AnonymousUser

Logout

प्रविधिको पौँठेजोरीमा पत्रकारिता

गुगल, फेसबुक, टिकटक आदि बिचौलिया हुन्, जसका स्वउत्पादित सामग्री छैनन्। तिनले पत्रकारिताले उत्पादन गरेका सामग्री ओसारपसार गर्दा ‘कपिराइट’ शुल्क बुझाउँदैनन्।

दोहोरो विभेदमा उत्पीडित समुदायका ‘क्विर’

दलित क्विरको लागि त यो समाज अझै चुनौतीपूर्ण छ। क्विर हुनु सामाजिक रूपमा विभेदमा पर्नु त हो नै, सँगै दलित क्विर हुनु जातीय र लैंगिक दुवै विभेदमा पर्नु हो।

समानुपातिक प्रणाली: गलत अभ्यासले ध्येयमै क्षति

मूलतः नेपालको संविधानको मुख्य संकल्प हो– समतामूलक समाज निर्माण, जसको प्रमुख कडी हो सामाजिक न्याय। सामाजिक न्याय सुनिश्चित गर्ने बृहत्तर उद्देश्यका आयाममध्ये एक हो समानुपातिक निर्वाचन प्रणाली। 

‘एक्सिडेन्टल’ प्रधानमन्त्रीको उदारीकरण उडान

दशक लामो प्रधानमन्त्रीत्वकालका पछिल्ला दुई वर्ष सर्वत्र आलोचित डा. मनमोहन सिंहले अन्तिम पत्रकार सम्मेलनमा भनेका थिए– ‘इतिहास मेरो मूल्यांकनमा मिडियाभन्दा दयालु हुनेछ।’

मेरो प्राथमिकता भनेकै प्रधानमन्त्रीको भारत भ्रमण: डा. शंकर शर्मा

‘ठूला मुद्दामा परराष्ट्रमन्त्री या प्रधानमन्त्रीकै तहमा मात्रै कुरा हुन सक्छ। सरकारले गरेको निर्देशनमा हामीले पनि कुरा उठाएकै हुन्छौँ, तर प्रभावकारिताको अर्थमा अझ माथिको तहमा कुरा हुनुपर्छ।’

म पुँजीवाद, हामी समाजवाद 

लेखकले नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रको एक्काइसौँ शताब्दीको जनवादमाथि पनि तिखो टिप्पणी गरेका छन्।

मनमोहन सिंह: बेइमानहरूमाझ एक इमानदार व्यक्ति

यसको मतलब यो होइन कि सिंहसँग हाँसीमजाकको भावना नै थिएन। व्यक्तिगत जीवनमा उनी खुलेर हाँस्न सक्थे। बाँकी संसारले उनको त्यो पक्षसमेत देखोस् भन्ने मलाई लाग्थ्यो तर उनी दिलैदेखि गोप्य व्यक्ति थिए।

हाम्रा आदर्श र सपना कता सेलाए?

मान्छे किन क्रान्तिको खतरापूर्ण बाटो हिँड्छ, फेरि पहिले बोकेको आदर्शपूर्ण विचार किन त्याग्छ, पुरानो विचार, उद्देश्य तथा सक्रियता त्यागेर पनि पहिलाकै परिचय भने किन त्याग्न चाहँदैन?

बिदेसिँदै नर्स: जनस्वास्थ्य सेवामा खतराको घण्टी

कोभिड र भूकम्पजस्ता विपद् आइपरे नर्समाथि झनै कार्यबोझ थपिने हुन्छ। नेपालीको जनस्वास्थ्यलाई महत्त्व दिने हो भने नर्सको बढ्दो विदेशमोह न्यूनीकरण गर्न उपयुक्त कदम चाल्न ढिलो हुँदै छ।

अस्वाभाविक संकुचनमा नेपालको उड्डयन कूटनीति

नेपालले उड्डयन क्षेत्रलाई अर्थतन्त्रको प्रमुख हिस्साको रूपमा नभई पर्यटनको ‘पिल्लर’का रूपमा मात्र व्याख्या गरेको छ। यसले उड्डयनप्रति राज्यको संकुचित सोच र उपेक्षाको संकेत गर्छ।

नेपालमा ‘सुका जाति’का फलफूल: प्रयोग र फाइदा

करिब दुई हजार वर्षअघि चिनियाँ तीर्थयात्री ह्युएन साङले सुन्तला र कागती पाकेको याममा नेपाललाई देखेपछि ‘सुनौलो फलफूलको देश’ भनेर उल्लेख गरेका थिए।

चहकिलो एनपीएलमा धब्बा बनेको नश्लभेदी दुर्व्यवहार

हामीलाई समाज जोड्ने, देश जोड्ने प्रतियोगिता चाहिएको हो, न कि एउटा समुदाय विशेषलाई नश्लभेद–रंगभेद गर्ने अराजकता। सफल एनपीएलको चर्चा भइरहँदा यो धब्बा मेट्ने पहल आवश्यक छ, अहिल्यै।

जो थिए जनआवाज अर्थात् ‘जनरव फिराद!’

‘राज्यद्रोह गर्ने षडयन्त्रमा लागेको’ अभियोग खेपेका भुटानी सैनिक एनबी गिरी १४ महिना जेलनेल खेपेपछि घरगाउँ छाडेर निर्वासित भएका थिए, ९० को दशकमा। उनै गिरीको मंगलबार निधन भएको छ।

नेपालमा बढ्दो डिजिटल बजार र यसका फाइदा–बेफाइदा

चिनजानको पसलबाट खरिद गरेको सामान फिर्ता गरे वा साटेजस्तो सहजता अनलाइन बजारमा नहुँदा धेरै ग्राहकले थप झन्झट बेहोर्नु परिरहेको छ।

दुई पाङ्ग्रेको सवारी, दुर्घटनाको भारी 

नेपालीको दैनिक जीवनलाई निकै सहयोगी बनेका मोटरसाइकल, स्कुटर लगायतका दुई पाङ्ग्रे सवारी साधन सडक सुरक्षामा प्रमुख चुनौती बन्न थालेका छन्। 

सम्बन्धमा शंका र दुर्व्यवहार सामान्य हो?

व्यक्ति आफैले आफ्नो आत्मसम्मान बढाउने जमर्को गर्नुपर्छ। आफैले आफूलाई माया गर्ने, आत्मसम्मान डगमगाउन नदिने गर्नु नै यस्ता सम्बन्धमा नगाँसिनु र गाँसिइहालेको अवस्थामा बाहिर निस्कन सहज हुने माध्यम हुन्।

वानस्पतिक रसायनको मानव स्वास्थ्यमा असर 

प्रतिरक्षा प्रणालीले धेरै काम गरेको पनि राम्रो हुन्न भने हालसालै पत्ता लागेको छ। क्यान्सर, मुटुरोग, सोरायोसिसलगायत धेरै रोग प्रतिरक्षा प्रणाली ज्यादा सक्रिय भ‌एरै लाग्ने अनुसन्धानले देखाएका छन्। 

बीपीको छायामा निधि 

बीपीसँग निकट रहेर राजनीति गर्नुभएका निधिको राजनीतिक व्यक्तित्व निखारिएको थियो। व्यक्तित्वमा आएको निखार देखेर लोभिएका राजा महेन्द्र उहाँलाई निर्दलीय पञ्चायत व्यवस्थाको पक्षमा तान्न अति व्यग्र थिए।

कमिसन एजेन्ट विस्थापित गर्ने बिचौलिया

सकारात्मकसमेत अर्थ दिने बिचौलिया शब्द आफै यस्तो बदनाम भएको छ कि, कसैलाई ‘बिचौलिया’ भनिँदा जघन्यभन्दा भयंकर अपराधी हो कि भन्ठान्नु पर्ने अवस्था छ।

‘सेरेन्डिपिटी’को पर्खाइ

पछिल्ला वर्षमा ‘केही’ हुँदाहुँदै पनि नेपाली जनमानस अरू थप केही होस् र अझै राम्रो होस् भन्ने अपेक्षा राखिरहेका छन् भने त्यसमा अन्यथा मान्नुपर्ने पनि केही छैन।