AnonymousUser

Logout

चितवन–२ मा उपनिर्वाचन हुन्छ, अरू कुरा कानुनमा छैन : निर्वाचन आयोग

कांग्रेस नेता उमेश श्रेष्ठले आफूलाई चितवन–२ बाट स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई सघाउने भएको छ।

सरकारबारे निर्णय गर्न रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

बिहीबार बसेको रास्वपाको बैठकले माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको थियो। उक्त समय शनिबार सकिएको छ। 

राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन

संघीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

बसुन्धारामा रास्वपा केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ।

सहमति नभए बहुमतबाटै प्रदेशको नामकरण हुन्छ : मुख्यमन्त्री कार्की

प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमति नभए बहुमतबाट प्रदेशको नामकरण हुने बताएका छन्।

रास्वपासँग कुरा हुँदै छ, समस्या समाधान हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय माग गरिरहेको रास्वपासँग छलफल गरेर समस्या समाधान गर्ने बताएका छन्।

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्छौं: माओवादी केन्द्र

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने, सहमति हुन नसके विचार मिल्ने पार्टीसँग मिलेर अघि बढ्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री रावलले यही माघ २७ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने धारणा सार्वजनिक गरेपछि सरकारको स्थायित्वबारे अन्योल भएको छ।

सरकारमा बसेकाहरूबाटै संविधान र व्यवस्थामाथि खतरा छ : माधव नेपाल 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई 'वाम–दक्षिणपन्थी खिचडी गठबन्धन'को संज्ञा दिएका छन्।

प्रधानमन्त्री दाहाल भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा 

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपतिको निर्वाचनसहित समसामयिक विषयमा छलफल भएको छ।

सांसदको गिरफ्तारी सरकारलाई समर्थन गराउने षड्यन्त्र : नागरिक उन्मुक्ति

राजनीतिक सहमतिबाट समाधान भइसकेको मुद्दामा सांसद चौधरीलाई पक्राउ गरी सुदूरपश्चिम सरकारलाई विश्वासको मतका लागि दबाब दिन खोजिएको नागरिक उन्मुक्ति पार्टीको बुझाइ छ।

निर्वाचन खर्च ७ अर्ब, बाँकी रकम फिर्ता गर्ने तयारीमा छौँ : आयोग

प्रमुख निर्वाचन आयुक्त थपलियाले समानुपातिक प्रणालीतर्फको निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम भएकालाई भोट हाल्न पाउने सुनिश्चितता गर्न कानून निर्माण गरिरहेको बताए।

प्रतिनिधिसभा सदस्य अरुण चौधरी कारागार चलान

जिल्ला अदालत कैलालीले छ महिना कैद भुक्तानका लागि प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई कारागार चलान गरेको छ। 

ओली र दाहालको फोनपछि रोकियो रास्वपा, सरकारबारे निर्णय गर्न दुई दिन पर्खने

रास्वपाले गृह मन्त्रालयमा दाबी यथावत् राखे पनि यसबारे निर्णय लिन दुई दिन पर्खने निर्णय गरेको प्रवक्ता ढकालले बताए।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने 

उपमहासचिव जगन्नाथ खतिवडाले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद्का विषयलाई समेटिएको बताए।

प्रधानमन्त्रीको दाबी– रास्वपा सरकारबाट बाहिरिँदैन

प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरेका छन्।

सरकारमा रहने/नरहनेबारे छलफल गर्दै रास्वपा, बैठक जारी

सरकारमा रहने/नरहनेबारे छलफल गर्न वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ।

फैसलाको पूर्णपाठ आएको छैन, रास्वपाले धैर्य गर्नुपर्छ: माओवादी केन्द्र

माओ‌वादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले फैसलाको पूर्णपाठ नआउँदासम्म रास्वपाले धैर्य गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्य अरुण चौधरी पक्राउ

कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको छ।