AnonymousUser

Logout

थाँती रहेका विधेयक तत्काल संसद्‍मा पेस गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयक तत्काल संसद्‍मा पेस गर्न निर्देशन दिएका छन्।

पूर्वकानूनमन्त्री पौडेलको प्रस्ताव : प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने उमेर १८ वर्षमा झारौँ

पूर्वकानूनमन्त्री माधव पौडेलले युवाहरूलाई आकर्षित गर्न प्रतिनिधिसभा सदस्य बन्ने पाउने उमेर २५ बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्ने बताएका छन्।

रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई खारेज गर्नुपर्ने माग गर्दै युवराज पौडेलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने कानूनी व्यवस्था गर्दैछौँः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त थपलियाले आर्थिक रूपमा विपन्न, अशक्त भएका व्यक्तिहरूलाई उम्मेदवारी हुँदा धरौटीमा ५० प्रतिशत छुटको व्यवस्था विधेयकमा राखिएको बताए।

प्रतिनिधिसभाको शून्य समयमा सांसदले उठाए सडक स्तरोन्नतिको विषय

सांसद गगन थापाले बैंकको ऋर्णले थिचिएका साना किसानलाई नियमअनुसार पाउने अनुदान र सहुलियत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे।

रविसँगको ‘विश्वासिलो’ संगतले डीपी अर्याललाई राजनीतिमा लाभैलाभ

कुनै बेला रवि लामिछानेलाई आफ्नो व्यवसायको 'ब्रान्ड एम्बेसेडर' बनाएका अर्याल रास्वपाबाट मन्त्री भएका छन्। लामिछानेले पार्टी सभापति पद गुमाउँदा दुई दिनका लागि पार्टीको पहिलो नेता पनि भएका थिए।

सत्तारूढ दलबीच भागबन्डा नमिल्दा मधेशमा हुन सकेन मन्त्रिपरिषद् विस्तार

सबै दललाई समेटेर अगाडि बढ्न खोज्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन्।

मन्त्रालय कटौतीले उकास्ला प्रदेशहरूको गिर्दो साख?

‘झ्याल–झ्यालमा मन्त्रालय’जस्तो विकृत अभ्यासको विम्ब बनेका प्रदेश सरकारहरूले त्यसबाट पाठ सिकेरै हुनसक्छ, मन्त्रालय संख्या कटौती गर्न थालेका छन्। तर, गिर्दो साख उकास्न सुधारका धेरै काम गर्नुपर्ने छ।

गृह मन्त्रालयकै कारण गठबन्धन नटुटोस् भन्ने कोशिशमा छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने, आगामी दिनमा सल्लाहअनुसार नै अघि बढ्ने बताएका छन्।

राष्ट्रपतिमा एमालेसहितको राष्ट्रिय सहमति हुन्छ: माओवादी केन्द्र

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमाले सहितका सबै दलहरूको सहमतिका आधारमा नै राष्ट्रपतिको चयन हुने बताएका छन्।

फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय मसँगै राख्छु : प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गरेपछि गृह मन्त्रालयका विषयमा निर्णय लिने पार्टी पदाधिकारीलाई जानकारी गराएका छन्।

स्वास्थ्यमन्त्री भन्छन्- ‍गुणस्तरहीन औषधि बिक्री भएको गुनासो छ

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको बताएका छन्।

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइने

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको बताउँदै मिडियालाई सेवामूलक उद्योगको मान्यता दिने बताएका छन्।

गृह मन्त्रालयका विषयमा प्रधानमन्त्रीले स्पष्ट कुरा गर्नुभएन : रास्वपा

रास्वपा सभापति रवि लामिछानेले पुनः नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दोस्रो पटक भेटेका छन्।

सरकारको ‘नियत’प्रति सांसदहरूको सन्देह : शिक्षा विधेयक छोडेर विश्वविद्यालय विधेयक किन ल्याइयो?

सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस गरेको छ।

प्रधानमन्त्रीले रविलाई भने– तपाईंलाई मात्र होइन, तपाईंको पार्टीलाई पनि गृह मन्त्रालय दिन मिल्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासँगै जोडिएको राहदानीको विषय बाँकी नै रहेकाले रास्वपालाई गृह मन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका छन्।

आर्थिक संकट समाधानको माग गर्दै प्रधानमन्त्री दाहाललाई एकीकृत समाजवादीको ज्ञापनपत्र

मजदुर, किसान र सर्वसाधारणले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको एकीकृत समाजवादीको ज्ञापनपत्रमा उल्लेख छ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।

राष्ट्रपति पदले एमाले–माओवादी सम्बन्धमा तनाव बढ्दै, के होला निर्वाचनसम्म?

अब बन्ने राष्ट्रपतिलाई लिएर सत्तागठबन्धनका प्रमुख दुई घटक एमाले र माओवादीबीच नजानिँदो तवरले विवाद बढ्ने संकेत देखिइरहँदा एक महिनापछि हुने राष्ट्रपति निर्वाचनसम्म परिदृश्य थप रोचक बन्ने देखिन्छ।

गृह मन्त्रालय नछाड्ने ‘मूड’मा प्रधानमन्त्री, नदिए जे पनि हुनसक्छ– रास्वपा

पुन: रास्वपा सभापति भएलगत्तै आइतबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका लामिछानेले गृहमन्त्री बनाउन प्रस्ताव गरे। प्रधानमन्त्रीले केही नबोले पनि माओवादी नेताहरू सो पद रास्वपाले नपाउने बताउँछन्।