रामदेवहरू धार्मिकता(पवित्रता)को फाइदा उठाउँछन्, आफूलाई आलोचनाभन्दा माथि रहेको ठान्छन्। रोग र औषधिको मनलागी व्याख्या गर्छन्। कुनै बेला रामदेव आफूसँग क्यान्सर र एड्सको समेत उपचार रहेको दाबी गर्थे।
अर्थतन्त्रका तीनवटै खम्बा धरमराएको यो समयमा सरकारले लगानी सम्मेलनको आयोजना गर्दै छ। विगतको तथ्यांक हेर्दा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था टिठलाग्दो छ।
‘मेरो अनुभव र ज्ञानले गर्दा उनीहरूले मलाई एनालग एस्ट्रोनटमा छनोट गरे होलान्। त्यहाँ कमाण्डरको भूमिका पनि दिए। मसँग चारजना ‘क्रु मेम्बर’ थिए। तालिमपछि अन्तरिक्षयात्रीबारे धेरै कुरा थाहा भयो।’
'नेपालको सन्दर्भमा तीन हजार मिटरमाथि हावापानी र जलमापन गर्ने स्टेसन एकदमै कम छन्। जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी प्रभावित छ। तर हामी त्यसलाई प्रमाणित गर्न सक्दैनौँ।'
राष्ट्रपतिजस्तो देशको सर्वोच्च पदमा आसीन व्यक्तिसमेत तिनकै 'पूर्वपार्टी'प्रति बफादार भए। प्रधानमन्त्री त देशको भएनन्-भएनन्, एउटा दलको पनि खास समूहको 'पेवा नेता' बने।
इरानले निकै धैर्य गरेर युद्धको दायरा फराकिलो नबनाउन कोशिश गरिरहेको देखिन्छ। तर इजरायलले लगातार गरिरहेको उत्तेजनात्मक कारबाहीको सन्दर्भमा कतिन्जेलसम्म उसले संयम कायम राख्न सक्ला भन्न सकिँदैन।
सुमनाले उतिखेर भनेकी थिइन्, “गुनासो र निराशाको कुरा गर्ने हो भने अहिले आम जनताले नेतालाई गाली गर्न पनि अल्छी मान्न थाले, अब पनि राम्रो गर्ने कोशिश गरिएन भने त के राजनीति गर्नु?”
यो भूगोलमा राष्ट्रिय पहिचानका दुई ठूला आन्दोलन छन्। पहिलो, स्वशासनयुक्त लिम्बुवानको राजनीतिक आन्दोलन। दोस्रो, सभ्यतासँग जोडिएको किरात पहिचानको आन्दोलन। अहिले दुवै आन्दोलन एकाकार भएका छन्।
यो साल फलानो काम सम्पन्न गरिछाड्छु या फलानो खराब आदत छाड्नेछु भन्ने वाचा या प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा पनि कतिपयले नयाँ साललाई लिन्छन्।
संसद्मा कांग्रेस र सडकमा राप्रपाले लखेटेको रास्वपा र गृहमन्त्री रवि लामिछाने बोकेर एमाले र माओवादीले कति दिन आफ्नो थाप्लोमा बदमासीको ‘सेल्टर’ दिइरहलान्।
कोही सीसी क्यामरा देख्नासाथै कमिजको फेर समातेर भागिरहेका छन्, कोही ‘हिमालयन रिजर्भ’ नाम सम्झेरै कम्पित छन्। कोही ७० करोडको ह्यास–ट्यागमा भगौडा बनिरहेका छन्।
अहिले सरकारका उपप्रधानमन्त्री रहेका दुई नेताको किचलो नारायणकाजी गृहमन्त्री अनि रवि विपक्षमा रहेका बेला राज्यव्यवस्था तथा सुशासन समितिमा भएको नोकझोकपछि छताछुल्लै भएको थियो।
‘विधिको शासन अन्त्य हुनु भनेको बलियोले निर्धालाई सिध्याउनु हो। संघ सरकारले स्थानीय तहको कर्तव्यलाई आफ्नो ठान्नु भएन। संघको कर्तव्यलाई स्थानीय तहले पनि आफ्नो ठान्नु हुँदैन।’
स्वदेशमै खपत भइरहेका कतिपय उत्पादनले समयसापेक्ष ‘लेबलिङ’ र ‘ब्रान्डिङ’ गर्न नसक्दा आयातित वस्तुले तिनलाई विस्थापित गर्दै लागेको छ। उत्पादनले उचित मूल्य पाउन सकेको छैन।
यन्त्रमा मान्छेकोझैँ दिमाग, चेतना र मानसिक अवस्था विद्यमान हुन सक्छन् त? भन्ने नै मुख्य दार्शनिक प्रश्न हो। यो अन्य दिमागी र चेतनाको कठोर समस्यासँग सम्बन्धित छ।
जंगलमा बस्ने बाघको नाममा चर्चा र पुरस्कार लिइरहँदा अनुचित रूपमा थुनिएका र दुर्व्यवहार गरिएका बाघ र अन्य जनावरबारे स्रोतसाधन सम्पन्न संस्थाहरूले बोल्नुपर्छ।
संसारका सबै लोकतान्त्रिक देशमा नागरिकले भेला भएर सत्ताप्रति आक्रोश पोख्ने र खबरदारी गर्ने साझा ठाउँ औपचारिक र अनौपचारिक रूपमा बनाएका/बनेका हुन्छन्।
को हुन् पृथ्वी विनाश गर्ने पर्या–खलपात्र (इको–भिलेन)? निश्चित रूपमा स्वतन्त्रता र नवउदारवादको जामा पहिरिएको पुँजीवादी उत्पादन प्रणाली, फोसिल फ्युल उत्पादक र सीमित खरबपति।
मुद्दा दायर गर्ने अख्तियारप्रमुख राईले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको रूपमा विमान खरिदका लागि उपसमिति गठन गरेका थिए।
ह्विस्कीका धेरै प्रकार भए पनि सिंगल मल्टको विशेष स्थान छ। अरू ह्विस्की विभिन्न ठाउँमा बनाएर मिसाइन्छन् भने सिंगल मल्ट एउटै ठाउँ र अझ एउटै फ्याक्ट्रीबाट बनाइएको हुन्छ।