयन भएका छन्।

राजनीतिक चलखेलले कांग्रेस सरकार बाहिर बस्न बाध्य भयो : प्रकाशशरण महत

सरकारले जनता र देशको हितविपरीत कार्य गरेमा कांग्रेसले खबरदारी गर्ने प्रवक्ता महतको भनाइ छ।

लुम्बिनीका मन्त्री केसीको राजीनामा

मुख्यमन्त्री गिरीले मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेका बेला मन्त्रालय छनोटमा असन्तुष्टि जनाउँदै मन्त्री केसीले राजीनामा दिएकी छन्।

माओवादी केन्द्र एकता र रूपान्तरणको प्रक्रिया छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दालाई उच्च प्राथमिकता दिने बताएका छन्।

सुदूरपश्चिमबाट उदायौँ, एमालेलाई धक्का दियौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनु नै एमालेका लागि धक्काको शुरूआत भएको दाबी गरे।

भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ : प्रधानमन्त्री दाहाल

हाल प्रचलनमा रहेका भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सुधार गरी नयाँ ऐन संसद्‌बाट पारित गराउन सरकारले प्रयास गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएका छन्। 

राष्ट्रपतिको सम्बोधन इच्छापत्रजस्तो : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति भण्डारीको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताएका छन्।

फेरि उदाउने प्रयासमा विवेकशील साझा, के होला वैकल्पिक राजनीतिको भविष्य?

२०७४ सालको स्थानीय तह निर्वाचनबाट उदाएका विवेकशिल नेपाली दल र साझा पार्टी एक भएर विवेकशील साझाको जन्म भएको थियो। पछिल्लो समय छिन्नभिन्न भएका यो पार्टीका नेता महाधिवेशनबाट फेरि जोडिएका छन्।

फौजदारी अभियोग लागेका सांसद निलम्बित नहुने, सेवा सुविधा रोकिने

मस्यौदा समितिको बैठकमा फौजदारी अभियोगपत्र दायर भएदेखि अदालतले दोषी प्रमाणित नगर्ने समयसम्म आरोपित सांसदको पद कायमै राख्ने सहमति जुटेको छ।

वैकल्पिक शक्तिको अजेन्डा बोक्नेलाई स्थापित दलहरूले नै सिध्याउछन्ः सीके राउत

जनमत पार्टीका अध्यक्ष राउतले वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिएर क्रान्तिको बीजारोपण गर्न सके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे।

संघीय संसद्मा राष्ट्रपतिको सम्बोधन : संविधानले प्रत्याभूति गरेका विषय पूर्ण कार्यान्वयन हुन अझै बाँकी [पूर्णपाठ]

राष्ट्रपति भण्डारीले नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट विगतमा झैँ आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध हुने अपेक्षा गरिन्। 

संघीय संसद्मा राष्ट्रपतिको सम्बोधन : महिलाहरू अझै किन सुरक्षित महसुस गर्न सकिरहेका छैनन्?

राष्ट्रपति भण्डारीले महिलामाथि हुने सबै प्रकरणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा जोड दिइन्।

बाबुराम भट्टराई भन्छन्– राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ

नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम सरकार पतनजस्ता घटनाले देश अर्को अस्थिरताको दुश्चक्रमा फस्नलागेको भट्टराईले दाबी गरेका छन्। 

सुदूरपश्चिमबाट अस्थिर सरकारको बीजारोपण भएको हो?

अहिलेको अवस्थामा फेरबदल नभए सुदूरपश्चिममा कुनै सरकारले विश्वासको मत नपाउने र प्रदेशसभा नै विघटनसम्म पुग्न सक्ने जोखिम देखिन्छ। तर, मुख्यमन्त्री फेरिएसँगै परिस्थिति फेरिने आकलन पनि भइरहेको छ।

पार्टी भद्रगोल, कांग्रेसको ‘अर्जुनदृष्टि’ राष्ट्रपतिमा

संसद्को पहिलो दल कांग्रेस प्रमुख प्रतिपक्ष हो, तर अहिलेका सबैजसो गतिविधि सत्ताकेन्द्रित छन्। राष्ट्रपति पाउन जोडबल लगाइरहँदा बेवास्तामा परेको पार्टीको भद्रगोल अवस्थाले त्यही बताउँछ।

सुदूरपश्चिमबाट कांग्रेसको सत्ताप्रवेश, कमल शाह अल्पमत सरकारको मुख्यमन्त्री नियुक्त

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए।

अहिल्यै सरकारमा जाँदैनौ, समर्थन जारी रहन्छ : झलनाथ खनाल

नेता खनालले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीलाई सरकारका आउन गरेको आग्रहबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।

संगठन सुदृढ गर्न एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने

एमाले उममहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन गर्न लागिएको बताए।