प्रदूषणको स्तर उच्च रहने बेला, खासगरी बिहान आठ, साढे आठ बजेसम्म शारीरिक व्यायाम, हिँडाइ, दौड, खेल तथा अन्य बल प्रयोग हुने/ बढी श्वासप्रश्वास गर्नुपर्ने प्रकृतिका कार्य नगर्दा नै राम्रो हुन्छ।
‘गोर्खाहरूलाई न्याय नदिने गोर्खा नै हो कि केन्द्र सरकार? केन्द्र सरकार हो भने उसलाई कालो झन्डा नदेखाएर केको दार्जिलिङकै जनतालाई पो उल्लु बनाइ राखेको?’
एउटा पक्की पर्खालभित्रको पक्की घरअगाडि भक्सवागन कार छ। फोटो खिचेँ। दशकअघि त भक्सवागनको ठाउँमा भैँसीले गोब्य्राउँथ्यो होला भनेर सोचेँ। घरभित्र पसेर कुराकानी गरेको भए शायद निराशै सुनिन्थे होलान्।
कुनै दलको ‘ट्याग’बिना बाँच्न नसक्ने महसुस गरेर नै धेरै मान्छे पार्टीका ‘झोले’ हुने गरेका छन्। जुनसुकै दलको शासनमा पनि स्वतन्त्र र निर्भीक न्यायालय कायम राख्न सकियो भने लोकतन्त्र साँच्चै बलियो हुनेछ।
कीर्तिपुरको मेयरमा नौ दलसहित ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। सडक सुधार, सर्वसुलभ स्वास्थ्य, संस्थागत भ्रष्टाचार अन्त्यसहितका चुनावी अजेन्डा लिएर उम्मेदवार घलदैलोमा व्यस्त छन्।
निर्देशकले साँच्चै निम्न मध्यम वर्गीय परिवारको कथाको रूपमा शहर आसपासको गैह्रदलित बाबुछाेराकाे कथा भन्न सक्थे, तर यसो गर्दा चलचित्रले अहिलेझैँ नाफा कमाउन सक्दैनथ्यो।
भारतकै धनी राज्य महाराष्ट्रमा भाजपाले ठूलो जित हासिल गरेसँगै भाजपा नेताहरू आफ्नो चुनावी अभियान पहिलेकै लयमा फर्किएकोमा खुशी छन्, तर जितको श्रेय मोदीलाई खासै दिइएको छैन।
नेपालमा जलवायु परिवर्तनले निम्त्याएका समस्याहरू सुरक्षामा बहुआयामिक चुनौती बन्न थालेका छन्। तिनलाई कसरी सामना गर्ने?
विमानस्थल आवतजावतलाई सहज र यात्रुमैत्री बनाएर यात्री बढाउनुको साटो मानव तस्करीलाई योगदान गर्ने गतिविधि हुनु र नीति बन्नु सर्वथा अनुचित छ।
देशको अन्तर्राष्ट्रिय ‘बेन्चमार्किङ’ले प्रत्यक्ष लगानी मात्र नभएर अन्य ठाउँमा स्थापित व्यवसाय नेपालमा आफ्नो उपस्थिति बढाउन उत्सुक हुन सक्छन्।
मानव स्वास्थ्यका लागि आपत्कालकै अवस्थामा पुग्दासम्म पनि हामी बोल्दैनौँ, लेख्दैनौँ र केही पहल गर्दैनौँ भने केको बौद्धिक? केको नागरिक समाज?
नदीको पानी प्रयोग गर्न नसक्दा ‘नदी खेर गयो’ भन्ने गरेको सुनिन्छ। तर नदी त हजारौँ वर्षदेखि बगिरहेको थियो। बग्नु नै नदीको प्राकृतिक स्वभाव र कर्म हो।
‘अखबारमा लेख्ने एक हुल पत्रकारले शुरू गरेको फिल्म फेस्टिभल आज आएर विज्ञहरूसँग फिल्म मेकिङबारे जान्ने, बुझ्ने अवसर बनेको छ।’
जिल्ला कार्यसमितिले जारी गरेको सूचनामा परराष्ट्रमन्त्री देउवाको स्वागतमा ‘डडेलधुरा बसपार्कमा फूलमाला लिएर उपस्थित हुनु’ भन्ने निर्देशनले कांग्रेस अझै सिमसिमराजाकै पालामा रहेछ भन्ने खुल्न आयो।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मिलन हुनुपर्ने त्यस्तो के अभूतपूर्व संयोग जुर्न गयो होला र अहिलेको गठबन्धन बन्यो होला?
लोकतन्त्रलाई व्यापक रूपमा अघि बढाउनुपर्छ, पार्टीगत सङ्कुचनबाट माथि उठ्नुपर्छ, समावेशी सोचसाथ लैजानुपर्छ भन्ने विचार अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो दमननाथ।
महँगा सवारीसाधन खरिद, अनावश्यक सरकारी भ्रमण, भोजभतेर, तोरण, खादामाला र तक्माहरू नागरिकले बुझाएको करको दुरुपयोग हो।
पपुलिज्मको प्रमुख विशेषता हो– राष्ट्रको एकल पहिचान। ओली यस श्रेणीमा पर्छन् वा पर्दैनन् तपाईं आफै ठम्याउन सक्नुहुन्छ, तर प्रधानमन्त्री मोदी भने पक्कै यसमा पर्छन्।
विदेशी मुद्रालाई केन्द्रीय बैंकमा भण्डारण गर्नुभन्दा राष्ट्रिय ऋण भार घटाउन उपयोग गर्दा अर्थतन्त्रको हित हुने देखिन्छ। भण्डारणमा रहेको पैसाले कसैको आय वृद्धि गर्न सक्दैन।
केही बेरमा अर्को फोन आयो, सशस्त्र प्रहरी बल दुहबीबाट। तल्लै दर्जाका प्रहरी थिए। चिप्ला कुराहरूबाट संवाद शुरू गरे। उनको कुनै कुरा स्पष्ट थिएन, सांकेतिक शब्दहरूको अधिक प्रयोग गरिरहेका थिए।