AnonymousUser

Logout

मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

मानवअधिकार आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगलाई बलियो बनाउने बताएका छन्।

ओलीले आफूलाई सुपर प्रधानमन्त्री ठाने : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘सुपर प्रधानमन्त्री’ ठानेर गतिविधि गरेको बताएका छन्।

कांग्रेसको प्रश्न : यातायात मजदुरका नाममा दिनदहाडै लुटपाट गर्ने को हुन्?

यातायात मजदुरको जायज माग सम्बोधन गर्नसमेत डा. महतले सरकारसँग माग गरे। 

फागुन ५ देखि एमालेको पालिकाकेन्द्रित ‘मिसन ग्रासरुट’ अभियान : को नेता कहाँ खटिए?

एक जना केन्द्रीय सदस्यलाई तीन पालिकाको जिम्मेवारी दिइएको छ। उनीहरूले पालिकामा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्ने छन्।

अनेरास्ववियु अध्यक्षमा ४ जना आकांक्षी, बिहीबार निर्वाचन

अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ। 

४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा लिन आग्रह

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा लिन आग्रह गरेका छन्।

भित्र र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न क्रियाशील छन् : केपी ओली

एमाले अध्यक्ष ओलीले देशमा स्थिरता र स्थायित्व हुन नदिन अनेक किसिमका षड्यन्त्रहरू भइरहेको बताएका छन्।

किन आए भारतीय विदेश सचिव?

राष्ट्रपति निर्वाचनलाई लिएर वर्तमान सत्तागठबन्धनको भविष्यमाथि नै टीकाटिप्पणी भइरहँदा काठमाडौँ ओर्लिएका भारतीय विदेशसचिव र उनका उच्चस्तरीय राजनीतिक भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विवेकशील साझाको रणनीति: साना दलसँग एकता, स्वतन्त्रलाई भित्र्याउने

महाधिवेशन गरेर नयाँ नेतृत्व छानेको विवेकशील साझाले एक वर्षभित्र प्रदेश र जिल्ला अधिवेशन सक्ने योजना बनाएको छ। त्यसैगरी, साना दलसँग एकता गर्ने र स्वतन्त्र रहेकालाई पार्टीमा भित्र्याउने रणनीति लिएको छ।

रास्वपा तत्काल सरकारमा नजाने, केन्द्रीय समिति विस्तार

सत्तारूढ दलहरूले अझै सरकारमा आउन आग्रह गरिरहेको, तर पार्टीसँग भएको सहमति कार्यान्वयन नभई सरकारमा नजाने निष्कर्ष बैठकले निकालेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

बसुन्धारामा रास्वपाको केन्द्रीय समितिको बैठक

बैठकमा चितवन-२ मा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुने बताइएको छ।

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार बन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने बताएका छन्।

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरू

नेपाल-भारतका परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँस्थित होटल याक एन्ड यतीमा शुरू भएको छ।

भारतीय विदेश सचिव क्वात्रा काठमाडौँमा, के छ भ्रमण तालिका?

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका हुन्।

सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : उपप्रधानमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन्।

परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

यसअघि नेपालका लागि भारतीय राजदूत रहेका विनयमोहन क्वात्रा विदेश सचिवको भूमिकामा पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्।

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ देखि

काठमाडौँमा फागुन २ देखि ४ गतेसम्म हुन लागेको अनेरास्ववियुको महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ।

अर्थतन्त्र सुधार्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताए।

चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

सरकारले प्रणाली परिमार्जन नगर्दा राष्ट्रपतिले गाली खानुपर्‍यो : रघुजी पन्त

एमाले सांसद रघुजी पन्तले सरकारले सवारी व्यवस्थापन गर्न नसक्दा राष्ट्रपति संस्था विवादमा तानिएको भन्दै असन्तुष्टि जनाए।