प्रधानमन्त्री दाहालले भारतसँग आफ्नो देशको पिरमर्का राख्नै नसकेको ओलीको दाबी छ।
मछिन्द्रको जितमा मछिन्द्रको जितमा आफिज ओलावाले २ तथा विमल घर्ति मगरले १ गोल गरे। मनाङका विजय श्रेष्ठले १ गोल फर्काए।
बालबालिकालाई जंगलबाट उद्धार गरी अस्पताल भर्ना गरिएको छ। गत मे १ मा भएको विमान दुर्घटनामा उनीहरू बेपत्ता भएका थिए।
पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको सभापति देउवाको भनाइ छ।
रास्वपा सभापति रवि लामिछानले अबको बाटो सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट आफ्नो पार्टीप्रति घेराबन्दी भइरहेको बताएका छन्।
कांग्रेस नेता शेखर कोइरालाले दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन्।
विशेषाधिकार समितिले डाउनिङ स्ट्रिटमा कोरोनाकालमा लागू गरिएको लकडाउन तोड्दै पार्टी गरिएको विषयमा तत्कालीन प्रधानमन्त्री जोन्सनले संसद्लाई भ्रममा राखेको विषयमा अध्ययन गरेको थियो।
एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको संख्या न्यून थियो, तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दो छ।
गर्मीले मानिसको जीवनशैलीमा कस्तो असर पारिरहेको छ, हेरौँ काठमाडौँका विभिन्न स्थानमा देखिएका दृश्य।
तराईका भूभागहरूमा आगामी केही दिन तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
एनसेलको मातृ कम्पनी आक्जियटाले पुँजीगत लाभकर अन्तर्राष्ट्रिय कानूनविपरीत भएको भन्दै समाधान गरिदिन इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युटमा दायर गरेको मुद्दा नेपालले जितको छ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिकी गुप्तचर अधिकारीहरूले रुसको अलाबुगा विशेष आर्थिक क्षेत्रमा आगामी वर्षदेखि प्लान्ट सञ्चालनमा आउन सक्ने विश्वास गरेको बताए।
अधिवक्ता रेग्मीको बहस सुनिरहँदा न्यायाधीश न्यौपानेले आँखा मिचे। त्यो हेरिरहेका रेग्मीले न्यायाधीशलाई लक्षित गर्दै भने, ‘श्रीमान्लाई बोर लागेको भए समय कम गरौँ।’ त्यसपछि न्यायाधीश न्यौपाने कड्किए।
निर्वाचन आयोगमा बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले जिल्ला निर्वाचन कार्यालयहरू खारेजी गर्ने सरकारको प्रस्ताव गैरसंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसलाई समर्थन गर्न नसक्ने धारणा राखेका छन्।
नेपालका हिमालीदेखि तराईका विभिन्न स्थानमा उच्च तापक्रम मापन भइरहेको छ। आगामी सोमबारदेखि पूर्वीतराईको तापक्रम केही घट्ने सम्भावना भए पनि मध्य र पश्चिम तराईमा अझै एक हप्ता गर्मी हुनेछ।
पाइलापाइलाका व्यवधान देख्दा तिलकलाई नागरिकता सासभन्दा पनि महत्त्वपूर्णझैँ लाग्छ। वेदनाले विक्षिप्त उनी बेलाबेला आफैँलाई सोध्छन्, 'म को हुँ? मेरो परिचय किन छैन? नागरिकता नहुँदैमा मेरो सपना कसरी मर्छ?'
अञ्जन एक्कासि मैदानमा प्रवेश गरेर रेफ्री प्रज्ज्वलको मुखमा मुक्का प्रहार गरे। झगडा छुट्टाउन सहायक रेफ्री यादव किसन कनैया र हरिस कार्की पनि मैदान प्रवेश गरे। खेल करिब ४५ मिनेट रोकियो।
पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन एक वर्षपछि मात्र नयाँ करका दर लागू गर्ने व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन्।
राज्यका गोप्य कागजपत्रलाई लिएर अपराधको आरोप खेप्ने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्।
सशस्त्र द्वन्द्वकालमा बालसेना प्रयोग गरी युद्धअपराध गरेको भन्दै प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतलाई कारबाही गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।