AnonymousUser

Logout

संसारमा कसरी जन्मे धर्म, धर्मसत्ता र धार्मिक कट्टरता? [भिडियो मन्थन शृंखला–१]

नेपालमा खासगरी हिन्दू राष्ट्रको चर्चा तीव्र छ। तर त्यसको अग्रपंक्तिमा त्यस्ता मानिस छन् जसका कुरा समूहमा बसेर सुन्दा लाज लाग्छ। यद्यपि विचार निर्माणको नेतृत्व तिनैले गरिरहेका छन्।

नेपाल कहिले फर्किने साथी? 

विकसित देशहरू दुनियाँभर उत्पादन र सेवा बेच्छन्। हाम्रो जस्ता गरिब देशले भने मान्छे बेच्छन्, तिनै बेचिएका नागरिकको कमाइमा बाँच्छन् ती देश।

बलात्कृत बालिकामाथि अनवरत अत्याचार

कल्कीको मुद्दामा अभियुक्त शाही पुर्पक्षका लागि थुनामा जान नपर्ने हो भने अब मिहिनेत/मजदुरी गरी जीविका चलाउने परिवारका कलिला बच्ची बलात्कृत भए न्याय माग्न नगए हुन्छ।

नेपाली राजनीतिमा 'लेमन जुस' लूट

मुलुकमा भ्रष्टाचार नै एउटा त्यस्तो रसायन भएको छ, जसले विचार, सिद्धान्त, राजनीति आदिबारे आनका तान फरक धारणा भएका नेताहरूलाई पनि सँगै जोडेर राख्न सक्छ। 

सोमनाथदेखि सनातनमुनिसम्म : भारतमा नेपाली स्वामीको संघर्षको कथा

सोमनाथ वाग्ले उदासीन आश्रममा सरिक हुनु संयोग, आकस्मिकता र बाध्यता सबै थियो। सोमनाथको यही बाध्यता पछि ‘सनातनमुनि’ हुने अवसर बन्यो, जो अहिले बैंगलोरमा आश्रम चलाउँछन् र भारतभरि ख्याति कमाएका छन्।

उखु प्रतिक्विन्टल ६३५, लड्डु किलोको २ हजार!

राष्ट्रिय उपभोक्ता मञ्चका अनुसार देशभित्र उत्पादन हुने चिनीले जम्मा सात महिना मात्र धान्छ। करिब १०० लाख मेट्रिक टन चिनी विदेशबाट आयात हुने गरेको छ।

किराती कमरेड, तालीको रहरले सिध्याउँछ

ताली पाउने भोकमा ‘कमरेड किराती’ले कमल थापा, राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंजस्ता धर्मनिरपेक्षताविरोधी पात्रहरूलाई झनै सजिलो पारिदिए।

अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन समस्या हल गर्न 'सिंगल डोर'

महत्त्वाकांक्षी माफिया, व्यापारी र अभावपूर्ण जिन्दगी झेलेका कर्मचारी-प्रहरी प्रशासन र फितलो व्यवस्थापनको संगमले विमानस्थल तस्करीको जालोभित्र रहने गरेको पाइन्छ।

'राजा आऊ देश बचाऊ' नाराका कारणप्रति पनि ध्यान दिऊँ

जनआक्रोशका कारण थाहा पाउन गहन विश्लेषण गरिरहनै पर्दैन, केवल राज्यले पूरा नगरेका वाचा र असफल सपना बाँड्नेको मुहार हेरे पुग्छ। यस्ता कुराले जनतालाई आशावादी भविष्यको सपनाबाट वञ्चित गर्छ।

नेपालका कुनै पनि बाली रैथाने होइनन्

आलुका करिब चार हजार प्रजाति हालको दक्षिणी पेरु र उत्तरपश्चिम बोलिभियाको क्षेत्रमा पाइने भएकाले उक्त क्षेत्रमा आलुको उत्पत्ति भएको हो भन्ने निर्क्योल गरिएको छ। त्यहाँको रैथाने बाली आलु हो।

पाँच-दश वर्षमै देशको कायापलट सम्भव देखिन्छ

प्रवासी नेपालीको क्षमता वार्षिक करिब ६० खर्ब जीडीपी छ। ६० खर्ब रुपैयाँमा जम्मा १३/१४ खर्ब मात्रै नेपाल आएको छ।

‘महेन्द्र रहेको भए उनीबाटै जनतामा अधिकार हस्तान्तरण हुन्थ्यो’

‘महेन्द्रले भारतसँगको संवादबिना पुस १ को कदम पक्कै चालेका थिएनन्। राजीव गान्धीबाटै ‘ग्रिन सिग्नल’ आएपछि नेपालीभाषीहरूलाई भुटानबाट नेपाल खेदाइएको हो।’

राजा भनेका सिपाही पो रहेछन्!

राजाको सवारी हेर्न मामा त लेगुवाघाट नै पुगेका रहेछन्। माझीहरूले घण्टौँ लगाएर लेगुवाघाटबाट सवारी टोलीलाई अरुण नदी तारेछन्। राजाका लागि छुट्टै डुंगा। घोडाहरू चाहिँ आफैँ पौडेर नदी तर्दा रहेछन् रे।

‘महिनावारी’ बिदा, युगिन कदम

जापान, इन्डोनेसिया, स्पेन, दक्षिण कोरिया, ताइवान, भियतनाम र जाम्बियामासमेत महिनावारीको समयमा महिलालाई निश्चित दिन बिदा उपलब्ध छ।

लोकतन्त्रमा लगाउन खोजिँदै पश्चगमनको ‘ग्रहण’

नागरिकमा चुलिँदो गुनासो र असन्तुष्टि राज्य सञ्चालकहरूको रवैयाप्रति केन्द्रित छ। तर, हिजो हालीमुहाली गरेका एकथरीले यसलाई व्यवस्थाको असफलताका रूपमा स्थापित गर्ने दुष्प्रयास गरिरहेका छन्।

लैंगिक सामाजिकीकरणमार्फत विभेदको तालिम

धेरै पुरुषलाई आफू ‘पीडक हुँ’ भन्ने चेतना छैन भने कतिपय पीडित महिलालाई पनि ‘म पीडित छु’ भन्ने बोध नै छैन। अतः लैंगिक हिंसाको विषय मूल रूपमा चेतना र शिक्षा नै हो।

जानीबुझी जनता अलमल्याउने नेताको जालमा कहिलेसम्म पर्ने?

युवाको ठूलो संख्या मलेसिया र खाडीतिर पोखिइरहेका बेला बाँकी युवा पनि सरकारसिर्जित् अनेक चक्कर काट्दै बेफुर्सदी हुनु सरकारसँगै दलका नेताहरूका लागि समेत हाइसञ्चोको अवस्था हो।

‘जलवायु परिवर्तनको प्रभावले बसाइँसराइ बढायो’

'कोपमा जलवायु परिवर्तनका कारण मानिसहरूको बसाइँसराइमा के असर परिरहेको छ र यसलाई कसरी रोक्ने भन्ने विषयमा छलफल छ। समग्रमा विश्वव्यापी रूपमै बसाइँसराइ धेरै भइरहेको छ।'

भूमि अधिकार: खोजियोस् अन्तिम समाधान

आर्थिक समृद्धिमा लाग्नुपर्ने जनता अहिले पनि जमिनको लागि संघर्ष गरिरहनु लोकतान्त्रिक देशको लागि सुहाउँदो विषय होइन।

नेपालमा समाजवादी अर्थव्यवस्थाको सम्भावना र चुनौती

श्रमशक्ति बाहिरिँदै जाने, नयाँ उद्योगधन्दा नखुल्ने, भएका उद्योगसमेत बन्द हुँदै जाने तथा उत्पादनको क्षेत्र सीमित घरानियाँको कब्जामा रहने कारणले गर्दा व्यापार घाटाको रेखा बढ्दो क्रममा छ।