विद्रोही वा आन्दोलनकारीले देशमा आगो झोसे, सारा खरानी बनाए। उनको काम सकियो। अब यथार्थमा सुधार, परिवर्तन, भरोसा र जिम्मेवार नेतृत्व स्थापित गर्ने दायित्व सुविधाजनक बहुमत प्राप्त दल रास्वपाको हो।
अत्यन्तै बलशाली घोडालाई पनि सानो डोरीको सहयताले कमजोर किलामा बाँधेर सजिलै राख्न सकिन्छ, किनभने सानो उमेरमा उसलाई सानो तर बलियो डोरीले बाँधेर राखिएको स्मृति हुन्छ।
कुनै एक अछुतलाई छुत बनाउन नसकेको, छाउपडीको एउटा पनि गोठ र गरिबीका पर्खालहरू भत्काउन नसकेको सशस्त्र विद्रोहले कालिकोट र पिलिवासीलाई के दियो?
छोरी महिनावारी हुँदा मन्दिर, पूजाकोठा, भान्छाकोठा, बोटका फलफूल, पानीका मुहान आदि छुन हुन्न। किन हुन्न? त्यो त बजै, आमा, सानीमा कसैलाई पनि थाहा छैन। तर सबैलाई के थाहा छ भने यसबारे प्रश्न गर्न वर्जित छ।
आदिवासी जनजातिका नेतृत्वमा खोलिएका दलहरूमा लोकतान्त्रिक चरित्रको चरम अभाव देखिन्छ। अनेक दलमा रहेका दलित नेतृत्व नियाल्ने हो भने तिनमा पनि राजनीतिक चरित्रको अभाव छ।
राष्ट्र परिस्थितिजन्य र कतिपय प्रायोजित संकटबाट गुज्रिरहेको छ। तथापि त्यसको निकास पश्चगमन, धार्मिक राजशाही र निरंकुशता हुन सक्दैन। विकल्प गणतन्त्रभित्रै खोजिनुपर्छ।
पुष्पकमल दाहाल, माधव नेपाल र चन्दजीहरूले जवाफ दिनु पर्ने बेला आयो-भन्नुस् कमरेड, समाजवादको नाक कत्रो हुन्छ, हुनुपर्छ?