दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको एक भवनमा आज बिहान ८:४८ बजे आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको दिल्ली प्रहरीले जनाएको छ।
काठमाडाैँ– भारतको राजधानी दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको दिल्ली प्रहरीले जनाएको छ।
बीबीसी हिन्दीका अनुसार आगलागी भएको भवनमा 'फ्लोरिश स्टे बी एन्ड बी' नामक होटल र त्यसको तल 'लेमन ग्रिन' नामक रेस्टुरेन्ट थियो।
एक प्रेस विज्ञप्तिमा प्रहरीले भनेको छ, "आज बिहान ८:४८ बजे मालवीय नगरको फ्लोरिश स्टे बी एण्ड बीमा आगलागी भएको जानकारी प्राप्त भयो। जानकारी पाउने बित्तिकै स्थानीय प्रहरी कर्मचारीहरू तुरुन्तै घटनास्थलमा पुगेर उद्धार, निकासी र राहत कार्य सुरु गरिएको थियो।"
८ वटा दमकल सवारी साधनको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको दिल्ली प्रहरीले जनाएको छ। प्रहरी, अग्नि सेवा र अन्य आपतकालीन एजेन्सीहरूको समन्वयात्मक प्रयासबाट ४० भन्दा बढी मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको र उपचारको लागि नजिकैका अस्पतालहरूमा पठाइएको थियो।
"यस दु:खद घटनामा २१ जनाको मृत्यु पुष्टि भएको हामी गहिरो दुःखका साथ जानकारी गराउँछौं," विज्ञप्तिमा उल्लेख छ, "उद्धार र खोजी कार्य अझै जारी छ र प्रभावित मानिसहरूलाई सबै सम्भावित सहयोग प्रदान गर्न सबै सम्बन्धित निकायहरू घटनास्थलमा खटिएका छन्। घटनासँग सम्बन्धित थप जानकारी उपलब्ध हुने बित्तिकै समयमै साझा गरिनेछ।"
घटनामा घाइते भएकाहरूलाई साकेतस्थित म्याक्स अस्पताल लगिएको थियो। अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा ल्याइएका ३९ जनामध्ये १८ जनाको मृत्यु भइसकेको जानकारी गराएको छ।
प्रधानमन्त्री कार्यालय, दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयले मृत्यु भएकाहरूका परिवारलाई दुई ला रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
