मायादेवीका चार छोरा कामका लागि भारत गएका, अहिलेसम्म फर्किएनन्। उब्जाएको अन्नबालीले वर्षभरि खान पुग्दैन। दुःख त कति हो कति। नेता चुनाव जितेर फर्किँदैनन्, कसलाई सुनाउने हो र?
परम्परागत मतदान र मतगणना प्रक्रियाले गर्दा हरेक निर्वाचनमा लाखौँ मत बदर हुन्छ, तर नेतृत्वमा बस्नेले अविश्वास गर्दा आधुनिक प्रविधितर्फ जान सकिएको छैन।
संघीय निर्वाचनको छायामा हराएको प्रादेशिक निर्वाचन झट्ट हेर्दा प्रदेश संरचना उपेक्षित बनेको जस्तो देखाउँछ। तर, यसले संघीयता र योसँग अन्योन्याश्रित संविधानकै दिन र दशा औँल्याइरहेको छ।
गएको ८-९ महिनामा आर्थिक संकट आउँछ कि भनेर अनुमान गरेका थियौँ, त्यो आएन। सुधार हुनथाल्यो। अब निजी क्षेत्रले दबाब दियो भन्दैमा, आर्थिक स्थायित्व खलबलाउने काम गर्नुहुँदैन।
एउटै निर्वाचनले आम नेपालीका असीमित चाहना र देशका आवश्यकता पूरा गर्न सक्दैन। तर, त्यसका लागि सुधारको महत्त्वपूर्ण प्रस्थानविन्दु बन्नसक्छ।
चुनावी घोषणापत्रको मस्यौदाका क्रममा केही राजनीतिक दलका केही नयाँ अनुहारहरूले सृजनशील सोच अघि ल्याउलान् भन्ने अपेक्षा गरेको थिएँ। तर त्यस्तो देख्न पाइएन।
बेलायतले भख्खरै ४२ वर्षका प्रधानमन्त्री पाएको छ। अनि नेपालमा ५० वर्ष मुनिको नेताले प्रधानमन्त्रीमा दाबी गर्दा के अचम्म? गगनजीमा के योग्यता पुगेन, के क्षमता छैन? उहाँ प्रधानमन्त्रीलायक हो भनेको छु।
म हारेको बेला यो क्षेत्र रित्तै थियो। जतिबेला म जितेको थिएँ, केन्द्रीय सरकारको नजर थियो क्षेत्रमा, विकासको योजना काफी आएको थियो। त्यहीकारणले मलाई मत दिन्छन् भन्ने विश्वास हो।
हाम्रा साथीहरू जिल्ला–जिल्लामा पुग्नुहुन्छ। हामीसँग लावालस्कर मोटर छैनन्, सार्वजनिक सवारीसाधनमै यात्रा गर्छाैं। हामीसँग जति बजेट छ, त्यहीअनुसार काम गर्छाैँ। जति गरेका छौँ, राम्रो गरेका छौँ।
रवि लामिछानेको ‘चुनावी गति’ पछ्याउँदै चितवनबाट सप्तरी पुग्दा उनका ‘क्रेजी फ्यान’ प्रशस्तै भेटिए। प्रशंसकको शुभेच्छा मतमा बदल्ने चुनौतीबीच उनी भन्छन्– प्रतिपक्षीको भूमिकाको डेमो देखाउन चाहन्छु।
दलहरूलाई ठीक बाटोमा ल्याउन मात्र नभइ जनप्रिय तथा देशहितका कार्यक्रम र योजनाका लागि पनि दलमा नेता र संसद्मा जनप्रतिनिधि ‘रिफ्रेस’ गर्नुपर्ने भएको छ।
यसपालिको संघीय निर्वाचन कसले जित्ला? यस निर्वाचनका रोचक पक्ष के-के हुन्? हरेक निर्वाचनअघि सोधिने प्रमुख प्रश्न यिनै हुन्। यो विश्लेषणमा यही प्रश्नको उत्तर खोज्ने प्रयास गरिने छ।
वार्षिक अर्बाैं देशमा पठाएर देशको अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेल्ने नेपालीहरूलाई स्थानीय प्रादेशिक र संघीय चुनावमा मताधिकार पनि दिइनुपर्छ।
पार्टीहरूप्रतिको आक्रोशकै कारण स्वतन्त्रको लहर आउन खाेजेझैँ देखिन्छ। भेलका रूपमा आउने त्यो लहरले सडेगलेका ठुटा मुढाहरू नै ल्याउने हुन्, तर कहिलेकाहीँ बलिया मुढाहरू पनि हेलिएर आउँछन्।
लाखौं गरिब मजदुरहरूको रगत र पसिनामा उठेका हुन् लोभलाग्दा स्टेडियमहरू। फुटबलको यो महाउत्सवमा सहभागी हुँदै गर्दा हामीले पूर्वाधार बनाउने क्रममा ज्यान गुमाएका हजारौं श्रमिकहरूलाई भुल्नुहुन्न।
हामी चुनाव जितेर संसद् गइसकेपछि मुख्य मुद्दा नै टीकापुर घटनामा दोषी देखाएपछि सजाय काटिरहेका राजबन्दीहरूको रिहाइ गराउने हो। राजबन्दीकै कारण यो पार्टी निर्माण भएको हो।
लेखक तथा साहित्यकार खगेन्द्र सङ्ग्रौलाको जीवनमा आधारित पुस्तक ‘एक बागी’लाई केन्द्रमा राखेर उनको जीवन किस्सा, अनुभव एवं विचारसँगको साक्षात्कारः
समाजलाई अनुशासित र जिम्मेवार बनाउन समाज बुझ्ने र इमानदार राजनीतिक नेतृत्व हुनु आवश्यक छ। तर, प्रजातन्त्रपछिका कुनै पनि सरकार त्यसमा खरो उत्रन सकेनन् या चाहेनन्।
पितृसत्ताबाट पाएको शक्तिले श्रीमानहरू श्रीमतीले अह्राएका वा अनुरोध गरेका कुरालाई त्यति महत्त्वपूर्ण या जरुरी सोच्दैनन् र टारिरहन्छन्।
सबैजसो पार्टीका नेताहरू नकमाएको सम्पत्तिमा बाँचिरहेका छन्। यो नै आजको क्रान्तिको अवरोध हो। नकमाएको सम्पत्ति खाने यो प्रक्रियालाई ध्वस्त पार्ने पार्टीमात्रै आजको क्रान्तिकारी पार्टी हो।