जब स्कुलले ‘हामी अटिजम भएको बच्चा हेर्न सक्दैनौँ’ भन्यो तब फेरि मुटु फुट्लाजस्तो भयो, गला अवरुद्ध भयो, आवाजै आएन। छोरीका बाबालाई बोलाएँ र छोरी घर फिर्ता लिएर आयौँ।
पीत पत्रकारिताको बिम्ब बनेको १२ भाइको ‘मार्केटिङ’ त रविले गज्जबले गर्दिए, जुन कलामा उनी माहिर पनि छन्। यसको उत्पत्ति कसरी भयो भन्नेचाहिँ पत्रकार बिरादरीमै धेरैलाई थाहा नहोला, अरूलाई के थाहा हुनु!
संसदीय गतिविधिमा सरकारका प्राथमिकता र पूर्वतयारीबिना खाली औपचारिकताका लागि संसद् डाक्ने अभ्यासकै निरन्तरताका रूपमा सरकारले हिउँदे अधिवेशनको आह्वान गरेको छ।
बाइबलको कथामा ईश्वरले आफ्नो शासनमा नियन्त्रण गुम्ने भयले आम मानिसको भाषा गडबड गरिदिएर सिर्जना गरिदिएको बेबलझैँ नेपाली दलहरूले पनि कहीँ बेबलका लागि पायक वातावरण तयार गर्दिइरहेका त छैनन्?
राणाशासन र पञ्चायती व्यवस्थामा राजघरानीयाँ महिला सत्तामा हालीमुहाली गर्थे, अवसर र स्रोतसाधनमा तिनकै वर्चस्व थियो। महिलाका लागि भनिने कार्यक्रम, योजना र नीतिहरू रानीका नाउँमा जारी हुन्थ्यो।
संसदीय समिति गठन गर्न सकिने विषय हाम्रो संविधानमा नै उल्लेख छ। संसदीय समितिले सदन नचलेको बेलामा पनि काम गर्न सक्ने भएकाले संसद् सधैँ चलेझैँ अनुभूति पनि दिलाउँछन्।
किसानलाई बाँदर तथा अन्य जीवको समस्या सर्वत्र छ। तर बाँदर मारेर या रुख ढालेर समस्या सुल्झिँदैन। त्यसबाट त प्राकृतिक असन्तुलन भई अझै जटिल समस्या हामीले झेल्नुपर्ने हुनसक्छ।
हिउँचितुवाले चिसो, सुख्खा, खुला वा कम बोटबिरुवा भएको भूभाग मनपराउने भएकाले उर्लाबारीको वस्तुस्थिति यी तिनै परिस्थितिसँग मेल खाँदैन। हिउँदमा केही चिसो हुने भए पनि सहजै तराई झर्यो भन्नु उपयुक्त हुँदैन।
गोड्से र गान्धीको राम कुन रोज्ने भन्ने बहस चलिरहेका बेला हामीले गान्धीको रामको कुरा गर्नुपर्छ। सर्वधर्म समभावको कुरा गर्नुपर्छ।
बिर्ता उन्मूलन ऐन, २०१६ संशोधन गरी किसानलाई आबाद कमोत (अहिलेसम्म जोतभोग गर्दै आएको)को आधारमा बिर्ता भनिएको जग्गा दर्ता गरिदिन किन नमिल्ने?
सार्वजनिक यातायातका ठेलमठेल भीडमा कोचिने अधिकांश महिलालाई सोध्ने हो भने हातमा गनिने मात्रै होलान्, जसले हिंसा नभोगेका हुन्। पीडित हुन त सार्वजनिक यातायातमा भीड पनि हुनुपर्दैन।
खारिएको अनुभव र व्यापक ज्ञान, क्षमता भएका ढुंगेलले हिमालदेखि तराईसम्म पानीको बहुप्रयोगबारे थप केही कुरा पाँचसात पृष्ठमा समेटेको भए भोलिका नीति–निर्माताका लागि राम्रै सिकाइ हुन्थ्यो।
प्राडा पाण्डेयको मूल व्यक्तित्व मार्क्सवादी समालोचक र साहित्य चिन्तकको हो। उहाँ राम्रो कवि पनि हुनुहुन्थ्यो। नेपालको मार्क्सवादी समालोचना क्षेत्रको थोरै उल्लेखनीय व्यक्तित्वहरूको लहरमा पर्नुहुन्छ।
राममाया एउटा हातमा कुचो र अर्कोमा बोरा बोकेर सरसफाइ गर्न नियमित आउँथिन्। चलाखीपूर्वक राजबन्दीको खबर परिवारतिर र परिवारको राजबन्दीतिर पुर्याउँथिन्। पहरा दिन खटिएका सिपाही उनीसँग छिल्लिएर कुरा गर्थे।
यी बहुरंगी पार्टीहरूले जनतामाथि शासन गर्ने एक मात्र उद्देश्यले चुनाव भनिने रामलीलामा ‘अनुमान चालिसा’ पढ्दै एकार्काको चर्को विरोध गर्ने गर्छन्। यस्तो कर्मकाण्डलाई घोषणा-पत्र भन्ने गरिन्छ।
विश्वका कम विकसित ११० देशमा एक अर्ब १० करोड मानिस बहुआयामिक रूपमा गरिब छन्, जसमध्ये एक तिहाइ त दक्षिण एशियामा मात्र छन्।
सांसदको मूल्यांकन जिल्लाका विकासे योजनामा पुर्याएको बजेटका आधारमा होइन, गुणस्तरीय कानून निर्माण र संसदीय निगरानीमा खेलेको भूमिकाका आधारमा हुने परिपाटी स्थापित नभएसम्म माथिल्लो सदनको आकर्षण हुँदैन।
विदेशमा भएका भौतिक विकास र प्रगतिसँग दिनदिनै साक्षात्कार गरिरहेका नेपाली आँखाले कछुवा गतिमा विकास पछ्याइरहेको नेपाललाई अविकसित र अस्तव्यस्त देख्नु अस्वाभाविक भने होइन।
प्रकाशकहरूले बुझ्नैपर्छ– अरू व्यापारमा लगानी गरेजस्तो होइन मिडिया। यसमा ‘प्यासन’ चाहिन्छ। सहीलाई सही र गलतलाई गलत भन्ने आँट चाहिन्छ। अहिले प्रकाशकहरूले यी सबै मूल्य–मान्यता अपनाउन सक्ने अवस्था छैन।
भारतसँग एक महिनाअघि भएका सम्झौताको पक्ष र विपक्षमा आवाज सुनिएकै छ। यद्यपि धेरै अपेक्षा वा उपेक्षा गरिहाल्ने समय भएको छैन। यही सन्दर्भमा इतिहासमा भएका केही सन्धि–सम्झौताका प्रभावलाई भने केलाउन सकिन्छ।