AnonymousUser

Logout

यसपालिको दशैँको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

संविधानको भावनाअनुरूप फागुन १ गते बिदा निर्णय गरिएको हो : ऊर्जामन्त्री

मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले फागुन १ गतेको बिदा फिर्ता नलिए त्यसविरुद्ध आफूहरूले कदम चाल्ने चेतावनी दिएका थिए।

महँगी नियन्त्रण गर्न सरकारलाई सांसदहरूको ध्यानाकर्षण

सांसदहरूले चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बझाङ भूकम्प : तीन घाइते, एक जना बेपत्ता

बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा परी तीन जना घाइते भएका छन्। 

नेपालगन्जमा सामाजिक सद्भाव नभड्काउन सांसद जबराको आग्रह

राप्रपाका सांसद धवलशमशेर जबराले ‘साइबर क्राइम’ नियन्त्रण गर्न नसकिए देशका विभिन्न भागमा दंगा भड्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसदहरूको बोल्ने समयमा विभेद नगर्न सभामुखलाई शर्माको आग्रह

सांसद जनार्दन शर्माले सार्वभौम संसद्मा सबै सांसदहरूले आफ्नो धारणा राख्न पाउने भएकाले बोल्न दिने समयमा विभेद गर्न नहुने बताए।

शिक्षामन्त्री भन्छन्– विदेश उत्तम, स्वदेश खत्तम भन्ने सामाजिक मनोविज्ञान बनाइँदै छ

शिक्षामन्त्री राईले विद्यार्थी विदेश पलायनबारे गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बझाङमा ६.३ म्याग्निच्युडको भूकम्पः घरहरू भत्किए, राजमार्ग अवरुद्ध

म‌गलबार दिउँसाे आधा घण्टाकाे अन्तरमा बझाङमा गएका दुईवटा भूकम्पले त्यहाँका केही भाैतिक संरचनामा क्षति पुर्‍याएकाे छ

आफ्नै गरिमा घटाउँदै सांसदः हाजिर गरेर बैठकमै नबस्नेदेखि विषय नबुझी बोल्नेसम्म

संसद्‍मा उपस्थित भएर जनताको आवाज उठाउने र आवश्यक कानून निर्माण गर्ने जिम्मेवारीसहित निर्वाचित भएका सांसद हाजिर मात्र गरेर वा बीचैमा ‘टाप कस्दा’ चल्दै गरेको बैठकसमेत रोक्नुपर्ने अवस्था आउने गरेको छ।

फागुन १ गते बिदा दिने निर्णय फिर्ता नलिए त्यसविरुद्ध कदम चाल्ने ओलीको चेतावनी

एमाले अध्यक्ष ओलीले शान्तिप्रक्रियाका बाँकी काम छिटो टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको टिप्पणी गरेका छन्।

कार्यान्वयनको शुरूआती चरणमै बजेटबाहिरका कार्यक्रममा रकम मागियो : अर्थ मन्त्रालय

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको तेस्रो महिना चलिरहँदा स्रोत सहमतिका लागि दबाब आइरहेको छ। अनिवार्य दायित्वअन्तर्गतको खर्चका लागि भने कुनै समस्या नरहेको दाबी मन्त्रालयको छ।

सरकारले खेलाडीलाई झूटो आश्वासनमा झुलायो : सांसद शाह

रास्वपा सांसद असीम शाहले क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेर झूटो आश्वासनमा झुलाएको भन्दै असन्तुष्टि जनाएका छन्।

अर्थतन्त्रको अवस्था चिन्ताजनक छ, टालटुल गरेर हुँदैन: विष्णु पौडेल

अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर छलफल गरी समाधानका उपाय अगाडि बढाउनुपर्ने पूर्वअर्थमन्त्री विष्णु पौडेलको भनाइ छ।

सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार बन्यो: ओली 

ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति पनि प्रश्न उठाएका छन्।

बाँकेको नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु

मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। 

प्रधानमन्त्रीसँग एमसीसीका सीईओको भेट, द्विपक्षीय सहकार्यबारे छलफल

प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको सो भेटमा नेपालमा कार्यान्वयन चरणमा रहेको एमसीसी परियोजनाका सम्बन्धमा समेत छलफल भएको छ।

वैदेशिक रोजगारीः विदेशबाट फर्किंदा मोबाइल, टीभी र सुन के–कति मात्रामा ल्याउन पाइन्छ, थाहा पाउनुस्

सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकाहरूले जुनसुकै आकार प्रकारको टीभी ल्याउँदा भन्सार तिर्नु पर्दैन।

रूपाताल जोगाउन शुरू भएको परियोजनाबाटै ताल जोखिममा, सडक बनाउन जथाभाबी चलाइयो डोजर

रूपाताल जोगाउन ६ वर्षदेखि चलिरहेको परियोजनाले सडक विस्तारका लागि जथाभाबी डोजर चलाउँदा ढुंगामाटो तालमै थुप्रिन थालेको छ। ठाउँठाउँमा पहिरो जाँदा तालको पानीको स्रोतसमेत सुक्नसक्ने विज्ञहरूको चिन्ता छ।

पर्सामा मिटर ब्याजसम्बन्धी ३८८ उजुरी फर्छ्यौट, २ मुद्दा दर्ता

मिटर ब्याजीविरुद्ध अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी छ। कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको पनि पाइएको छ।

भारतसँग नेपाल २३ रनले पराजित

२०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनायो। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए।