AnonymousUser

Logout

विश्व नजर अड्किएका दुई युद्ध

युक्रेनी शरणार्थीलाई शरण तथा सहयोग गर्ने पश्चिमाले प्यालेस्टिनीमाथि पक्षपात गरेकै छन्, प्यालेस्टिनीलाई शरण दिने कुरामा अरब राष्ट्रहरूले समेत अग्रसरता देखाएका छैनन्।

बाँदर हाम्रा पुर्खा होइनन्, नातेदार हुन्

पृथ्वीमा जीवन आरम्भको एक अभूतपूर्व र अद्वितीय घटना घट्यो। तत्पश्चात् जे जति प्राणी अस्तित्वमा थिए वा छन्,  ती सबै त्यही आदिम पहिलो पुर्खाबाट फैलिएका हुन्।

सुकुमबासीप्रति बालेन प्रतिक्रिया र सरकारी सुस्तता

धेरैजसो शहरिया सम्भ्रान्तको बुझाइ हुने गर्छ, ‘बाहिरबाट आउनेहरूले शहर बिगारे, फोहोर पारे।’ तर त्यसो भन्नेहरू अन्ततः बाहिरबाटै आएर यहाँ शहरमा भाग्य अजमाएकाहरू हुने गर्छन्।

‘रुब गोल्डबर्ग मेसिन’मा जकडिएका जनता

अत्यन्तै सरल तरिकाले सम्पन्न गर्न सकिने कामका लागि पनि सरकार सञ्चालकहरूले थापेको जटिल यान्त्रिक संरचनामा फस्दाफस्दै पनि जनताले धैर्य गरेका छन् भने यो आँधी आउनुभन्दा पहिलेको सन्नाटा मात्र हो।

सामाजिक सद्‍भाव सहचारी हाम्रा आमाहरू

महिलाले स्कुल जाने, शास्त्र पढ्ने कुरै थिएन। छोरीहरू पढे भने बिग्रिन्छन्, गाई बहुलाउँछन्, घरमा अलच्छिन पस्छ भन्थे। तर तिनै आमाहरूको भूमिका सामाजिक सहिष्णुता र द्वन्द्व व्यवस्थापनमा प्रभावकारी थियो।

नटुवा उस्तै, चमार उकासिँदै

नटुवा समुदाय घुमन्ते/फिरन्तेमै अल्झिइरहनु र चमार, हरिजनको जीवनस्तर, आत्मविश्वासमा सुधार हुनुमा दुई कुराले काम गरेको छ। चमार, हरिजनसँग पुर्जासहितको धेरथोर जग्गा छ। घरैपिच्छेजसो वैदेशिक रोजगारीमा छन्।

गुरु गोविन्द सिंह जयन्तीमा नेपाल–सिख सम्बन्ध चर्चा

नेपाली संस्कृतिको मूल प्रवाहमा समाहित भई सिख समुदायले आफ्नो पहिचान कायम राख्न सकेका छन्। नेपाललाई यथार्थमा नै सबै जातको फूलबारी बनाउनमा सिखहरूले योगदान गरी नै रहेका छन्।

अपांगतासँग जोडिएका प्रेम, यौन र विवाह: भ्रम र यथार्थ 

अपांगता भएका व्यक्ति यौनजन्य हिंसामा पर्ने त्रास बढी हुन्छ। सोही कारण अपांगता भएका महिलालाई यौनजन्य दुर्व्यवहार गरे थप पाँच वर्ष सजायको व्यवस्था छ। धेरैजसो मान्छेले यी तथ्यबारे बुझ्ने चेष्टा गर्दैनन्।

उताको सहारा, यताका सहकारी

सहाराको व्यापारिक साम्राज्य र सुब्रत रायको शानसौकत एकै झड्कामा ढल्दा करोडौँ बचतकर्ता र लाखौँ एजेन्टको बिचल्लीका कथा हाम्रा सहकारी, यसका सञ्चालकका ठाँट तथा अन्तिममा बचतकर्ताको बिचल्लीसँग मेल खान्छ।

विपन्नलाई झनै रोगी बनाउँदै 'जंकफुड-क्यापिटलजिम्'

पसिनाको कमाइ यस्तो बजारिया र कमसल खाजामा खर्च नगर्नुहोस्, यति मूल्यमा घरमै बनाउन सकिने मकैभटमास, चिउरा, चना, बदाम र सातु अथवा फलफूल किनेर खानुहोस् भनौँजस्तो लाग्छ, तर पसले रिसाउलान् भनेर चुप लाग्छु। 

बालकुमारी घटना: जिम्मेवार तीन मन्त्रीबाटै थालियोस् कारबाही

बालकुमारी घटना हुनुमा भौतिक पूर्वाधार तथा यातायात, गृह र श्रममन्त्री तीनै जना प्रारम्भिक दृष्टिकोणमै गलत छन्। उनीहरूको गल्ती खुट्याउन कुनै आयोग वा समिति जरूरी छैन। कारबाहीको थालनी उनीहरूबाटै हुनुपर्छ।

गाँजा वैधानिकता बहस: नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन चिरफार 

गाँजाबाट मनग्य फाइदा पुग्ने भए सिधै मन्त्रिपरिषद्‌बाट ठाडो आदेशसहित गाँजा फुकुवा गरे भयो त ! गाँजा बहुउपयोगी वनस्पति हो, तर अमृत होइन। त्यसैले यसलाई केवल सीमित रूपमा वैधानिक गर्नुपर्छ।

पूर्वीय र पश्चिमा दर्शनबीचको आधारभूत अन्तरबारे स्वामी विवेकानन्द [भिडियो मन्थन शृंखला–२]

 भिडियो शृंखलाको यो दोस्रो अंकमा मैले भारतीय विचारक स्वामी विवेकानन्दले सन् १८९३ मा अमेरिकाको शिकागोमा आयोजित विश्वका धर्महरूको (सर्वधर्म) सम्मेलनमा राखेको विश्वविख्यात मन्तव्यलाई केन्द्रमा राखेको छु।

'जनताको सरकार', जनताकै छातीमा गोली?

हामीले खोजेको पनि त्यही हो। जतिसुकै ठूला र माथि ठानिएका पनि संविधान र कानूनभन्दा माथि नहुन्। यो राज्य र यहाँको न्यायप्रति भरोसा गर्ने अवस्था रहोस्। 

सोच्दा पनि कहाली लाग्छ, कति लड्नु पर्ने हो!

दलित महिला संसारकै सबैभन्दा बढी उत्पीडित समूहमा पर्छन्। दलित महिला समाजबाट त उत्पीडित छँदै छन्, आफ्नै समुदायभित्रको पितृसत्ताबाट अतिरिक्त पीडित छन्।

हाम्रो पानी: एक कहानी

२०४३ जेठमा थाइल्यान्डको राजधानी बैँककमा केही दिन कोठा भाडामा बसियो। घरधनीले सर्वप्रथम पानी प्रयोगबारे जानकारी दिइन्। एउटा धाराको पानी पिउन र खाना बनाउन र अर्को धाराको पानी नुहाइधुवाइका लागि चलाउने।

वायु प्रदूषण संकट: स्रोतमै नियन्त्रण गर्नुपर्छ

खासगरी विपन्न, बालबच्चा र वृद्धलाई साह्रै मर्का पार्ने वायु प्रदूषण ठूलो संकट हो। वायु प्रदूषणका अनेकन् आयाम भएकाले एकाध प्रयत्नभन्दा पनि सबै तहका सरकारको सक्रियता यसमा आवश्यक छ।

‘एउटा पार्टी अति प्रभावशाली हुँदा लोकतन्त्रमा संकट देखापर्छ’

पपुलिस्ट मुभमेन्टहरू पहिला पनि भएका हुन्, हराएर गएका पनि हुन्। मैले रवि लामिछानेलाई पपुलिस्ट भनिदिएँ भने उहाँले ‘म पपुलिस्ट होइन’ भन्न पनि सक्नुहुन्छ नि!

'शासक जात'कै दलबल, दलनको दलदल

बुद्ध, कबीर, अम्बेडकर र पेरियारलगायतले समेत छुवाछुतलाई नकारे, तर नेपाली र भारतीय समाज यो विभेदबाट अझै मुक्त हुन सकेको छैन। जात व्यवस्था समाजको क्यान्सर हो। मानव समुदायकै कलंक हो।

हामी किन गरिब छौँ?

खेतीयोग्य जमिन कंक्रिटले भरिँदै गएका छन्। प्रविधिको दुरुपयोग, समाजसँगको कम घुलमिल र देखासिकीले हामीलाई आर्थिक रूपमा मात्रै होइन, मानसिक रूपमै गरिब बनाउँदै लगेको छ।