AnonymousUser

Logout

अर्को विश्व सम्भव छ : सुदूर आशा देखाउने भाग्यवादी नारा

बिगार जति यहाँ र यही विश्वमा गरेर ‘अर्को विश्व सम्भव छ’ भन्नु बेइमानी हो। विगतका अनुभव र चेतनाको विकासक्रमलाई चटक्कै बिर्साएर आगतको कल्पनामा अल्मल्याउनु हो।

एआई: कम्प्युटर र रोबोटिक्स हुँदै बढेको लोभलाग्दो विकास

अहिले विभिन्न देशमा एआईसँग सम्बन्धित नीतिगत पहल र 'इकोसिस्टम'को विकासमा तीव्र क्रियाकलाप सञ्चालन भइरहेको छ। अमेरिका, फ्रान्स, चीन, जापान, बेलायतलगायत देशले एआई रणनीति नै ल्याएका छन्।

बालकुमारी प्रकरणमा निभेको ‘ज्वाला’को नैतिकता

अहिलेसम्म चाम्रो भएर बसेका मन्त्रीबाट नैतिकता प्रदर्शनको अपेक्षा गर्न सकिएन। त्यसो हुँदाहुँदै पनि प्रधानमन्त्री पुष्पकमल दाहालले यसमा जबाफदेहिता खोजून् भन्ने अपेक्षा छ।

मनीषा कोइरालाको राष्ट्रवाद

मनीषाको राष्ट्रवाद त्यही राजशाहीवाला हो, जहाँ राजालाई बिलकुलै जनताको समस्याको बोध हुँदैन। सर्वत्र छेलोखेलो भएका शासकलाई भोकले मर्ने जनताको दुःख के थाहा?

‘हजुरबुवा र बुवाले मात्र बोलेर भाषा जोगिँदैन’

कुनै भाषा इतिहासमा धेरै शताब्दीसम्म पनि परिवर्तन भएका हुँदैनन्। भोट बर्मेली भाषामध्ये लिम्बू भाषा कम परिवर्तन भएको भाषा हो। यो भाषाको जुन पुरानो व्याकरण थियो, त्यो उनीहरूको पुर्खाको जस्तै छ।

‘झटारे उपाय’ले निस्कन्न बाँदर–मानव द्वन्द्वको समाधान

हामीलाई कस्तो समाधान चाहिएको हो र समस्या बाँदरसँग के कुरामा छ? बाँदरले बाली खाएका कारण समातेर तिनलाई जंगल र कृषिभूमिबाट निमिट्यान्न पार्न खोजेका हौँ?

जलदेवताको शरणमा

पानी नआएर पारा तातिरहेको फाफुराले जलदेवतालाई खाउँला जसरी हेरेर भन्यो, ‘संसार कहाँबाट कहाँ पुगिसक्यो। तपाईं उही दन्त्यकथाको युगमा हुनुहुन्छ। जहिले नि कुनै दाउरेले बञ्चरो हराएर मात्रै तपाईंलाई गुहार्छ?’

सुवर्णप्रभाले पाएकी थिइन् राजा गीर्वाणयुद्धको पहिलो नायबी

जेठी महारानी राजराजेश्वरीलाई ताँवापत्र गरेर नायबीको अख्तियारी दिइनुअघि नै रणबहादुर शाहले आफ्नी माहिली रानी सुवर्णप्रभालाई नाबालक राजाको नायबीको अख्तियारी दिएको लालमोहर फेला परेको छ।

पत्रकारिताले नै बचाउनेछ पत्रकारितालाई

मिडियाले के बुझ्नुपर्छ भने सबैतिर चोर औँला देखाइरहँदा बाँकी चार वटा औँलाले आफूतिर नै देखाइरहेका छन्। प्रविधिको विकास र सामाजिक सञ्जालमा मानिसको उपस्थितिसँगै यो बढ्दै जानेछ भन्ने मिडियाले बुझ्नुपर्छ।

छाउघर भत्काउन धामीलाई अघि लगाऔँ

परम्परालाई हठात् तोड्न र अन्त्य गर्न सकिँदैन, तर व्यवस्थित गर्न सकिन्छ। यसका लागि उचित पहल लिनुपर्छ। आस्थासँग सरोकार राख्ने विषयमा आस्थावान्‌लाई चोट नपुर्‍याइ सकारात्मक परिवर्तन गर्न सकिन्छ, गर्नुपर्छ

कोही किन नेपाल फर्कन्छ?

देशमै केही गर्ने अवसर हुँदा विदेशको राम्रो कमाइ र उच्च सुविधासमेत त्याग्न कतिपय तयार हुन्छन्। तर, राजनीतिक र सामाजिक वाधा अड्चन नहटेसम्म अधिकांश नेपाली युवाको पहिलो रोजाई विदेश नै रहने देखिन्छ।

तथ्यभन्दा हल्लाले बिगारेको नेपाली अर्थतन्त्र

समस्या पहिचान गर्न विभिन्न सरकारी अधिकारी र निकायबीच सहकार्य र समन्वय हुनुपर्छ, न कि एक-अर्कामा आरोप-प्रत्यारोप र वक्तव्यबाजी।

विमानस्थलमा सार्वजनिक–निजी साझेदारी ‘मोडालिटी’ किन?

पोखरा र भैरहवासमेतको अन्तर्राष्ट्रियस्तरमा ‘मार्केटिङ’ गर्दै नेपालमा विदेशी पर्यटक भित्र्याउन निजी संस्थामार्फत सजिलो हुन्छ। प्रक्रियागत झन्झटले सरकारी निकाय चुकिरहेको अवस्थामा यो तरिका सही हुने छ।

'सत्तारुढ पार्टीको सांसद भए पनि हामी विपक्षीकै भूमिकामा छौँ'

'गठबन्धन गर्नेहरूले त्यसको औचित्य पुष्टि गर्न जनताको पक्षमा काम गरेर देखाउन सक्नुपर्थ्यो। नेतृत्व अझै गठबन्धनको पक्षमा किन छ भने उनीहरूका निम्ति सत्ता नै प्रधान हो र गठबन्धन नगरी सत्तामा जान सकिँदैन।'

'गोल! गोल!'को गोलचक्कर

नेपालमा यो ‘गोल! गोल!’को गोलचक्कर संविधान निर्माणको बेलादेखि शुरू भएको हो। समाजको एउटा तप्काले ‘फाउल प्ले’ भन्दाभन्दै बहुमतीय आधारमा ‘गोल! गोल!’ भन्दै संविधान पारित गरियो।

को हुन् लिम्बू र किरात, के हो लिम्बुवान?

किरातहरू जातिवादी थिएनन्। उनीहरूमा जातीय अहंकार पनि थिएन। काठमाडौँ उपत्यकामा ३३ पुस्तासम्म शासन सञ्चालन गर्दा उनीहरूले नामको पछि जात वा थर लेखेनन्।

बेलगाम भरतपुर!

देशका अन्य ठाउँमा आधारभूत सेवाका लागि बजेट पुगेको छैन। चितवनमा भने फन्टुस काममा बजेट खन्याइएको छ। विकेन्द्रीकरणको वकालत गर्ने केन्द्रीय सत्तालाई यो मनोमानी गर्ने छुट कसरी भयो?

योजना आयोग उपाध्यक्षलाई पत्र: चुस्त र गतिशील समूहले बनाउनुपर्छ योजना

बारम्बार पूर्वअधिकारीलाई बोलाउनै पर्ने र तिनको सुझाव समेट्नै पर्ने परम्पराले नीतिगत अग्रप्रस्थान सम्भव हुन्छ? कसरी मुलुक रूपान्तर हुन्छ?

सिधै ‘अडियन्स’लाई माइक

पत्रकार साथीले ‘राजाको टिप्पणीबारे के सोच्नु भएको छ?’ भनेर सोधे। मैले भनेँ, ‘मेरो दिमागमा त जंगली हात्ती आइरहेको छ, निलगाई आइरहेको छ।’

सडकमा व्यवसाय गर्न कानून बाधक छ?

सडक व्यवसायलाई फोहोर फाल्ने धन्दाका रूपमा मात्रै चिनेको देखिन्छ। त्यसो हुनु दुर्भाग्यपूर्ण हो, किनकि उनीहरूको भूमिका हाम्रो सामाजिक तथा अर्थतन्त्रको दृष्टिकोणबाट बहुआयामिक देखिन्छ।