AnonymousUser

Logout

कांग्रेस विनाको सरकारको कल्पना गर्न सकिँदैनः अध्यक्ष नेपाल

अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पार्दै कांग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए।

अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएकाे पृथ्वी राजमार्ग पीडित पक्ष र प्रहरीबीच सहमतिपछि खुलाइएकाे हाे।

सिक्किममा भारी वर्षासँगै आएको बाढीमा २३ भारतीय सेना बेपत्ता

भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन उपत्यकामा बुधबार बिहान एक्कासि बाढी आएको थियो। 

बझाङमा भूकम्प जाने क्रम जारी, ४ म्याग्निच्युडमाथिका ११ भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन्।

सरकारी अस्पतालमा बिरामी कुरुवालाई सधैँ सास्ती

काठमाडौँका अधिकांश सरकारी अस्पतालमा बिरामी कुरुवालाई बस्ने व्यवस्था छैन। वीर र पाटन अस्पतालले भएका कुरुवा घर पनि मासेका छन्। अस्पतालका प्यासेज, सिँढी वा खुला ठाउँमा बिरामी कुरुवा पल्टिरहेका भेटिन्छन्।

एशियाली खेलकुद: कबड्डीले दिलायो नेपाललाई पदक

नेपालले पहिलो खेलमा सोमबार बंगलादेशलाई ३७–२४ अंकले पराजित गरेको थियो। दोस्रो खेलमा मंगलबार इरानसँग १९–४३ ले पराजित भएको थियो।

मेलम्चीमा बाढी: अस्थायी पुल र सडकमा क्षति, यातायात अवरुद्ध

बाढीले पुलमा क्षति पुर्‍याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन्।

मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, यातायात बन्द

घटनापछि स्थानीयले पृथ्वी राजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन्। ट्रक चालक रौतहट चन्द्रपुर–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ। 

बझाङ भूकम्प अपडेट: १ जनाको मृत्यु, १३५ घर भत्किए

भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

एशियाली खेलकुद: चीन १६१ स्वर्णसहित शीर्ष स्थानमा 

सहभागी ४५ मुलुकमध्ये ३६ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ। 

अमेरिकी सभामुख केभिन म्याकार्थी पदमुक्त

डेमोक्र्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि सभामुख म्याकार्थीप्रति आफ्नै दलभित्र असन्तुष्टि बढेको थियो।

रियल मड्रिडले नापोलीलाई हरायो, लेन्ससँग आर्सनल पराजित

जितसँगै रियल समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ। नापोली दोस्रो स्थानमा छ। 

बुधबार कहाँ–कहाँ हुँदैछ वर्षा?

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुने महाशाखाले जनाएको छ।

निर्वाचन खर्च घटाउन चन्दाको सिलिङ तोक्न, गैरसांसदलाई मन्त्री बनाउन विज्ञको सुझाव

दलहरूको आयव्यय विवरण महालेखा परीक्षकको कार्यालयबाट अडिट गराइदिनासाथ निर्वाचनमा भइरहेको अत्यधिक खर्च कम हुने निर्वाचन विज्ञको भनाइ छ।

९ केजी सुन प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीको सोधपुछ

‘भेप’मा लुकाएर ल्याइएको ९ केजी सुन प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

चाडपर्वका बेला कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

सरकारले चाडपर्वमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्रीवितरण गर्नेजस्ता अनुचित कार्य गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

एशियाली खेलकुद : कबड्डीमा पदकका लागि इरान र बंगलादेशबीचको नतिजा कुर्दै नेपाल

बुधबारको खेलमा बंगलादेशलाई पराजित गर्दै इरान विजयी भए नेपालले एशियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै कम्तिमा कास्य पदक पक्का गर्ने छ।

अर्थतन्त्रको अहिलेको अवस्था के हो, लयमा कहिले फर्किन्छ?

विशेषगरी ठूला व्यवसायीहरूले अहिले आर्थिक गतिविधिमा मन्दी छाएको र राष्ट्रिय अर्थतन्त्र नै गम्भीर संकटमा परेको बताइरहँदा तथ्यांकले भने त्यस्तो नदेखाउने दाबी अर्थविद्हरूले गरेका छन्।

एशियाली खेलकुद : रसिला ब्याडमिन्टनको प्रिक्वाटरफाइनलमा, निता र नङशल बाहिरिए

बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रसिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गरिन्।