पुँजीपति वर्गको सहयोगी विचार लोकतान्त्रिक-समाजवाद हुने कुरा मार्क्सवादी-समाजवादी क्रान्ति विपरीत हो, तर यसले मार्क्सवादी पंक्तिलाई पनि प्रभावित गरिरहेको हुन्छ।
स्वतन्त्र मिडियाले विश्वभर सत्तालाई प्रश्न सोध्छन्, तर भारतीय मिडिया सत्ताको लाजमर्दो हरिकीर्तन गाइरहेका छन्। र, मिडियाको क्यामरामा मोदी स्वयं राम र हरिभन्दा उच्च स्थानमा रहेकोझैँ देखाइन्छन्।
‘दर्शकले मसला मिक्स, डाइलग, पन्चलाइन भएका फिल्म आशा गरिरहेको बेला वैकल्पिक धारका फिल्म केही ढिला गतिका हुन्छन्। ७०–८० मिनेटभन्दा लामा आर्ट मुभीले दर्शकलाई बाँधिराख्न सक्दैनन्।’
नेपाली राजनीति र समाजबाट मिडल अर्डर बिस्तारै हराइरहेको अवस्था छ र यसले भोलिका दिनमा निम्त्याउन सक्ने विचारको शून्यता डरलाग्दो छ।
राजनीतिसम्बन्धी धेरै बहस हुन्छ, व्यवस्था परिवर्तनको कुरा सधैँजसो उठ्छ, तर नेपाललाई कसरी आर्थिक रूपमा स्वतन्त्र बनाउने भन्ने विषयमा बिरलै छलफल हुन्छ।
धनकुटामा माले राजनीति शुरू भएपछि जिल्ला हेडक्वाटर महेश्वरमान सरको घर नै हुन पुग्यो। घरबेटी उहाँकै भतिजा चिरञ्जीवीमान श्रेष्ठ थिए। यो गुप्त कार्यालयमा मदन भण्डारीलगायत नेताहरूले पनि आश्रय लिएका थिए।
उमेरले ४० वर्ष कटेका विशेषज्ञ डाक्टरलाई म सोध्ने गर्छु, 'बाहिर आएर के गर्ने?' उहाँहरू भन्नु हुन्छ, 'जे पनि गर्न तयार छौँ।' अब अनुमान गरौँ, नेपालमा ‘मेडिकल ड्रेन’को कस्तो स्थिति सिर्जना भइसक्यो!
जलेश्वर बैठकपछि रास्वपा विचार, सिद्धान्त र कार्यक्रमसहितको राजनीतिक पार्टी भएको छ। जलेश्वर बैठकअघिको र पछिको रास्वपा फरक हो।
सन् २०२१ को जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशत मानिस शहरी क्षेत्रमा बसोबास गर्छन्। सो तथ्य बढाइचढाइपूर्ण हो भन्ने हाम्रो निष्कर्ष छ।
करिब ८५ हजार मानिसले भाग लिएको कोप–२८ लाई जलवायु अभियन्ताले भद्दा र अर्थहीन हरियो नाटक भनी आलोचना पनि गरेका छन्।
जंगलमा कात्तिकदेखि शुरू भएको भिडभाड पुसको उत्तरार्धदेखि घट्दै गइरहेको थियो। फागुनमा रामलाल टोड्कोबाट हराए। केही समयपछि चारकोसे झाडीकै हलखोरिया दहनेर ‘प्रकट’ भएको खबर आयो।
एकीकृत बस्ती व्यवस्थापन तथा एकीकृत सेवासुविधामा जोड दिने हो भने ग्रामीण अर्थतन्त्रका धेरै चुनौतीहरू न्यूनीकरण हुन सक्ने देखिन्छ।
सबैजसो नैतिक शिक्षाका पाठ्यपुस्तक ईश्वरको वन्दनाबाट शुरू भएबाट यस्तो लाग्थ्यो– नैतिकताका प्रकाण्ड रक्षक परमेश्वर कतै आकाशको बादलभित्र लुकेर 'अनैतिक धर्तीवासी'को चियो गरिरहेका छन्।
एउटा टोलीले वर्षभरि कुरेर प्रधानमन्त्री कप खेल्थ्यो। धेरै टिम दुई म्याच खेलेर बाहिरिन्थे। अहिले प्रधानमन्त्री कपमा एक टोलीले कम्तीमा नौ खेल खेल्न पाउँछन्। तर यति मात्र पर्याप्त छैन।
शुक्रबार र शनिबारका तीन वटै दुर्घटनामा मृत्यु हुने सर्वसाधारण भएकाले तिनको मृत्यु राज्यलाई मूल्यहीनझैँ लाग्छ। मृत्युका पछाडि कुनै भिड नभएकाले सरकारले कुनै छानबिन र राहतको घोषणा पनि गरिरहनु परेन।
बालुवाटारमा ‘रअ’ प्रमुख गोयललाई ‘गुपचुप’ भेटेझैँ यसपालि द्वारिकाज् पुगेर 'पालोक्रम'मा ओलीले जयशंकर भेटे। दोस्रो किस्तामा ओली–जयशंकरको गुपचुप १५ मिनेट भेट पनि भयो। सो भेटबारे कसैलाई अत्तोपत्तो छैन।
विचारहरूलाई ध्रुवीकरण गर्ने नाममा राजनीतिक पार्टीका नेताहरूले आफ्ना भाषणमा भड्कावपूर्ण भाषा प्रयोग गर्ने गरेका छन्। यसले विचारहरूलाई ध्रुवीकरण गर्नुको सट्टा जनस्तरमा घृणा र द्वेष बढाइरहेको छ।
करिब तीन करोड जनसंख्या भएको मुलुकमा दुई वर्षमै कुल जनसंख्याको ५.५ प्रतिशत युवाले देश छोड्नु असामान्य हो। बृहत् संकट र युद्धजस्ता विशेष अवस्थामा बाहेक यो गतिमा युवाले देश छाड्नु सामान्य होइन।
भारत निर्वासित राजेन्द्रविक्रमलाई जंगबहादुरले गरेको पदच्यूतबाट उत्साही मोहनशमशेरले राजा त्रिभुवनलाई हटाउन खोज्दा राणाशासन सकियो। २२ वर्षअघि राजा भएका ज्ञानेन्द्र महेन्द्रपथमा लाग्दा राजतन्त्र ढल्यो।
मन्थन शृंखलाको यो तेस्रो अंकमा म यी प्रश्नको जवाफ खोज्दैछु– जोसुकैले आफ्नो सुविधाअनुसार व्याख्या गर्ने गरेको सनातन हिन्दू धर्म आखिर के हो? यसका शास्त्रहरूमा के छ, के छैन? समयसँगै यो कसरी बदलिएको छ?