अहिले आएर विश्वव्यापी रूपमा के मानिएको छ भने विपद् प्राकृतिक होइन। घटना प्राकृतिक हुन्। पानी पर्नु, भूकम्प र हावाहुरी आउनु प्राकृतिक हुन्।
महान्यायाधिवक्ताको कार्यालयले अब अनुहार, पद, ओहोदा, पार्टी निकटता/सदस्यता हेरेर मुद्दा चलाउने वा नचलाउने तजबिजी अधिकार प्राप्त गरेको हो?
सार्वजनिक संस्थान भनेका सगरमाथा या गौतम बुद्धजस्तै हाम्रा गौरव हुन्, देशले ऋण गरेर भए पनि चलाउनै पर्छ भन्ने भ्रम जनसाधारणमा पारिएको छ।
आँसुको असर लामो समय किन टिक्दैन भने उत्पीडित समुदायको यस्तो अवस्था हुनु पछाडिको कारण धेरैले बुझ्न चाहँदैनन्। बरु यथार्थबाट भाग्न चाहन्छन् संरचनात्मक लाभांशवालाहरू।
यस पटक हाम्रो गाउँमा ठूला मादल, सोरठी नाच्ने पहिरन, लय हालेर भट्याउने उस्ताद, सुरिलो भाकामा मुरलीसहित गाउँभरि सबैको स्वामित्व र सहभागिता रहने गरी भैली निस्किएन।
‘बर्लिन पर्खाल ढलेपछि सबै कुरा परिवर्तन भयो। राजनीतिक र आर्थिक दृश्य पूर्ण रूपमा परिवर्तन भयो। युरोपियन युनियन पनि ठूलो भयो। सन् १९८९ अगाडि र पछाडिको सम्पूर्ण परिस्थिति परिवर्तन भयो।’
नेपाली भाषाको मोह जगाइदिने ध्रुवचन्द्र गौतमलाई एक गुच्छा फूल दिने सोच त्यस दिन ढिलोगरी आएको थियो। फूल त छुट्यो तर यही लेखका माध्यमबाट आफ्नो कृतज्ञता तिनै ‘टाढाका द्रोणाचार्य’लाई समर्पित गर्दैछु।
श्रमिकवर्गको दैनिक जीवनयापनको बढ्दो लागत घटाउने वाचा कमला ह्यारिसले गरिन्, तर उनी स्वयं वर्तमान सरकारको हिस्सा भएकाले सो वाचाबारे विश्वास दिलाउन पूर्ण रूपमा सक्षम भइनन्।
नेपालमा अहिले पनि लैंगिक समानता छैन। छाउपडी र बोक्सी प्रथा व्याप्त छन्। जबसम्म यस्ता प्रथा रहिरहन्छन् तबसम्म नारीवादका देनलाई यसले थिचिरहन्छ र झनै सशक्त नारीवादको आवश्यकता पर्छ।
नेपालले जलवायु वित्तको विषय कसरी सम्बोधन गर्ने र नयाँ लक्ष्य कसरी निर्धारण गर्ने भन्नेबारे केन्द्रित हुनुपर्छ। कोपमा उठाउने जलवायु मुद्दा सम्बोधन गराउन टापु मुलुकको पनि ऐक्यबद्धता हुनुपर्नेछ।
प्रहरी र सेनाको स्वभाव ठीक विपरीत छ। दैनिक प्रशासनमा सेनाको उपस्थिति कहीँ देखिँदैन। सेना राष्ट्र र सरकारको त्यस्तो सञ्चित शक्ति हो, जो सबैभन्दा मजबुत र अन्तिम विकल्पका रूपमा साँचिएको हुन्छ।
बिहारमा तटबन्धको अर्थराजनीतिले सरकारी संयन्त्र, नेता र ठेकेदारका लागि स्थायी अर्थोपार्जनको आधार तय गर्छ। बाढीसँग जोडिएका समस्याले एउटा मजबुत ‘आपदाजीवि’ वर्गको सिर्जना गरेको छ।
म पाइन्टको गोजीमा हात हालिरहने, दाजु त्यसो नगर भन्ने। जति भन्दा पनि नलागेपछि दाजुले बाँसको सिर्कनो बोकेर मेरो पछिपछि हिँड्न थाल्नुभयो।
आनन्द सार जीवन नै सुखद बचाइ। सुखद जीवन नै बाँच्नुको सार-महत्त्व। यत्रतत्र सर्वत्र! जहाँ जाऊँ, उतै मगनमस्त!
‘सन् १६०० यताका पुस्तक र सोध सामग्री अहिलेको संकलनमा छन्। कोलोनल कर्कप्याट्रिक, हेनरी एमब्रोसे ओल्डफिल्डलगायतका पुस्तक छन्। देवनागरीका पनि छन्, मैले पढ्न नसक्ने कारण ती कति पुराना हुन् भन्न सक्दिनँ।’
सन् २०१६ को चुनावमा अमेरिकाका प्रमुख १०० अखबारमध्ये ५७ वटा हिलारीको समर्थनमा उभिएका थिए। ट्रम्पको पक्षमा केवल दुई अखबार थिए, तर बाजी उनैले मारे।
वर्षौं अघि भक्तपुर घुम्न आएका अमेरिकीले ‘भक्तपुर इज रेड’ भनेपछि च्वास्स छोयो। नेमकिपा लगायत पार्टीका तुल रातै हुन्थे, स्कुलका विज्ञापन पनि रातै कपडामा। त्यही घटनाले मलाई रङबारे लेख्न उक्सायो।
कर्णाली देशको अभिन्न अंग हो र यसलाई बेवास्ता गरेर सिंगो देश समृद्ध हुन सक्दैन भनेर राज्यको डाडुपन्यु चलाउनेहरूलाई लेखकले सचेत गराएका छन्।
रिपब्लिकन राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००६ मा भुटानी शरणार्थीलाई अमेरिकामा पुनर्वास गराउने निर्णय गर्नु पनि शरणार्थीले रिपब्लिकन मन पराउनुको कारण हो।
अलिअलि खेतीपाती र फलफूल खाइदिएर चरा र जनावरले नोक्सानी पुर्याउलान् तर तिनले गर्ने क्षतिभन्दा धेरै प्रकृति र वातावरणलाई योगदान पुर्याइरहेका हुन्छन्।