बैठकमा सुन तस्करी छानबिन आयोग गठन, मूल्यवृद्धिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए।
पाल्पामा भिण्डीको मूल्य प्रतिकिलो ५० देखि ५५ रुपैयाँ छ। यसले लागत पनि नउठ्ने किसानको गुनासो छ।
नेपालको जितमा अभिनाश बोहराले सर्वाधिक ६ विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए। अविनाश टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।
७३ वर्षीय खनालको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा शनिबार राति निधन भएको हो। उनी दुई वर्षदेखि आमाशयको क्यान्सरबाट पीडित थिए।
नेपालका कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले २७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन जोडे।
विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित भएका थिए। सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो।
नेपाल र माल्दिभ्सबीच हालसम्म दुई टी–२० आई खेल भएको छ। दुवै खेलमा नेपाल विजयी भएको थियो।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
जिपमा सवार अन्य दुई यात्रुको अवस्था अज्ञात रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
सुन र सुन ल्याउने फिलिपिन्सकी महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए।
पाकिस्तानलाई हराउँदै यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।
निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ११० रुपैयाँ पुगेको छ।
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदै सहमति भएको छ। सरकारसँग सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन अन्त्य गर्ने भएका छन्।
जघन्य अपराधमा जेलसजाय काटिरहेका व्यक्तिहरू सरकारबाट माफी मिनाहा पाएर छुट्ने हद्सम्मको दण्डहीनता, सरकारी सेवाप्रवाहको दुरवस्था र कतैबाट पनि आशा गर्ने ठाउँ देखिनछाड्नुको नतिजा समाजमा छरपस्ट हुँदैछ।
एमाले कर्णाली प्रदेश अध्यक्षमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।
गृहमन्त्री श्रेष्ठ भन्छन्, ‘परिवर्तन र संविधान ल्याउन अजेन्डा प्रस्तुत गर्नेदेखि लिएर स्थापित गर्ने जनआन्दोलन सञ्चालन गर्नेदेखि संविधान जारी गर्नेसम्म मुख्य भूमिका खेल्ने पार्टी माओवादी नै हो।’
१९औँ एशियाली खेलकुदअन्तर्गत भारोत्तोलनतर्फ ५५ केजीको प्रतिस्पर्धाबाट टीकामाया गुरुङ बाहिरिएकी छन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वकिल कार्यालयबाट भएका निर्णयले सुशासन कायम गर्ने सिलसिलामा चुनौती खडा गरेको बताउँछन्।
एमाले कर्णाली प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।