सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएकाे खेलमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरेका हुन्।
सरकार र शिक्षक महासंघबीच भएकाे ७ बुँदे सहमतिमा आफ्ना माग नसमेटिएकाे भन्दै राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आन्दाेलन जारी राखेका छन्।
देशका १४ वटा उद्योगले माग धान्ने गरी चिनी उत्पादन नगरिरहेको बेला व्यापारीले पनि चाडबाडकै मुखमा आयात ह्वात्तै घटाएका छन्। सरकारले ढिलो गरी भन्सार सहुलियतमा चिनी ल्याउने तयारी गरेकाले मूल्य अकासिएको छ।
उनले संसदको सबैभन्दा ठूलो पार्टी काँग्रेस भएकोले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने बताएका हुन्।
नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि र भौतिक पूर्वाधार सुधार आवश्यक रहेको पनि उनले बताए।
गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
जनकपुरमा आरती साहको रहस्यमय मृत्यु भएपछि काठमाडौँ आएका माइतीपक्ष न्यायका निम्ति धर्ना बसेको १०१ दिन पुग्यो। संसदीय समिति चेतावनी दिँदैछ, तर नजिकै रहेको गृहमन्त्रालय सुनेको नसुन्यै गरिरहेछ।
अघिल्लो साता लगातार ३ दिनको कारोबारमा बढीरहेको नेप्से साताको पहिलो दिन आइतबार भने ओरालाे लागेकाे छ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना निर्माणाधीन छ।
गाईकाे चित्र अंकित १० ग्राम सिक्काको एक हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण गरिएको छ।
पाँच वर्षभित्र कारबाही नचलाएको मुद्दा अघि नबढाउने भनि उल्लेख गरिएको सो विधेयकको प्रावधानप्रति मन्त्री गुरुङले असहमति व्यक्त गरेका छन्।
१३औँ इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी भारततर्फ प्रस्थान गरेका हुन्।
गाँजालाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको उनीहरूकाे भनाइ छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दसँगको असहज सम्बन्धकै कारण पारस खड्काले कप्तानबाट राजीनामा दिएर केहीपछि मैदानसमेत छाडेका थिए। अहिले पारस उनै चन्दको सहयोगमा क्यान सचिव भएलगत्तै एक्लो महसुस गर्दैछन्।
सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापत उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।
जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६.७८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन्। उनीहरूले उज्बेकिस्तानका खेलाडीलाई १० सेकेन्डले पछि पारे।
नेपालको संविधानले मासु बजार व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ। तर, धनुषाका स्थानीय तहले यसमा ध्यान दिएका छैनन्। यसले गर्दा सर्वसाधारण गुणस्तरहीन माछामासु खान बाध्य छन्।
नेपालले समूह चरणअन्तर्गत सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा मालदिभ्ससँग खेल्नेछ। समूह चरण पार गरे भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश अभाव भएपछि सन्दीप विरुद्धको मुद्दा स्थगित भएको हो। यसअघि गत सोमबार पनि उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो।