AnonymousUser

Logout

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

महासचिव डा. बेदुराम भुसालले राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल गर्न, समसामयिक प्रस्ताव र विविध कार्यसूचीसहित बैठक आह्वान गरिएको बताए।

रवि लामिछानेविरुद्धको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

बुधबार संवैधानिक इजलासमा शुरू भएको मुद्दाको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ।

गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ हुँदै

पुस २२ गते संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो।

गण्डकीका मुख्यमन्त्री अधिकारीले गरे मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। योसँगै प्रदेशको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ।

मन्त्रिमण्डलमा बसेर संघीयताविरुद्ध बोल्नेलाई स्पष्टीकरण सोध्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा बसेर संघीयता विरोधी धारणा सार्वजनिक गर्नु कानूनी तथा नैतिक रूपमा उपयुक्त नहुने बताएका छन्।

सदनमा एमाले सांसदको आग्रह– लक्ष्मी महतोलाई अपराधीका रूपमा चर्चा नगरौँ

नेकपा (एमाले)का नेता रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गरेका छन्।

देश बचाउन कांग्रेस-कम्युनिस्ट मिल्नुको विकल्प छैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले राष्ट्र बचाउन सबै राजनीतिक दलले एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको बताएका छन्।

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

समितिलाई १५ दिनको समय दिइएको छ। सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि व्यवस्थित गर्न सक्नेछ। 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान बालुवाटार पुगेका थिए। 

बदलिँदो सुरक्षा चुनौती सामना गर्ने रणनीति बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले वर्तमान विश्व परिवेशलाई मूल्यांकन गर्दै बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न आवश्यक रणनीति बनाइ परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिए।

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता

सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ।

राष्ट्रपतिको ५ बर्से कार्यकाल पूरा भएकै दिन नयाँ राष्ट्रपति बहाली हुनुपर्ने कांग्रेसको माग

नेपाली कांग्रेस पार्टी पदाधिकारी बैठकले राष्ट्रपतिको ५ बर्से कार्यकाल पूरा भएकै दिन नयाँ राष्ट्रपति पद बहाली हुने गरी निर्वाचनको तयारी थालिनुपर्ने माग निर्वाचन आयोग र सरकार समक्ष गरेको छ।

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

श्रेष्ठले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री दाहालको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

सांसदको टिकट नपाएपछि असन्तुष्ट रहेका गजुरेललाई प्रधानमन्त्री दाहालले प्रमुख सल्लाहकार बनाएका छन्।

स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छः अर्थमन्त्री

साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताए।

प्रदेशहरू स्वायत्त हुन्, केन्द्रले हस्तक्षेप गर्दैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा कुल सांसदको १० प्रतिशत मात्र मन्त्री बन्न पाउने निर्णय गरेको बताएका छन्। 

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच समसामयिक विषयमा छलफल भएको छ। 

रास्वपाको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्।

प्रदेशको नामकरण चाँडै टुंगिन्छ : मुख्यमन्त्री कार्की

प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर टुंग्याइने बताए।

भावी कार्ययोजनाबारे छलफल गर्न माओवादीले बोलायो स्थायी कमिटी बैठक

माओवादीले पार्टीको संगठन सम्बन्धी छलफल, भावी कार्ययोजना र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।