२०४६ सालको परिवर्तनपश्चात सरकारको अस्थिरतामा दरबारको हल्का चलखेल पनि देखिन्थ्यो, दोस्रो जनआन्दोलनपछि भने शक्तिराष्ट्रको चलखेल देखिनेगरी नै छ।
घरको काम महिला मात्रै नभएर, साना बालबच्चाबाहेक परिवारका सबैको जिम्मेवारी हो। हाम्रो पाठ्यक्रममा भने अझै पनि ‘आमाले भात पकाउनुहुन्छ’ भन्ने भाष्य र त्यसलाई प्रस्ट्याउने चित्र भेटिन्छन्।
‘राष्ट्रिय संग्रहालयलाई सार्कअन्तर्गतका विभिन्न संग्रहालयसँग दाँज्ने हो भने यहाँका सामग्री संख्यात्मक हिसाबमा धेरै छन्। तर प्रदर्शन गर्ने हिसाबमा अझै पनि सुधार हुन सकेको छैन।’
निकुञ्जले पुनः व्यावसायिक हेलिकप्टर उडान गर्न दिँदा वन, वन्यजन्तु र जैविक विविधतामा असर नपुग्ने गरी स्पष्ट मापदण्ड बनाएको देखिँदैन।
जबजले नेपाली सापेक्षतामा अनेक पार्टीको अस्तित्वलाई स्वाभाविक ठानेको छ। जबजका अभियन्ताका रूपमा परिचित शंकर पोखरेल भने पश्चिमा देशको उदाहरण दिँदै दुई दलीय व्यवस्थाको वकालत गरिरहेका छन्।
'नेपाल–नेपालीको गुडविललाई दोहोरो रूपमा जोगाएर राख्न सकिएको मुलुक बेलायत हो, जहाँ थोरै मात्रै प्रवर्द्धनात्मक कार्यक्रम गर्न सकियो भने पनि बेलायती पर्यटकलाई राम्रै संख्यामा नेपाल भित्र्याउन सकिन्छ।'
समाजमा गडिएर बसेको छुवाछूत, घृणा र अपमानको मनोविज्ञान हो। युगौँदेखि समाजमा रहेको त्यस मनोविज्ञानकै कारण लाखौँ दलितहरू उत्पीडन र गरिबीमा परेका हुन्।
कुट्नकै लागि कहलिएका मास्टरको उपस्थितिले कक्षा नै थुरुरु हुन्थ्यो। डाँडापारिबाट ‘कुटुवा शिक्षक’ आइरहेको देख्दा चौरमा भएका विद्यार्थी गुटुटु कक्षाभित्र पसेर किताब निकाल्थे।
रक्तचन्दन कारोबारमा खास लगानीकर्ता चिनियाँहरू नै थिए, सुन तस्करीमा भारतीय भएजस्तै। कारोबारीजस्ता देखिने नेपाली व्यवसायी धेरैजसो ओसारपसार गरिदिने ‘क्यारिअर’ मात्रै थिए।
हेलिकप्टरको आवाजले पक्षीले आफ्नो क्षेत्र छोड्न र स्थिरता गुमाउन सक्छ, जसका कारण तिनको प्रजनन दरमा कमी आउन सक्छ, कतिपय प्रजातिको आवास नष्ट हुन सक्छ।
पारदर्शिताका नाममा एउटा राष्ट्रसँग सहमति वा सम्झौता गरेका सबै कुरा उसलाई खुशी तुल्याउन अनि अर्कोलाई होच्याउने गरी सार्वजनिक गरिहाल्ने अचम्मको व्यवहार हामीमा देखिएको छ।
नेपाललाई एक धार्मिक, एक जातीय र एक भाषिक राष्ट्र बनाउने राजनीतिक तथा प्रशासनिक अभ्यास भइसकेको हो। त्यसले पूर्णता पाएन। पूर्णता पाएको भए पुस २७ वा यस्तै कुनै दिन ‘राष्ट्रिय एकता दिवस’ हुने थियो।
गृहिणीका घरेलु कामलाई न त आर्थिक रूपमा मूल्यांकन गरिएको छ, न त औपचारिक रूपमा अभिलेख गरिएको छ। यसलाई हाम्रो घर र समाजले मात्र होइन, विश्व अर्थतन्त्रले समेत काम मानेको छैन।
अवसरको वितरण, कसलाई कुन कमिटीमा ल्याउने, टिकट कसलाई दिने, मन्त्री या मुख्यमन्त्री कसलाई बनाउने भन्नेजस्ता विषयको निर्णय आफू अनुकूल बनाउन पनि संरचनागत जटिलता सिर्जना गरिएको हुन्छ।
‘राजनीतिक नेतृत्वले हामीलाई ठूला तर अव्यावहारिक सपना देख्न सिकाए। क्षणिक राजनीतिक लाभ, उद्देश्य र लोकरिझ्याइँका लागि लिइएको यो रणनीति अहिले उनीहरूकै लागि भार भएको छ।’
यसर्थ, मल्टिमिडिया र सामाजिक सञ्जालले आम रूपमा आलोचनात्मक चेतको स्तरवृद्धि त गरायो तर सँगसँगै निराशाको बेलुन फुलाउन र अझ माथि–माथि उडाउन ‘हाइड्रोजन ग्यास’को काम पनि गर्दैछ।
नेपाली राजनीतिक दलका नेताहरूका सनातनी अनुहार हुनुमा तिनको कमजोरी मात्र भयो भन्ने पक्षमा म छैन। तर प्रदीप गिरिले भनेजस्तो तिनका कर्म भने निष्ठावान् हुनुपर्छ।
‘नेपालमा युवाका लागि कसरी देशभित्र रोजगारी सिर्जना गर्ने भन्नेमा हामी केन्द्रित छौँ। विकासका हरेक पक्षमा नेपालसँग कुराकानी गरिरहेका छौँ। नेपाललाई सुस्त विकासको पासोबाट मुक्त गर्न हाम्रो मद्दत रहन्छ।’
बलात्कारजस्तो गम्भीर अपराधमा समेत ‘फलानो केटी पहिल्यै किन सचेत भइन त?’ भन्दै बलात्कारीलाई संरक्षण गर्ने हाम्रो समाजमा यौनकर्मीमाथि हुने हिंसालाई जायज ठानिँदै/मानिँदै आएको छ।
भविष्यमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाएर भारत र पाकिस्तानलाई बोलाएर खेल सञ्चालन सम्भव छ भन्ने विश्वास एनपीएलले बढाएको छ।