AnonymousUser

Logout

पाथीभरा सडकमा ठेकेदारको लापरबाही: तीर्थयात्रीलाई सास्ती

काठमाडौँको कन्टेक प्रालिले २०७८ पुसमा सुकेटारबाट काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का लिएको थियो। निर्माण समय सकिन आठ महिना बाँकी हुँदा उसले ११ प्रतिशत मात्रै काम गरेको छ।

भारतद्वारा नेपालसामु २०३ रनको लक्ष्य प्रस्तुत

नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए।

म्याद सकिएको मदिरा बेच्ने पसललाई २ लाख जरिबाना

अनुगमनका क्रममा काठमाडौँ महानगर वडा नं २६ स्थित न्यु भीम स्टोरले ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेको थियो।

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना 

गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

नेपालले टस हार्‍यो, भारतले पहिले ब्याटिङ गर्ने

नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। भारतले भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो।

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी

सोमबार राति सम्पन्न मतगणनामा अध्यक्षका अर्का प्रत्याशी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन्।

एमाले कर्णाली अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

एमाले कर्णाली प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।

नक्कली कागजात पेस गरी जापानमा प्रशिक्षार्थी कामदार पठाउने १४ म्यानपावर कम्पनी निलम्बित

तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण 

अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एशिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ।

उपचारमा संकट बन्दै बिरामी–आफन्त र चिकित्सकबीचको द्वन्द्व, किन रमिते मेडिकल काउन्सिल?

उपचारका क्रममा आफन्त गुमाउनेहरू चिकित्सकमाथि जाइलाग्ने क्रम बढेको छ। यसबाट गम्भीर रोगका बिरामी अस्पताल पुगेर उपचार गर्न डराइरहेका छन् भने चिकित्सकले पनि त्यस्ता बिरामीको उपचारमा हात कमाउन थालेका छन्।

संघीय संसद् भवन निर्माणको गति सुस्त, तेस्रो पटक म्याद थप्ने तयारी

दुईचोटि म्याद थप्दा पनि निर्माणाधीन संसद् भवनको प्रगति उत्साहजनक छैन। निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरका अनुसार हाल भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत मात्रै छ।

दलहरूमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक छ: वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाका बाँकी रहेका कामहरूलाई सबै राजनीतिक दलहरू मिलेर टुंग्याउनुपर्ने बताए।

स्वास्थ्यमन्त्री भन्छन्– विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउँछौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने बताएका छन्।

अख्तियारमा एक वर्षमा झन्डै २१ हजार उजुरी, सबैभन्दा धेरै संघीय मामिलासम्बन्धी

आयोगले आर्थिक वर्ष २०७९/८० मा १८ हजारभन्दा बढी उजुरीहरू फर्स्योट गरिएको जनाएको छ।

‘परीक्षा अनुत्तीर्णलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो’

एमाले सचेतक महेश बर्तौलाले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले संसदीय समितिसमक्ष स्पष्ट पार्नुपर्ने बताए।

कोरोनाविरुद्धको खोप विकासमा योगदान पुर्‍याउने दुई वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको एमआरएनए खोप विकासमा संलग्न दुई वैज्ञानिकले प्राप्त गरेका छन्।

संसदीय समितिको बैठकमा बिनातयारी प्रस्तुत हुन्छन् सांसद

संसदीय समितिहरूले छलफलका नाममा बोलाएर सन्दर्भभन्दा बाहिरका विषयमा समय लिने गरेको र उपलब्धिहीन काममा समय खर्चिनुपरेको छलफलमा सहभागी एक सहसचिव बताउँछन्।

एशियाली खेलकुद : भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त

समूह ‘बी’को ६४ केजीमा नेपालकी शारदा चौधरी पाँचौँ स्थानमा खुम्चिएसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त भएको छ।

मिटरब्याजसम्बन्धी कानून आएसँगै मधेशमा नयाँ चुनौती, फेरि गरिब नै मर्कामा 

​​​​​​​मिटरब्याजीविरुद्ध कडा दण्डसजाय हुने कानून आए पनि आममानिसले बैंक–वित्तीय संस्थाबाट सजिलै कर्जा नपाउने समस्यालाई बेवास्ता गरिँदा मधेशका गाउँ समाजमा गर्जो टार्ने बाटो नै अवरुद्ध हुन थालेको छ।

नेप्सेमा सामान्य अंकको सुधार, २ कम्पनीको शेयरमा सकारात्मक सर्किट

सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।