आन्दोलनरत शिक्षक संगठनका प्रतिनिधि र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता शुरू भएको छ।
पक्राउ परेका अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जनालाई अहिले सिंहदरबार वृत्तमा लगिएको प्रहरीले जनाएको छ।
नेपाल टी–२० लिगलाई उत्कृष्ट बनाएको क्यान अध्यक्ष चतुरबहादुर चन्दको दाबी छ।
कांग्रेस महामन्त्री थापाले सरकारले चाँडोभन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
यस्तै, चार जना नेपाली श्रमिक साउदीका विभिन्न अस्पतालमा कोमामा रहेको पनि नेपाली दूतावासले जनाएकाे छ।
विश्वले सामना गर्नुपरेका विविध चुनौतीको प्रभावकारी एवं समयमै सम्बोधन गर्न सुरक्षा परिषद् अक्षम भएकाले यसको व्यापक सुधार अपरिहार्य भएकामा उनीहरूको जोड छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले दलहरूबीच आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने धारणा राखेका छन्।
काठमाडौँको टोखा बस्दै आएको २८ वर्षीय दादीकी शेर्पा राईले ‘फिफिया’ एप्समा फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।
४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालका २५३ जना खेलाडीले २९ खेलमा प्रतिस्पर्धा गर्नेछन्।
बहुसंख्यक नेपालीले मनाउने चाडपर्व तीजदेखि छठसम्मको व्यापारले वर्षभरि धानिने गरेका व्यापारीहरू यसवर्ष भने आर्थिक मन्दीको मार खेपिरहेका छन्। अघिल्लो वर्षको तुलनामा आधाजति आयात घटाएको उनीहरू बताउँछन्।
२०४२ सालको बम काण्डपछि तत्कालीन सरकारले सम्पत्ति सर्वस्वहरण गरेपछि भट्टले १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए।
भूराजनीतिक प्रतिस्पर्धा, आर्थिक राष्ट्रवाद र शक्तिको उन्मादले गर्दा विश्वमा शान्ति सुरक्षा कायम गर्न चुनौती थपिएको बताउँदै दाहालले राष्ट्रसंघको वडापत्रमाथि नै समस्या उत्पन्न भएको टिप्पणी गरे।
मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी छन्। झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको एसपी सन्तोष सिंह राठौरले जानकारी दिए।
लोमान्थाङमा उत्पादन भएको आलु जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौँसम्म पुग्ने हुने गरेको छ। व्यापारीले बरीमै आएर आलु खरिद गर्ने गरेका छन्।
बिहीबार गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको थियो। झडपमा आधा दर्जन घाइते भएका छन्।
केही उद्योगले १४.२ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा एलपी ग्यास भरी बिक्री गरेको पाइएपछि निगमले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ।
गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार बिहान पुन: वार्ता हुने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसले मंसिर १३, १४, १५ गते गर्ने भनिएको महासमिति बैठकको तयारी गर्न पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भएको छ।