AnonymousUser

Logout

एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार

सरकार गठन गर्न समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भन्दै बैठकमा सहभागी नभएपछि मुख्यमन्त्री रावल अलपमतमा परे।

सुदूरपश्चिम प्रदेशसभाको बैठक शुरू, नागरिक उन्मुक्तिका सांसद काठमाडौँमै

नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिनुपर्ने छ।

प्रधानमन्त्री दाहालसँगको भेटपछि ओलीले भने– छलफल राम्रो भयो, सुदूरपश्चिम सरकार जोगिन्छ होला

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले छलफल गरेका छन्।

रञ्जिता श्रेष्ठले भनिन्– आत्मसमर्पण हार्नेहरूले मात्र गर्छन्

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ।

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, संगठन विस्तार कार्यक्रमबारे निर्णय गर्ने 

बिहीबार बेलुका पाँच बजे बस्ने बैठकको शुरूमै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।  

काठमाडौँको ‘राजनीतिक निर्णय’ पर्खिरहेको सुदूरपश्चिम सरकार, नभए आजै मुख्यमन्त्री पदमुक्त हुने

मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसके प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुनेछन्। 

राष्ट्रपति निर्वाचन र सुदूरपश्चिम सरकारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै 

रास्वपा सरकारबाट बाहिरिएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पहिलोपटक बस्न लागेको हो।

कार्यतालिका बनाएर सदन सञ्चालन गर्न सांसदहरू सहमत

समिति सदस्य सुवास नेम्वाङले मुख्य जिम्मेवारी कानून निर्माणमै सांसदको ध्यान केन्द्रित गर्न कार्यतालिका बनाएर संसद् चलोस् भन्ने सबैको मत आएको बताए।

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित

राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन्। 

एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्छौँ : गगन थापा

विगतका राष्ट्रपतिहरूको भूमिका ठीक नभएकाले अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ छ।

मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि राजेन्द्रसिंह रावल नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ। 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता 

भेटमा राष्ट्रपति निर्वाचन, मन्त्रीपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा  छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदै

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका माधवप्रसाद आचार्य, एमालेका कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन्। 

संसदीय समितिको नाम र कार्यक्षेत्र पुनर्संरचना गर्नुपर्ने सांसदहरूको प्रस्ताव

समितिका निर्देशन कार्यान्वयनका लागि निरन्तर निगरानी गर्ने संयन्त्रको व्यवस्था गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। 

मधेश प्रदेश : दलितको जनसंख्या सबैभन्दा बढी, सरकारमा शून्य

मधेशमा दोस्रो ठूलो जनसंख्या भएको यादव १४.७८ प्रतिशत छन्। १५ सदस्यीय मधेश सरकारमा सात यादव मन्त्री भएका छन्। जबकि, सबैभन्दा धेरै जनसंख्या भएको दलित समुदायलाई ठाउँ नै दिइएको छैन।

मधेश प्रदेशमा बन्यो १५ सदस्यीय मन्त्रिपरिषद्

माओवादीका तर्फबाट एक मन्त्री र एक राज्यमन्त्री थपिएसँगै मधेश प्रदेशको मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ।

पेट्रोलियम पदार्थ अन्वेषण गर्न ४५ रोपनी जग्गा प्राप्ति गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

बिदाहरू धेरै भए, पुनर्विचार गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे पनि थप छलफल आवश्यक रहेको बताएका छन्।

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष उर्मिला अर्याललाई शपथ गराएका छन्।

सत्ता समीकरण फेरिने चर्चा : के होला राष्ट्रपति निर्वाचनपछि?

राष्ट्रपति निर्वाचनमा ‘सहमतिको प्रयत्न गर्नुपर्ने’ माओवादी प्रस्तावसँगै तरंगित राजनीतिमा कांग्रेसले वर्तमान सत्तागठबन्धन भत्काउने र एमालेले जोगाउने प्रयत्न गरिरहँदा अबका एक महिना रोचक बन्ने देखिन्छ।