‘स्नातक सकिएपछि नेटवर्किङमा काम गर्न थालेँ। विस्तारै सेक्युरिटीतिर लागेँ। जब फाइनान्स बुझेँ त्यसपछि म राम्रो साइबर सेक्युरिटी एक्सपर्ट भएँ भन्ने लाग्छ। किनभने मैले पैसा र प्रविधिलाई जोड्न सकेँ।’
पछिल्लो तथ्यांकअनुसार देशभर ११ लाखभन्दा बढी बालबालिका (१७ वर्षमुनिका) श्रममा लाग्न बाध्य छन्। त्यसमध्ये दुई लाख २२ हजार जना देशभर जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेका छन्।
थोरै पनि सामाजिक न्याय, समाजभित्रको विपन्नता, दरिद्रता, अशिक्षा, कुपोषणबारे संवेदनशील भई दानीहरूले आफ्नो दान-प्राथमिकता बदले अवश्य नै थप पुण्य हुँदो हो।
हालसम्म विश्व इतिहासको नाममा युरोपकेन्द्रित इतिहास अनि नेपालको इतिहासको नाममा काठमाडौँको इतिहास पढाएर उमारिएको ज्ञान फेर्न इतिहासको स्थानीय अध्ययन शुरू गर्नैपर्छ।
उच्चपदस्थ राजनीतिज्ञका खानदान, परिवार, नातागोता नै संलग्न भएका भ्रष्टाचार र अपराधको माफिया शैलीको झल्को दिने जालो कसले र कसरी तोड्ने हो, नेपालीजन पर्खिरहेका छन्।
लाजै लजाउने नाटकको मञ्चन नेपाली नेताहरूले पहिला पनि गरेकै हुन्, फरक यति मात्र हो कि प्रत्येक पटक त्यसको 'डिग्री' माथि जाँदैछ।
शहीदहरूको लामो सूची प्रकाशित भइसक्दा पनि १९९९ सालको मध्यतिर राजबन्दीहरूलाई जेलबाट भगाउने र आफू पनि भाग्ने प्रयास गर्दा शासकको चरम यातनाबाट मृत्युवरण गरेका गोपी च्यामे शहीद घोषित हुन लायक भएनन्।
‘कति परिवार आफ्ना सन्तान जिउँदै छन् कि छैनन् भन्नेबारे पनि बेखबर छन्। उनीहरू आउने हुन् कि होइनन्, टुंगो छैन। धेरै श्रीमतीहरूलाई आफ्ना श्रीमान् सकुशल छन् कि छैनन् भन्ने पनि थाहा छैन।’
दशैँतिहारमा पनि घर नफर्केकाहरू गाउँमा केही छैन भन्ने भाष्य निर्माण गरिरहेका छन्। उसो त शहरको मोहले गाउँमा पाँच लाख जनसंख्या अटाउने घर खाली छन्। सुखसयलले शहरमा तान्दा गाउँ छाड्नेको लर्को पनि ठूलै छ।
इलेक्टोरल बन्डमार्फत चन्दा लिनेदिने कानून जारी भएपछि यसबाट सबैभन्दा बढी लाभ भाजपाले पाएर थप मजबुत हुँदै गएकाले पनि सरकारका आलोचक पक्षले सर्वोच्च न्यायालयको फैसलालाई जितको रूपमा लिएका छन्।
ठूला बैंक डुब्दा हुने जोखिमका विषयमा राष्ट्र बैंकले कुनै सरोकार देखाएको छैन। 'टु बिग टु फेल' नीति अख्तियार गर्दा अर्थतन्त्रले चुकाउनु पर्ने मूल्यका विषयमा राष्ट्र बैंक बेखबर छ।
एआईमा आधारित विशेष नियन्त्रित च्याटबटले सामान्य रोगबारे परामर्श दिन सक्छ। पर्याप्त चिकित्सा सुविधा नभएका दूरदराजका ग्रामीण क्षेत्रमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन यसले मद्दत गर्छ।
पुरातनवादी सोच, राजनीतिक संरक्षण त्रिवि उत्थानको मूल वाधक हो। ‘यो विश्वविद्यालय मेरो हो र मेरै सन्ततिका लागि हो’ भन्ने भावनाको विकास सुधारको मूल आधार हो।
पुँजीगत खर्चको ६० प्रतिशतभन्दा बढी रकम सामाजिक सुरक्षा योजनामा खर्चिनु ऋण गरेर घ्यु खानुसरह हो।
भारतका विपन्न १२ सय गाउँमा १०-१० करोड भारु पुग्दा त्यसबाट के–के बन्न सक्थे? कति बिरामीको उपचार हुन सक्थ्यो? कति भोका बालकको भोक मेटिन्थ्यो?
आफ्नो घरबाट कृष्णकुमार राईले ‘पोलिटिकल साइन्स’ पुस्तक लगेको पत्तो लाग्नु र उनैले निर्वाचन पनि जित्नुको कारण कर्णबहादुरले बुझे। अनि त्यही पुस्तकको कारण चुनाव हारेको सगौरव घोषणा गरेछन्।
छोरीहरू बौद्धिक रूपमा कमसल हुन्छन्, त्यसैले नेतृत्वदायी भूमिका दिनु हुँदैन भन्ने भाष्य व्याप्त छ। अर्कोतर्फ, छोराहरू बलिष्ठ हुन्छन्, उसकै नेतृत्वमा समाज अगाडि बढ्नु पर्छ भन्ने बुझाइ स्थापित गरिएको छ।
आश्वासनको पोको धेरै बाँड्ने, तर कार्यान्वयनचाहिँ भोलि भए पनि भइहाल्छ भन्ने खालको राजनीतिले तल्लो तहका मान्छेका समस्या समाधान हुन असहज रहेछ।
सीमावर्ती भारतीय प्रान्तका विकृति राजनीतिमा हुबहु अवतरित देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहालको पल्टामारी मात्रै हैन, राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।
सीमावर्ती भारतीय प्रान्तका विकृति राजनीतिमा हुबहु अवतरित देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहालको पल्टामारी मात्रै हैन, राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।